दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिने भएको छ । प्रतिष्ठानले यस वर्षको उक्त पुरस्कार डा लम्साललाई अर्पण गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानले हरेक वर्ष स्थापना दिवसको सन्दर्भ पारेर सो पुरस्कार प्राप्त गर्ने स्रष्टाको नाम घोषणा गर्ने गरेको छ । क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कारको राशि २५ हजार रहेको छ । संस्थाको नियमित बैठकमा यस वर्ष प्रदान गरिने पुरस्कार र पुरष्कृत स्रष्टाको नाम पुरस्कार छनोट समितिले संस्थालाई उपलब्ध गराएको संस्थाका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।
त्यसैगरी गीतल राष्ट्रिय पुरस्कार–२०८०, तिला लेकाली (मोरङ) लाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त पुरस्कारको राशि रु १० हजार छ । गीतल प्रतिभा पुरस्कार–२०८० शोभासिंह ठकुरी (तनहुँ) लाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार छ ।
मञ्चले विगत छ वर्षदेखि विभिन्न व्यक्तिलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको छ । क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार भने गत वर्षदेखि प्रदान गर्न थालिएको थियो । पहिलो वर्ष उक्त पुरस्कार वरिष्ठ साहित्यकार डा रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: