पोखरा । पोखराको साहित्यलाई नै अनौठोसँग व्यङ्ग्य गर्ने गरी एक व्यक्तिले उपाधि माथि उपाधि स्वघोषणा गरेर सम्मान थाप्ने गरेका छन् । देशभक्त कुँवर नाम गरेका उनले केही समयअघि १२ वटा उपाधिको स्वघोषणा गरेका थिए । उनी आबद्ध विभिन्न संघ संस्थाहरूले उनलाई १२ वटा उपाधिबाट सम्मानित गरे ।
हरेक संस्थाले उनलाई नगद ५० हजार, सम्मानपत्रले सम्मान गरेका थिए । साहित्य सम्राट्, वाङ्मय सम्राट्, शब्द सम्राट्, सिर्जना सम्राट्, लेखक सम्राट्, रचना सम्राट्, महासाहित्यकार, बहुआयामिक व्यक्तित्व, संगीत मणिरत्न, दिव्य गायक, युग सञ्चारमणि र दुर्लभ महामानव उपाधि उनले स्वघोषणा गरेर सम्मान लिएको आरोप उनीमाथि छ ।
‘पुरस्कारको राशि आफैँ प्रायोजन गर्ने र सम्मान गर्न लगाइएको हो । यसले पोखराको साहित्यमै एक खालको कालो पोतिएको छ,’ एक अग्रज साहित्यकार भन्छन्, ‘उपाधिको स्वघोषणा गर्ने र प्रायोजित पुरस्कार लिने अनौठो चलनको विकास भयो ।’
तत्कालीन समयमा सम्मान गर्ने संस्थाहरूमा इन्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), इन्याल्क नेपाल काठमाडौँ र पोखरा शाखा, उन्नतिशील वाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान, रुपाङ्कन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज, सनलाइट मिडिया टे«निङ सेन्टर, कारवी फाइनान्सियल एजेन्सी काठमाडौँ, काभिन ग्राफिक्स डिजाइनिङ एण्ड सोलुसन र माछापुच्छ्रे नृत्य प्रशिक्षण तथा सांस्कृतिक परिवार थिए ।
त्यसअघि चितवनमा उनी साहित्यिक राष्ट्रनायक उपाधिबाट सम्मानित भएका थिए । गत बुधबार उनले एकै दिन ३ वटा उपाधिमा सम्मान पाए । काव्य सम्राट्, कविता सम्राट् र कवि सम्राट् उपाधिबाट उनी सम्मानित भएका हुन् । उनले सोही दिन सोलुसन साहित्य पुरस्कार, कुँवर वीरखलक पुरस्कार र माछापुच्छ्रे सांस्कृतिक पुरस्कार पनि पाए । शिक्षाविद् जोर्ज जोन, प्राडा बुद्धि बहादुर थापा र वरिष्ठ गायिका बाबा राणाले उनलाई एकैपटक सम्मान गरे । तीनैवटा सम्मानको राशि ३ लाख छ । गत भदौ ३१ गते भावना सम्राट् पुरस्कार पाएका थिए । अर्को अनौठो के छ भने, यति धेरै उपाधिबाट सम्मानित व्यक्तिको सम्मानमा भने मुस्किलले १२–१५ जना उपस्थित हुन्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - १९:३८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको...
जेष्ठ १३ गते, २०८३ - ०८:२२
एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...
जेष्ठ १३ गते, २०८३ - ०८:२०
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...
जेष्ठ १३ गते, २०८३ - ०८:१८
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...
जेष्ठ १३ गते, २०८३ - ०८:१६
काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...
जेष्ठ १३ गते, २०८३ - ०८:११
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...
जेष्ठ १३ गते, २०८३ - ०८:०५
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...
जेष्ठ १३ गते, २०८३ - ०८:००
तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...
जेष्ठ १३ गते, २०८३ - ०७:५५
म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...
जेष्ठ १३ गते, २०८३ - ०७:५३
वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...



प्रतिकृया लेख्नुहोस्: