Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

प्लास्टिकका फूल बिक्रीमा रोक लाग्दा किसान उत्साहित

खबरडबली संवाददाता

बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखाका भुवन बोहराको बगैँचामा थरीथरीका फूल फुलेका छन् । तिहार पर्खेर बसेका फूल भुवनले व्यावसायिक रुपमा उत्पादन गरेका हुन् । 

बजार र धार्मिक तीर्थस्थलहरु नजिकै रहेकाले तिहारका लागि मात्रै नभएर अन्य समयमा समेत बिक्री हुने अपेक्षाका साथ उनले फूलको व्यावसायिक उत्पादन थालेका हुन् । जिल्लामा यसरी  व्यावसायिक रुपमा फूलको उत्पादन गर्नेहरु निकै कम छन् । 

तिहार नजिकिँदै गर्दा फूलले बजार नपाउला कि भन्ने चिन्ता नरहेको बोहराले बताए । बागलुङ नगरपालिकाले प्लास्टिक र आयातित फूलको प्रयोगलाई रोक लगाउँदै स्थानीय उत्पादनलाई  प्राथमिकता दिने निर्णय गरेपछि बजारको चिन्ता हटेको उनको भनाइ थियो ।

“तिहारका लागि स्थानीय रुपमा उत्पादन हुने फूल पर्याप्त हुन्छ । यहाँका हरेक घरमा थरीथरीका फूल फुल्छन् । पछिल्लो समय गाउँघरमा प्राकृतिक रुपमा फुल्ने फूलहरुको प्रयोगमा कमी आउन थालेको छ”, बोहराले भने, “बजारमा विदेशी बजारबाट आउने र प्लास्टिकका फूलले प्राकृतिक फूलको महत्व बिर्साएको छ ।” प्लास्टिक र आयातित फूलकै कारण पुष्प व्यवसायमा कसैले हात नहाल्ने उनको भनाइ थियो ।

गाउँको तुलनामा सदरमुकाम तथा बजार क्षेत्रमा प्लास्टिकका फूल बढी खपत हुने गरेको थियो । यस वर्ष बागलुङ नगरपालिकाले प्लास्टिकका फूल निषेध गरेको छ । प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएर स्थानीय व्यवसायीले उत्पादन गरेका फूललाई प्राथमिकता दिइएको नगर उपप्रमुख राजु खड्काले बताए। 

नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको बैठकले बागलुङ नगरभित्र प्लास्टिकजन्य फूलको कारोबारमा रोक लगाउने निर्णय गरेको थियो । प्लास्टिकजन्य फूूलमालाका कारण वातावरणमा पार्ने असर रोक्नाका साथै स्थानीय फूूल उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ बिक्री वितरणमा रोक लगाइएको खड्काको भनाइ थियो । बजारमा प्लास्टिकका फूलको कारोबार भएको पाइए कारबाही गरिने नगरपालिकाले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी कस्तो छ ?

काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कहाँ-कहाँ दियो उम्मेदवारी ?

काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...

काठमाडौं महानगरले भन्यो- नदी दायाँबायाँ भवन निर्माण गर्न लगाएको प्रतिबन्ध हटाइएको छ

काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ।  महानगरपालिकाले आज सूचना जारी...

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...

देउवाको ३४ वर्षे संसदीय यात्रामा विराम

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...

प्रतिनिधिसभा निर्वाचन- सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending