Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

तिहार प्रेरणाको विम्ब र उज्यालोको पर्व हो: मुख्यमन्त्री पाण्डे

खबरडबली संवाददाता
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिहार प्रेरणाको विम्बका साथै उज्यालोको पर्व भएको बताएको छन् ।
 
नेपालीहरूको महान् चाड तिहारका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई प्रगाढ बनाउने बताए । 
 
“पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्व बोकेको तिहार प्रेरणाको विम्बका साथै उज्यालोको पर्व पनि हो”, उनले सन्देशमा भनेको छन् ।
 
काग तिहारदेखि सुरु भएर भाइटिकाको दिनसम्म प्राणी जगत्का साथै लक्ष्मी माताको पुजाआराधना गरी खुसियालीको प्रतीकका रुपमा पाँच दिनसम्म यो पर्व मनाइने भएकाले यसले आपसी सम्बन्ध थप प्रगाढ बनाउने सन्देशमा उल्लेख छ ।
 
सांस्कृतिक, भाषिक, जातीय एवं धार्मिक विविधताले भरिपूर्ण नेपालमा यस्ता पर्वले विविधताबीचको एकतालाई थप सुदृढ र मजबुत बनाउने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले मुलुकभित्र प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हामी सबैको साझा दायित्व भएको बताए ।
 
यस पर्वको अभिन्न अङ्गका रुपमा रहेको देउसीभैलो खेल्ने परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सन्देशमा पर्वका नाममा समाजमा विद्यमान कूरीति एवं विकृतिप्रति सचेत रहन र हटाउनेतर्फ पहल गर्न सबैमा अपिलसमेत गरिएको छ ।
यस पर्वले हामी सबैमा नयाँ उत्साह, जोश, जाँगर थप्दै गण्डकी प्रदेश सरकारले लिएको सम्मुन्नत प्रदेश, सम्मानित प्रदेशवासीको सङ्कल्प हासिल गर्न थप प्रेरित गर्नेछ भन्ने विश्वासका साथ मुख्यमन्त्रीले सबैमा उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेको छन् । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रविको बयानः सहकारीबाट मैले ऋण लिएको भए ऋण तिर्नको लागि ताकेता आउथ्यो, गैर कानूनी ढंगबाट ऋण लिइएको मलाई जानकारी छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारी संस्थाबाट आफुले ऋण लिएको भए ऋण तथा ब्याज तिर्नको लागि पत्र तथ...

मलाई त्रिविसँग लिनुदिनु केही छैन, शैक्षिक सुधारमा लाग्नुहोस्ः प्रधानमन्त्री 

काठमाडौँ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारि...

सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित गरेको छ। विधेयकमाथि राष्ट्रियसभाबाट ...

जनकपुर बोल्ट्स समर्थकमाथि भएको दुर्व्यवहारको निन्दा, दोषीलाई कारबाही गर्न मधेशी आयोगको माग

काठमाडौँ। मधेशी आयोगले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स्बीच भएको अन्तिम खेलपछि  बोल्टसका समर्थकहरु माथि भएको दुव्र्यवहारको भ्रत्सना गर्दै दोषी पक्ष...

पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय ल...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्बको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ५३ अङ्कले घटेर दुई हजार ...

रवि लामिछानेको सांसद पद निलम्बन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी द...

रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर, को माथि कति रकम बिगो दाबी ?

लेखनाथ। जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ ...

दीपेश पुनमाथि २ करोड १४ लाख बिगो दाबी

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आर...

ब्राजिल दुर्घटनामा मृत्यु हुनेको संख्या ३८

रियो दि जिनरियो । दक्षिणपूर्वी ब्राजिलको मिनास गेराइस राज्यको राजमार्गमा यात्रुवाहक बस र ट्रकबीच भएको दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । घटनास्थलम...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy