काठमाडौं । सोमबार नेपालको सेयर बजार मापक सूचक नेप्से परिसूचकमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से २७.८५ अंक (करिब १ प्रतिशत) ले बढेर २७८६ अंकमा पुगेको छ। यो स्तर वैशाख १४ गतेपछि कै उच्च हो।
आजको कारोबार दिनभर बजार सकारात्मक (हरियो) रह्यो। सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखियो। अघिल्लो दिन ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज बढेर ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ, जुन वैशाख १५ यताकै उच्च कारोबार हो।
आज कुल २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
सेक्टरगत रूपमा हेर्दा जलविद्युत समूह सबैभन्दा बढी १.५० प्रतिशतले बढेको छ। अन्य समूहहरू पनि सकारात्मक रहे, जसमा बैंकिङ ०.८५, विकास बैंक ०.६९, फाइनान्स ०.५७, होटल तथा पर्यटन १.०२, लगानी ०.७४, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.९९, निर्जीवन बीमा ०.९५, अन्य १.२३ र व्यापार समूह ०.३२ प्रतिशतले बढेका छन्।
आज सबैभन्दा धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनी जलविद्युत समूहका रहेका छन्। थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.०१ प्रतिशतले बढेको छ। त्यसपछि सुपर खुदी हाइड्रोपावर ८.३२ प्रतिशत, अपर हेवा खोला हाइड्रोपावर ५.३८ प्रतिशत, माया खोला हाइड्रोपावर ५.३४ प्रतिशत र रिजलाइन इनर्जी ५.१९ प्रतिशतले बढेका छन्।
त्यस्तै, बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १०.३२ प्रतिशतले घटेको छ। क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ५.५५ प्रतिशतले घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा आँखुखोला जलविद्युत, रिडी पावर, अपी पावर, नेसनल हाइड्रोपावर र ङादी ग्रुप प्रमुख रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - ११:२७
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभ...
श्रावण १२ गते, २०८३ - ११:१०
दार्चुला । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीम...
श्रावण १२ गते, २०८३ - १०:५६
इनरुवा। सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि ब...
श्रावण १२ गते, २०८३ - १०:४७
हेटौँडा। मकवानपुरका प्रतिनिधि सभा सदस्यले निर्वाचन क्षेत्रका नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न गाउँ गाउँमा पुग्न थालेका छन् । मकवा...
श्रावण १२ गते, २०८३ - १०:३६
झापा। यहाँको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९...
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १७:३८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...
श्रावण ११ गते, २०८३ - १७:३३
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...
श्रावण ११ गते, २०८३ - १७:२६
काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...
श्रावण ११ गते, २०८३ - १७:२२
काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...



प्रतिकृया लेख्नुहोस्: