काठमाडौं । आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीका बिरुद्धमा आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले आपत्ती जनाउँदै प्रहरीमा उजुरी दिने निर्णय गरेको छ ।
आचार्य समाजको काठमाडौंमा बसेको बैठकले उक्त जुत्ता कम्पनीविरुद्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कारबाहीका लागि निवेदन दिने निर्णय गरेको हो ।
समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले सामाजिक सञ्जालमा भाईरल हुनेगरी बुष्टसमेत गरेर प्रचार गरिएको जुत्ता कुन कम्पनीले उत्पादन गरेको हो वा प्रचार सामाग्रीमा आचार्यहरुको मानमर्दन हुनेगरी किन राखिएको हो भन्ने विषयमा पत्ता लगाएर कारबाहीको माग गरिने बताए ।
उनले जुत्तामा राखिएको आचार्यहरुको थर तत्काल हटाउन भूमिका खेल्न र थरकै अपमान हुनेगरी नाम राख्ने कम्पनीलाई माफी मगाई हदैसम्मको कारबाही गर्न माग पनि गरेको जानकारी दिए । यस्तै बैठकले कम्पनीलाई प्रहरीले कारबाही नगरे अन्य कानुनी प्रकृया अपनाउने निर्णय गरेको छ ।
यस्तै आचार्य समाजका अगुवाहरुले अदालतमा क्षतिपूर्ति माग दाबीसहित निवेदन दिनुपर्ने, अन्तर्राष्ट्रिय अदालतमा मुद्धा दिनुपर्नेलगायतका विषय उठाएका छन् । प्रहरीमा उजुरी दिनका लागि अधिवक्ता मुक्ति आचार्यलाई जिम्मा दिइएको आचार्य समाजले जनाएको छ । उक्त कम्पनीले टिसर्टमा पनि आचार्य नाम राखेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: