Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

चुरे फेदीका सामुदायिक वनमा मानव प्रवेश निषेध

खबरडबली संवाददाता

कञ्चनपुर । जङ्गली हात्तीको आवागमन बढेपछि कञ्चनपुरका चुरे फेदीका सामुदायिक वनमा प्रवेश निषेध गरिएको छ । मानवीय क्षति हुन नदिनका लागि वन प्रवेशमा रोक लगाइएको हो । 

जङ्गली हात्तीको ३० देखि ३५ को सङ्ख्यामा रहेको बथानले वन क्षेत्रसँगै नजिकका बस्तीमा ओहोरदोहोर गर्दै आएकाले वन क्षेत्र प्रवेशमा निषेध गरिएको बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुरसिंह महराले बताए ।
 
“घाँस, दाउरा, गाईगोरु, बाख्रा चराउन वन क्षेत्रमा जान निषेध गरेका छौँ”, उनले भने, “सामुदायिक वन क्षेत्र भएर हिँडने बटुवालाई बाटो प्रयोग नगर्नका लागि भनेका छौँ ।”

प्रजननका बेला मत्तहात्ती आक्रामक हुने भएकाले आक्रमण गर्ने सम्भावना हुने भएकाले वन क्षेत्र प्रवेश रोक्नका लागि सार्वजनिक सूचना जारी गरिएको उनले बताए । हात्ती हिँडने बाटामा सिसीटिभी क्यामेरा जडान गरी निगरानी राख्ने कामसमेत भइरहेको उनले बताए ।

“वन संरक्षणमा टेवा पुगेपछि हराभरा भएको छ”, वडा सदस्य लालबहादुर महराले भने, “मौसमीरूपमा मात्रै भारतीय दुधुवा नेशल पार्कबाट यहाँ आइपुग्ने हात्तीका बथान वर्षभरि नै चुरे क्षेत्रका वनमा बस्न थालेका छन् ।”  हात्तीले चुरे क्षेत्रलगायतका वनमा बस्ने र प्रजनन गरी छावासमेत जन्माउने गरेका छन् । हात्ती हिँड्ने करिडोर अतिक्रमणको चपेटामा पर्दा बर्सेनि मानवीय र भौतिक क्षति हुँदै आएको उनको भनाइ छ ।

दुधुवाबाट चुरेसम्म हिँड्ने हात्तीको करिडोर बचाउन र अतिक्रमण हटाई त्यसमा बसेका बासिन्दालाई अन्यत्र पुन:स्थापन गरिनुपर्ने उनको भनाइ छ । यस्तो गरिए मानवीय र भौतिक क्षतिलाई कम गर्न सकिन्छ ।

प्रत्येक हात्तीको बथानमा पुरानो हात्ती पनि रहने गरेको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अबस्थी बताउन्छन् । “पहिलेदेखि नै जुन बाटोको प्रयोग पुर्खाहरूले गर्दै आएका हुन् त्यही बाटोको प्रयोग अरु हात्तीले गर्दछन्”, उनले भने, “हात्ती हिँड्ने बाटोमा बस्ती बसेका छन्, उखु र जाड, मदिरा हात्तीले बढी मन पराउने भएकाले जुन खेतमा उखु छ, जुन घरमा मदिरा जाँड छ, त्यही घरमा बढी आक्रमण गरेको पाइएको छ ।”

उनका अनुसार दुधुवा नेशनल पार्क हुँदै हात्तीको बथान लालझाडी संरक्षण क्षेत्र हुँदै चुरे क्षेत्रमा प्रवेश गर्ने पुरानै करिडोरका रूपमा रहेको छ । दुधुवा र लालझाडी जोड्ने डोकेबजारको तीन सय मिटर क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । “अतिक्रमणमा परेको क्षेत्रमा दर्तावाला जग्गा छ, बस्ती हटाउन मुआब्जा दिनुपर्ने हुन्छ”, उनले भने, “त्यसका लागि पहल गरिए पनि कार्य हाल अगाडि बढ्न सकेको छैन ।”

हात्ती चुरे क्षेत्रलगायमा वर्षैभरि बस्नुमा वन क्षेत्रमा वृक्षरोपण गरी हराभरा हुनु, पर्याप्त आहाराको व्यवस्था हुनु, सिमसार क्षेत्रको संरक्षण गरिनुलगायत रहेको उनले उल्लेख गरे। हात्तीले चुरे क्षेत्रमै छावा जन्माए आठ–नौ महिना हुर्काउनका लागि त्यसै क्षेत्रमा बस्ने गर्दछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: