Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

रास्वपा उपसभापति अर्यालको रिपोर्ट कार्ड- एक वर्षको काममा सन्तुष्ट हुने ठाउँ छैन

'सदनको बहस दलभन्दा माथि उठन सकेन'

खबरडबली संवाददाता

काठमाडौँ । पहिलो पटक संसदीय प्रणालीमा अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक वर्ष पुग्दै गर्दा घरदैलो अभियानमा केन्द्रित भएको छ । राजनीतिमार्फत नयाँ ढङ्गले मुलुकका लागि केही गर्ने विश्वासका साथ पार्टी गठन गरी निर्वाचन होमिएको रास्वपाले अपेक्षाभन्दा बढी प्राप्त गरेको मतले पार्टीको भविष्य उज्जवल हुने आधार खडा गरेको छ । यसै मेसोमा पार्टीले ‘मिसन ८४’लाई केन्द्रित गरी पार्टी अभियानलाई थप सङ्गठित र बलियो बनाउँदै अघि बढेको हो ।

सोही अभियानअन्तर्गत पार्टी सङ्गठन परिचालन गरिरहेका प्रतिनिधिसभा सदस्य एवं रास्वपाका उपभापति डोलप्रसाद अर्याल एक वर्षको ‘रिपोर्ट कार्ड’ बोकेर धादिङका जनताको घरदैलोमा पुगेका छन्। जनताका लागि देखाउन रिपोर्ट कार्ड बोकेका उनी आफू भने त्यो रिपोर्ट कार्डबाट अझै सन्तुष्ट हुन सकेका छैनन् । एक वर्षे अवधिमा विधायिकाको भूमिका प्रभावकारी हुन नसकेको उनको विश्लेषण छ ।   

“हामी त सन्तुष्ट छँदै छैनौँ । जुन समय हामीले सदनमा व्यतित ग¥र्यौ, त्यसबाट जनताले के प्राप्त गरे भन्नेमा हिसाबले हेर्दा सन्तुष्ट हुने ठाँउ कति पनि छैन”, सांसद अर्यालले भने, “जनताको हित हुने विषयमा हामी बाँडिनु भएन । तर हामी कानुन निर्माण गर्न चुकेका हौँ । जसोतसो दुई अधिवेशन सकियो, हाम्रो पार्टीले गर्ने कोसिस गरिनै रह्यो । यद्यपि एक वर्षको काममा सन्तुष्टि हुने ठाउँ छैन ।” उनले दोस्रो अधिवेशनको समीक्षासँगै आफूहरुले आगामी अधिवेशनमा सशक्त रुपमा प्रस्तुत हुने विषयमा प्रतिबद्धतासमेत व्यक्त गरे । 

“हामीले चाहेको संसदीय अभ्यास यो होइन भनेर आन्तरिक छलफल गरिरहेका छौँ । उसो त सुरुका दिनदेखि नै नगरेको पनि होइन”, सांसद अर्यालले  भने, “जनतासम्म पुगेर उहाँहरुको कुरा ल्याउने, बितेको अधिवेशन, जनताको आशा अपेक्षासम्बन्धी सुझाव र अहिले प्रक्रियामा आएका कानुन बनाउने, आवश्यक कानुनका विषयमा तयारी गरेर अर्को अधिवेशनमा हाम्रो जोडदार उपस्थिति रहने छ ।” 

धादिङ मैदी–४ मा जन्मिएका सांसद अर्यालसँग पर्यटन र विप्रेषण क्षेत्रमा २० वर्षको अनुभव छ । विसं २०७९ मा रास्वपाको स्थापनासँगै राजनीतिमा सक्रिय उनी गत निर्वाचनमा रास्वपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेका हुन् । अर्याल सत्तापक्ष र प्रतिपक्षका रुपमा नभइ सदन र मुलुकको विकासका लागि जनताको मुद्दामा एकजुट हुनुपर्ने मान्यता राख्छन् । यद्यपि संसदीय अभ्यासमा सांसदहरु राजनीतिक दलको स्वार्थभन्दा माथि उठन नसकेको उनी विश्लेषण गर्छन्। 

“धेरै दलका सांसदले आफनो दललाई मात्र प्रतिनिधित्व गरेको पाएँ । सदनको बहस दलभन्दा माथि उठन सकेन”, सांसद अर्यालले भने, “सदनभित्र सबै जनताका लागि यी सबै दलले दलभन्दा माथि उठेर छलफल, बहस गर्ने अभ्यास हुनुपर्दथ्यो, तर त्यसो नभएको मैले महसुस गरे । अझ यो ढ्यापढ्यापबाट पास गर्ने प्रवृतिभन्दा माथि उठनुपर्छ ।” 

सांसद अर्याल दलले सांसदको स्वतन्त्रतामा अंकुश लगाउँछ भन्ने आरोपप्रति भने पूर्णरुपमा सहमत  छैनन् ।  उनले भने, “सबै विषयमा दलको ह्वीप लगाएको छ भन्ने मलाई लाग्दैन । तर प्रतिपक्ष र सत्तापक्षको ढयापढयाप गर्ने प्रणाली आफैमा अलिकति दुर्भाग्यपूर्ण नै छ । यसले गर्दा पनि सांसदहरु पार्टीको ह्वीपमा परेका हुन् कि भन्ने बुझाइ पनि हुनसक्छ ।”

संसदीय अभ्यासमा अपेक्षाकृत रुपमा काम कम भए पनि सदनमा रास्वपाको उपस्थितिले सकारात्मक सन्देश दिएको सांसद अर्यालको जिकिर छ । उनी भन्छन्, “रास्वपाका सांसदको उपस्थितिले सदनप्रति जनताको चासो बढेको विषयलाई नकार्न सकिन्न ।” जनतालाई परिवर्तनको सुरुवात भएको महसुस गराउने आफूहरुको प्रयास सफल भएको उनको दाबी छ ।  

“देश विदेशमा रहनुभएका नेपाली नागरिक एवं प्रशासनिक क्षेत्रका साथीले पनि सदनमा रास्वपाका सांसदको उपस्थितिले सदन हेर्न र सुन्न लायक भएको प्रतिक्रिया दिनुभएको छ । हाम्रो उपस्थितिले सदनप्रति आमनागरिकको आर्कषण र अपेक्षा दुवै बढाएको छ”, सांसद अर्यालले भने । सदनमा जनताका मुद्दा प्रस्तुत गर्दा सरकारको ध्यानाआर्कषण कसरी गराउने भन्नेमा आफूहरु सचेत भएको उनको भनाइ छ । उनले जनताको मुद्दा र जनताका हितका विषयमा सदनसँगै प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रालय, विभाग र सम्बीन्धत निकायमा ध्यानाआर्कषण गराइरहेको बताए । 

“सरकारले सुन्दैन भन्दै गर्दा सरकारलाई सुन्ने बनाउने काम हाम्रो हो । सुन्ने बनाउन हामीले धेरै प्रयास जारी राखेका छौँ”, सांसद अर्यालले भने, “मेरो निर्वाचन क्षेत्रलाई अथवा मेरो काम गर्दिनुहोस् भनेर होइन, समग्र देशको जनताको हितको विषयलाई लिएर सदनदेखि सरकारका विभिन्न निकायमा आफ्नो प्रयास जारी राखेका छौँ ।” सरकारको ध्यानाआर्कषण गराउन केही हदसम्म आफू सफलसमेत भएको उनको भनाइ छ । 

“निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन हुन हुँदैन भनेर मैले संकल्प प्रस्ताव राखेको थिए । सर्वोच्च अदालतले सांसदको भूमिका सम्झाउँदै उक्त बजेट खर्च गर्न रोक लगाइदिएको थियो । त्यसका लागि हामीले सर्वोच्च अदालतलाई धन्यवाद पनि दियौँ”, सांसद अर्यालले भनेयो, “उक्त बजेटको रकम अहिले मन्त्रिपरिषद्ले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा खर्च गर्ने निर्णय गरेको छ । यो चित्त बुझ्ने निर्णय भयो ।” 

यस्तै जिल्ला निर्वाचन कार्यालय खोरेजीको विषयमा आफूहरुको पहलबाट जोगाउन सफल भएको उनको जिकिर छ । सांसद अर्यालले संसद्को आगामी अधिवेशनमा गैरसरकारी विधेयक अघि बढाउन तयारी भइरहेको पनि बताए । “गैरसरकारी विधेयक सदनमा लैजानै पर्छ भन्नेमा छौँ र त्यसका लागि तयारी गरिरहेका छौैँ”, उनले भने । 

राजनीतिक यात्राको एक वर्ष पूरा गर्दैगर्दा सांसद अर्यालले सुशासनमा सबैभन्दा ठूलो समस्या देखिएको आफूले पाएको बताए । उनले भने, “सरकार नै मिलिजुली बनेको छ, भागबण्डाका कुरा आउँछन् । हामीले सोचेको जस्तो त छैन तर सुशासन कायम गर्नका लागि हामी घचघचाउने काममा निरन्तर लागेका छौँ ।” 

सांसद अर्यालले सफल संसदीय अभ्यासमा अनुशासन अतिआवश्यक हुने उल्लेख गर्दै संसदीय मर्यादा विपरीत सदनमा आरोपप्रत्यारोपका क्रममा प्रयोग हुने भाषा सुन्न लायक नभएको अनुभव साटे। “यो हुनुहुँदैन आउने दिनमा सच्चिनुपर्छ”, उाले भने, “कानुन बनाउने जनप्रतिनिधिले के कसरी बोल्ने, खाने, हिँड्ने र लाउने कुरामा ध्यान दिनुपर्छ भन्ने मेरो व्यक्तिगत बुझाइ हो । त्यसमा हामी पार्टीभित्र पनि छलफल गरिरहेका छौँ ।” उनले समग्र राजनीतिक संस्कारमा सुधारको आवश्यक भएको बताए । 

“हामीसँगसँगै अन्य पार्टीका युवा सांसदहरु पनि जोडिनुभएको छ । हामीले परिकल्पना गरेको सफल संसदीय अभ्यास सम्भव छ तर यसका लागि समय भने पक्कै लाग्छ”, सांसद अर्यालले भने।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending