कास्की । पहाडी क्षेत्रमा अहिले ढकमक्क सयपत्री फुलेको छ । भाइटीका आउन अझै डेढ हप्ता बाँकी छ । पोखरा–३१ का फूल किसान केशवराज तिवारीलाई भाइटीकासम्म सयपत्री सुक्ने हो कि भन्ने चिन्ता छ ।
तिवारी जस्तै धेरै परम्परागत रूपमा फूल रोप्नेलाई अहिले यो चिन्ता बढेकाे छ । पोखराका अग्रज नर्सरी व्यवसायी वसन्त बानियाँ यो वर्षको तिहार कात्तिक अन्तिममा परेकाले यस्तो अवस्था आएको बताउँछन् । व्यावसायिक फूल खेती गर्नेले दिन गनेर फूल रोप्ने गरेकाे उनकाे भनाइ छ । परम्परागत रूपमा फूल रोप्नेले मौसम अनुसार फूल रोप्दा तिहारअघि नै सयपत्री फुलेको उनले बताए ।
यसपालि सरकारले विदेशबाट सयपत्री आयातमा रोक लगाएको छ । कास्कीमा पोखरा महानगरले समेत स्थानीय उत्पादनलाई बढावा दिन भन्दै बाहिरबाट फूल ल्याउन नदिने, प्लास्टिकका फूल प्रयोग गर्न नदिने निर्णय गर्दै स्थानीय उत्पादनलाई बढावा दिन आग्रह गरेको छ । तिहारमा चिसो सुरु भइसक्दा सयपत्री सुक्ने र बाहिरबाट आयातसमेत रोक्दा यसपालि फूलको मूल्य बढ्ने व्यवसायी बानियाँको शङ्का छ । उनी भन्छन्, “स्वदेशी उत्पादनले सयपत्रीको मात्र माग धान्न गाह्रो पर्छ । मखमलीमा भने खासै समस्या छैन ।” गण्डकी प्रदेशमा उत्पादन हुने फूलले यहाँको ८० प्रतिशत मात्र माग धान्ने गरेको छ । बाँकी फूल नेपालकै आसपासका जिल्ला र भारतबाट आयात गर्ने गरिएको थियो ।
यता पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरिया भने पछिल्लो क्रममा फूल खेती गर्ने किसान बढेका र पालिकाहरूले उत्पादनमा सघाएकाले फूल अभाव नहुने उनले बताए । फूल उत्पादकले बाहिरको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको भनेपछि ५० प्रतिशत बिउ अनुदानमा दिइएको र अहिले पोखरा फूलमा आत्मनिर्भर रहेकाे उनले बताए । तिहारका बेला पोखरामा एक करोड रुपियाँको हाराहारीमा फूलको कारोबार हुन्छ । पोखराकी नमिता अधिकारीले पहिला कोदो रोप्ने बारीमा अहिले सयपत्री लगाएकी छन् । छ रोपनीमा नौ हजार बिरुवा रोपिएकामा अहिले सयपत्री ढकमक्क फुलेको छ ।
पाेखरामा पुष्प मेला सुरु
यसैबीच पाेखरामा शुक्रबारदेखि सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला, २०८० सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित मेला उद्घाटन गरेका हुन् । प्रमुख आचार्यले महानगरले आवश्यक पर्ने फूल उत्पादन वृद्धिका लागि लगानी सहकार्य गर्न र व्यवसायीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम चलाइरहेको बताए ।
मेलामा विभिन्न २० प्रजातिका फूलका स्टल र दुई कृषि सामग्रीका स्टल छन् । यस्तै २० भन्दा बढी प्रजातिका गोदावरी फूल प्रदर्शनीमा छन् । पोखरा रङ्गशालामा आयोजित मेला कात्तिक २० सम्म चल्ने छ । फ्यान कास्कीका अध्यक्ष डिलबहादुर गुरुङले प्रदर्शनी २० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: