Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण संख्या परिमार्जन, १२ सयमा झर्यो

खबरडबली संवाददाता

काठमाडौं ।  हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण सङ्ख्या परिमार्जन गरिएको छ । इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हाइएटका अनुसार दक्षिणी इजरायली समुदायहरू र गाजाको सिमानामा रहेको सैन्य स्थलहरूमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणबाट इजरायलीहरूको मृत्यु हुने इजरायलीको सङख्या १ हजार दुई सय रहेको बताइएको छ ।

स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार आक्रमणमा मृत्यु हुनेको ठूलो सङ्ख्या अक्टोबर ७ गरिएको हमास लडाकुहरूको आक्रमणबाट भएको थियो भने, केही रकेट प्रक्षेपणबाट भएको थियो। 

बिहीबार इजरायल डिफेन्स फोर्सले जारी गरेको तथ्याङ्कले देखाए अनुसार अक्टोबर ७ देखि इजरायलतर्फ करिब ९ हजार ५०० रकेट प्रहार गरिएको छ ।  जसमध्ये अधिकांश हमास शासित गाजा पट्टीबाट आएका  थिए ।

मृतकको सङ्ख्यामा आउने केही समयसम्म उतारचढाव जारी रहने सम्भावना छ र पट्टीमा अपहरण गरिएका २४० भन्दा बढी व्यक्तिहरूमध्ये पनि जोखिममा रहेको बताइएको छ टाइम्स अफ इजरायलले  उल्लेख गरेको छ।

इजरायली सेनाले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार इजरायल–हमास द्वन्द्वको यस चरणमा ३५४ इजरायली सैनिकको मृत्यु भएको छ । हमास लडाकुहरूसँगको लडाईमा तिनीहरूमध्ये धेरैको मृत्यु भएको बताइएको छ ।

हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाए अनुसार एन्क्लेभमा ११ हजार २५ प्यालेस्टाइनीहरू मारिएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी कस्तो छ ?

काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कहाँ-कहाँ दियो उम्मेदवारी ?

काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...

काठमाडौं महानगरले भन्यो- नदी दायाँबायाँ भवन निर्माण गर्न लगाएको प्रतिबन्ध हटाइएको छ

काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ।  महानगरपालिकाले आज सूचना जारी...

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...

देउवाको ३४ वर्षे संसदीय यात्रामा विराम

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...

प्रतिनिधिसभा निर्वाचन- सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

प्रतिनिधिसभा निर्वाचन: नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा आफ्नो उम्मेद...

लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending