बेजिङ । चीनको शाङतोङ प्रान्तमा बिहेको फोटो च्यात्ने एउटा व्यवसाय धुमधामसँग चलिरहेको छ । सम्बन्ध विच्छेद गरेका जोडीलाई यो अफलाइन व्यवसायले सस्तो र प्रभावकारी रुपमा आफ्नो बिहेको फोटो नष्ट गर्ने सेवा दिइरहेको छ । वैवाहिक सम्बन्ध बिग्रिएपछि बिहेको फोटो च्यात्नु चीनमा सोचे जस्तो सहज छैन ।
चीनमा बिहेको फोटोलाई बलियो खालको आकर्लिक क्यानभासमा अमर बनाएर राख्ने चलन छ । त्यसैले सम्बन्ध विच्छेद गरेका जोडीसामु बिहेको फोटोबाट छुट्कारा पाउन फोहोरको थुप्रोमा फ्याक्नेलगायत थोरै मात्रै विकल्प छन् । फोटो फोहोरको थुप्रोमा फ्याक्दा अरुले तस्बिरमा भएको व्यक्ति चिन्ने भयले मानिसहरु फोटो हत्तपत्त फ्याँक्दैनन् ।
जिउँदो मान्छेको फोटो जलाउनै मिलेन र साथमा राख्नु पनि पीडादायक नै भयो । यस्तोमा शाङतोङ प्रान्तमा नयाँ विजनेश भेञ्चर उदायो । कम्पनी लिउ थरका एक पुरुषले खोलेका हुन् । यो कम्पनीको विशेष सेवा नै गोपनियताको सुरक्षा गर्दै बिहेको फोटो च्यात्नु हो ।
गोपनीयतालाई विचार गरेर आफूले यो कम्पनी शुरु गरेको लिउले बाइलु भिडियोमा भनेका छन् । बिहेको फोटो व्यक्तिगत गोपनियताको चिजमा पर्छ । त्यसैले पनि आफूले दिइरहेको सेवाको माग धेरै भएको विश्वास ती पुरुषले गरेका छन् ।
अहिले तिब्बतबाहेक चीनको हरेक प्रान्त र नगरपालिकाबाट बिहेको फोटो नष्ट गरिदिन आफूहरुलाई अर्डर आइरहेको लिउले बताएका छन् । उनको कम्पनीले फोटोको आकार हेरेर १० येन देखि सय येनसम्मको शुल्क लिएर फोटो नष्ट गरिरहेको छ ।
फोटोमा भएको व्यक्ति नचिनिउन भनेर कम्पनीका कर्मचारीहरूले शुरुमा तस्बिरमा रंग छर्किदिन्छन् अनि फोटोलाई श्रेडिङ मेशिनमा हालिदिन्छन् । यो सबै प्रक्रियाको भिडियो बनाएर कम्पनीले ग्राहकलाई प्रमाणको रुपमा भिडियो पठाइदिन्छ । चीनमा अन्धविश्वासका कारण मानिसहरू फोटोलाई जलाउँदैनन् । यस्तोमा सम्बन्ध विच्छेद गरेर पुरानो जीवनसाथीसँगको आफ्ना यादहरु मेटाउन चाहने जोडीका लागि लिउको कम्पनीले राम्रो विकल्प दिइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: