काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । जहाँ एक दर्जनभन्दा बढी बैंकहरुले ब्याजदर घटाएका छन् भने, एक बैंकले मात्रै बढाएको छ ।
वाणिज्य बैंकहरुले लामो समयदेखि लागू गर्दै आएको भद्र सहमति साउनमा तोडेसँगै ब्याजदर आ आफ्नै तरिकाले निर्धारण गर्दै आइरहेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । यही व्यवस्था अनुसार वाणिज्य बैंकहरुले मंसिरका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् ।
चालू आर्थिक वर्षको पहिलो महिनामै १४ बैंकहरुले निक्षेप ब्याजदर बढाएका थिए भने, चारले घटाए र दुई बैंकले स्थिर राखेका थिए ।
त्यस्तै, भदौमा १२ वाणिज्य बैंकहरुले निक्षेप ब्याजदर बढाए, ४ वटाले घटाए र ४ बैंकले ब्याजदर स्थिर कायम गरेका थिए ।
कार्तिक महिनामा १४ बैंकहरुले आफ्नो ब्याजदर घटाएका थिए । भने, दुई वटाले बढाए र ४ वटा बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका थिए । हाल बैंकहरुमा पर्याप्त तरलता भएकाले अधिकांश बैंकहरुले ब्याजदर घटाएको देखिन्छ । जुन भदौ महिना यता अधिकांश बैंकहरुले ब्याजदर घटाउँदै आएका छन् ।
मंसिरर महिनाका लागि माछापुच्छ्रे बैंकले मात्रै आफ्नो मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । जहाँ बैंकले कार्तिक महिनामा ९.९९ प्रतिशत रहेको ब्याजदरलाई ०.६१ प्रतिशतले बढाएर १०.६० प्रतिशत पुर्याएको छ । भने, सबैभन्दा बढी एनआईसी एसीया बैंकले २.०४ प्रतिशत मुद्दति निक्षेपको ब्याजदर घटाएको छ ।
त्यस्तै, मंसिर महिनाका लागि एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, नबिल बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक, स्टयाडर्ड चार्टट बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ब्याजदर घटाएका छन् ।
त्यसैगरी, नेपाल बैंक, प्राइम बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज् बैंक र सिद्धार्थ बैंक बैंकले कार्तिक महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: