Ntc summer Offer
Khabar Dabali २४ मंसिर २०८० आईतवार | 10th December, 2023 Sun

प्रभुुचेला- खर्कबाट पर्यटकीय गन्तव्य

खबरडबली संवाददाता

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो । पछिल्लो समय ऐतिहासिक धार्मिकस्थल प्रभुुचेलाको अध्ययन अनुुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ । 

प्रभुचेला धुरी प्रवद्र्धन समाज विमका अध्यक्ष नवीन जुग्जालीले यो ठाउँको ऐतिहासिक पक्षको अध्ययन र संरक्षण गरेर खर्कबाट पर्यटकीय गन्तव्यमा परिणत गरिएको बताए। “जङ्गलको बीचमा रहेको समथर प्रभुुचेलाको धार्मिक महत्व नबुझेर यहाँ पहिले हामीले गोठ राख्ने गरेका थियौँ”, उनले भने, “परापूर्वकालमा ऋषिमुुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको दुुई वर्षअघिको अध्ययनबाट तथ्य पहिचान भएपछि संरक्षण, प्रवद्र्धन र पूर्वाधार निर्माणमा जुुटेका छौँ ।”

समुदाय, प्रदेश सरकार र स्थानीय तहले आश्रयस्थल, सडक, पदमार्ग, मन्दिर, खानेपानीको पूर्वाधार निर्माण गरिएको छ । ऋषिमुनि तपस्या गर्न आउने प्रभुचेला धुरी प्राकृतिक हिसाबले पनि सुन्दर छ । यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिएको प्रभुुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुुरमन गर्बुुजाले बताए। 

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १५ लाख सहयोगमा करिब ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्की पदमार्ग निर्माण गरिएको छ । कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ । 

प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनिका लागि तपस्यास्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुिन आउने गर्दथे । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले १९७० देखि १९७५ सालसम्म यही ठाउँमा तपस्या गर्नुभएको थियो । 

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन् । प्रभुचेला धुरीबाट धौलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । मालिका गाउँपालिकाको रु पाँच लाख बजेटबाट सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। 

विभिन्न दाताले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाउनुभएको छ । पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गर्नुभएको कुटीको पुनःनिर्माण गरे। छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन्। 

रुपलाल पुनको संयोजकत्वमा स्व मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाईप जडान, धारा र ट्याङ्की निर्माण भएको छ । आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राति, हिउँ, पानी परेको र घाम चर्किदा आश्रय लिन सहज भएको छ । समुद्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ । 

प्रभुुचेलालाई ध्यान केन्द्रको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रु ५० लाख विनियोजन गरेको छ । बिम मालिका सङ्घले करिब रु २५ लाख जुुटाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

बेनी ।  केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ । पर्...

रुसमा मारिएका परिवारको याचना- अन्तिम पटक छोराको मुख हेर्न पाए हुन्थ्यो, अस्तु भए पनि ल्याइदेऊ

काठमाडौं । रुसी सेनामा भर्ती भएका छोरा रूपक कार्कीले ज्यान गुमाएको चार महिना बितिसक्दा पनि आमा लक्ष्मी छोराको शव पाइने हो कि होइन भन्ने दिक्दारीमा परे...

प्रियंकाको रोचक घटना- ९ कक्षामा पढ्दा ‘व्वाइफ्रेन्डसँग चुम्माचाटी’ गर्दा विद्यालयबाटै निष्कासित भएँ

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले विद्यालय पढ्दाको आफ्नो रोचक प्रशंग खुलाएकी छन्। कमेडीयन सजन श्रेष्ठसँगको अन्तर्वार्तामा रातो बंगला स्कुल पढ्को ...

मुग्लिन-पोखरा सडक विस्तारः पूर्वी खण्डमा नौ किमी कालोपत्र

तनहुँ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ ।...

सेनामा खुल्यो जागिर (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न  पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ।  भर्ना छनोट निर्देशनालय जंगी अड्डाले रिक्त पदमा आवेदन माग गरेको हो। प्राड...

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले आफ्नो लयमा अघि बढेको बताएका छन्। नुवाकोट जिल्ला अदालतको आज नयाँ भवन उद्घाटन ...

यू-१९ एसिया कप- बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै नेपाल

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । नेपालले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस...

दुर्गम गाउँहरू सुगम हुँदा...

धनकुटा । आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिका...

चितवनमा मिटरब्याजीले लिएको सात कठ्ठा जग्गा फिर्ता

चितवन । मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ न...

विदेशको जागिर छाडेर बाख्रा र माहुरी पालन, वार्षिक १५ लाखसम्मको कारोबार

बागलुङ । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका छन् ।...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies