कास्की । पहाडी क्षेत्रमा अहिले ढकमक्क सयपत्री फुलेको छ । भाइटीका आउन अझै डेढ हप्ता बाँकी छ । पोखरा–३१ का फूल किसान केशवराज तिवारीलाई भाइटीकासम्म सयपत्री सुक्ने हो कि भन्ने चिन्ता छ ।
तिवारी जस्तै धेरै परम्परागत रूपमा फूल रोप्नेलाई अहिले यो चिन्ता बढेकाे छ । पोखराका अग्रज नर्सरी व्यवसायी वसन्त बानियाँ यो वर्षको तिहार कात्तिक अन्तिममा परेकाले यस्तो अवस्था आएको बताउँछन् । व्यावसायिक फूल खेती गर्नेले दिन गनेर फूल रोप्ने गरेकाे उनकाे भनाइ छ । परम्परागत रूपमा फूल रोप्नेले मौसम अनुसार फूल रोप्दा तिहारअघि नै सयपत्री फुलेको उनले बताए ।
यसपालि सरकारले विदेशबाट सयपत्री आयातमा रोक लगाएको छ । कास्कीमा पोखरा महानगरले समेत स्थानीय उत्पादनलाई बढावा दिन भन्दै बाहिरबाट फूल ल्याउन नदिने, प्लास्टिकका फूल प्रयोग गर्न नदिने निर्णय गर्दै स्थानीय उत्पादनलाई बढावा दिन आग्रह गरेको छ । तिहारमा चिसो सुरु भइसक्दा सयपत्री सुक्ने र बाहिरबाट आयातसमेत रोक्दा यसपालि फूलको मूल्य बढ्ने व्यवसायी बानियाँको शङ्का छ । उनी भन्छन्, “स्वदेशी उत्पादनले सयपत्रीको मात्र माग धान्न गाह्रो पर्छ । मखमलीमा भने खासै समस्या छैन ।” गण्डकी प्रदेशमा उत्पादन हुने फूलले यहाँको ८० प्रतिशत मात्र माग धान्ने गरेको छ । बाँकी फूल नेपालकै आसपासका जिल्ला र भारतबाट आयात गर्ने गरिएको थियो ।
यता पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरिया भने पछिल्लो क्रममा फूल खेती गर्ने किसान बढेका र पालिकाहरूले उत्पादनमा सघाएकाले फूल अभाव नहुने उनले बताए । फूल उत्पादकले बाहिरको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको भनेपछि ५० प्रतिशत बिउ अनुदानमा दिइएको र अहिले पोखरा फूलमा आत्मनिर्भर रहेकाे उनले बताए । तिहारका बेला पोखरामा एक करोड रुपियाँको हाराहारीमा फूलको कारोबार हुन्छ । पोखराकी नमिता अधिकारीले पहिला कोदो रोप्ने बारीमा अहिले सयपत्री लगाएकी छन् । छ रोपनीमा नौ हजार बिरुवा रोपिएकामा अहिले सयपत्री ढकमक्क फुलेको छ ।
पाेखरामा पुष्प मेला सुरु
यसैबीच पाेखरामा शुक्रबारदेखि सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला, २०८० सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित मेला उद्घाटन गरेका हुन् । प्रमुख आचार्यले महानगरले आवश्यक पर्ने फूल उत्पादन वृद्धिका लागि लगानी सहकार्य गर्न र व्यवसायीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम चलाइरहेको बताए ।
मेलामा विभिन्न २० प्रजातिका फूलका स्टल र दुई कृषि सामग्रीका स्टल छन् । यस्तै २० भन्दा बढी प्रजातिका गोदावरी फूल प्रदर्शनीमा छन् । पोखरा रङ्गशालामा आयोजित मेला कात्तिक २० सम्म चल्ने छ । फ्यान कास्कीका अध्यक्ष डिलबहादुर गुरुङले प्रदर्शनी २० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...
जेष्ठ १३ गते, २०८३ - १९:४२
कैलाली । घोडाघोडी नगरपालिका–१० मा निर्माण हुने नमुना सभाहलको १ करोड रुपैयाँ बजेट स्थान विवादका कारण फ्रिज हुने जोखिममा परेको छ । वडाध्यक्ष विजयराज ...
जेष्ठ १३ गते, २०८३ - १९:३८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको...
जेष्ठ १३ गते, २०८३ - ०८:२२
एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...
जेष्ठ १३ गते, २०८३ - ०८:२०
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...
जेष्ठ १३ गते, २०८३ - ०८:१८
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...
जेष्ठ १३ गते, २०८३ - ०८:१६
काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...
जेष्ठ १३ गते, २०८३ - ०८:११
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...



प्रतिकृया लेख्नुहोस्: