काठमाडौँ । अमेरिकाको कोलम्बसमा आयोजीत देउसी भैलो प्रतियोगितामा सगीना देउवी समूहले प्रथम स्थान ओगट्न सफल भएको छ । त्यस्तै एभरेस्ट क्लब दोस्रो हुँदा, देउराली देउसी भैलौ ग्रुप तेस्रो र डिभाइन म्युजिक ग्रुपले सान्तवना स्थान ओगट्न सफल भएका छन् ।
११ वटा समूहमा प्रतिस्पर्धा भएको देउसी भैलो प्रतिस्पर्धामा प्रथम हुने समूहले ट्रफी र ५१ हजार रुपैयाँ नगद जित्न सफल भएका छन् । त्यस्तै द्वितीय र तृतीय हुने समूहले क्रमश ट्रफीसहित ३१ हजार र ३० हजार पाएका छन् । त्यस्तै सान्तवना हुने समुहले ट्रफी र २० हजार जित्न सफल भएका छन् ।
प्रतिस्पर्धाको जजका रुपमा नबिन खड्का, दीपक गजमेर, योगिता खनाल र केशव पौडेल रहेका थिए । प्रतिस्पर्धामा ३ वटा समूह मध्ये एक्रोन शहरको आमा समुह, एक्रोन मारुनी समुह र कोलम्बस मारुनी समुहले निकै नै आर्कषक मारुनी नृत्य प्रस्तुत गरेकाले उनीरुको सर्वत्र चर्चा भएको थियो ।
सो अवसरमा जजहरुको टिमले नै स्टेजमा नै पुगेर उनीहरुप्रति शिर निहुराउँदै उहाँहरुले प्रतिस्पर्धा भन्दा माथिको प्रस्तुती दिएको प्रतिक्रिया दिएका थिए । सो अवसरमा विभिन्न समुहहरुले कलात्मक नृत्य पस्किएका थिए । विश्वकर्मा सोसाइटी अफ अमेरिका (बिएसए) को आयोजनामा ओहायो राज्यको कोलम्बस शहरमा सम्पन्न भएको हो । नेपाली कला, संस्कृति र साहित्यको प्रवद्धन र उत्थानमा निकै नै क्रियाशिल रहँदै आएको विश्वकर्मा सोसाइटी अफ अमेरिकाले विभिन्न किसिममा सामाजिक कामहरु गर्दै आएको छ ।
सोसाइटीले आफ्नो हात सबैभन्दा बढी शिक्षा , खेलकुदका अलावा समाजसेवामा पनि फैलाउँदै आएको छ । उसले नेपाली कला र संस्कृतिको जर्गेनमा बेला बेलामा विभिन्न किसिममा सांस्कृतिक गतिबिधिहरु गर्दै आइरहेको छ । गत महिना मात्रै सोसाईटीको आयोजनामा एक्रोनमा नै विश्वकर्मा पूजा र भावी रणनीतिका बारेमा भव्य गोष्टीको आयोजना गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १०:२९
मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु
मंसिर २७ गते, २०८२ - ०९:५५
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...
मंसिर २७ गते, २०८२ - ०९:३०
मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...
मंसिर २७ गते, २०८२ - ०९:१०
एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...
मंसिर २७ गते, २०८२ - ०८:५५
भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...
मंसिर २७ गते, २०८२ - ०८:५०
काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...
मंसिर २७ गते, २०८२ - ०८:३५
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...
मंसिर २६ गते, २०८२ - १३:२६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...
मंसिर २६ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...
मंसिर २६ गते, २०८२ - १३:२०
सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...




प्रतिकृया लेख्नुहोस्: