Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

मंसिर ७ गते दुई प्रदर्शन आमनेसामने हुन नदिन कस्तो छ प्रशासनको तयारी ?

खबरडबली संवाददाता

काठमाडौं । मङ्सिर ७ गते एकै दिन काठमाण्डूको माइतीघर मण्डलामा नेपालमा राजतन्त्र पुनर्स्थापनाको वकालत गरिरहेको एउटा समूह र नेकपा एमालेका भ्रातृ सङ्गठनले प्रदर्शन गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डूले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

सोमवार एक आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक महिनासम्म उक्त क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन अनसन , घेराउ, सभाजस्ता गतिविधि गर्न रोक लगाएका हुन्।

प्रशासनले पद्मोदय मोड देखि माइतीघर मण्डलाको चारैतर्फ र बिजुली बजार, बबरमहल हुँदै बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ। दुई समूहले फरकफरक माग राख्दै एउटै ठाउँमा प्रदर्शनको तयारी गरेपछि अधिकारीहरूले त्यसबारे सतर्कता अपउनाउँदै आएका छन्।

काठमाण्डू उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सहित सुरक्षा निकायका प्रमुखहरूबीच आइतवार पनि गृह मन्त्रालयमा छलफल भएको थियो।

प्रशासनिक निकायहरूले एउटै स्थानमा कार्यक्रम गर्ने बताएका ‘परस्पर विरोधी देखिएका’ दुई समूहबीच सम्भावित झडप रोक्न आवश्यक जस्तोसुकै कदम चालिने बताएका छन्।

“दुवै पक्षलाई एउटै ठाउँमा प्रदर्शन गर्न दिने कुरा सम्भव हुँदैन। दुवै पक्षले कार्यक्रमस्थल एउटै तोकेकाले अहिलेबाटै विशेष सतर्कता अपनाइएको छ। सम्बन्धित पक्षसँग पनि छलफल गरेर यसलाई सहजीकरण गर्ने प्रयास हुन्छ,” गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।

चिन्ताको विषय

आगामी बिहीवार नेकपा एमालेको राष्ट्रिय युवा सङ्घ र अनेरास्ववियूले ‘भ्रष्टाचार, अनियमितता र सामाजिक अराजकताविरुद्ध’ लगायतका विषयमा प्रदर्शन गर्ने जानकारी दिँदै आवश्यक शान्तिसुरक्षाको व्यवस्था मिलाउन काठमाण्डू जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्।

त्यही दिन पछिल्लो समय नेपालमा राजतन्त्र र हिन्दूराष्ट्र ब्युँताउने अभियान चलाइरहेका दुर्गा प्रसाईँलगायतको आह्वानमा ‘राष्ट्रियता र धर्मसंस्कृति बचाउने अभियान’ ले काठमाण्डूमा प्रदर्शनका लागि उपत्यकाबाहिरबाट पनि मानिसहरूलाई सहभागी हुन आह्वान गरेको छ।

यो अभियानको नेतृत्वमा देखिएका प्रसाईँ र यसअघि युवा सङ्घको प्रमुख समेत भइसकेका एमालेका नेता महेश बस्नेतबीच पछिल्लो समय सार्वजनिक आरोप-प्रत्यारोप देखिएको छ। यसअघि नेकपा एमालेको केन्द्रीय सदस्यबाट निष्कासनमा परेका प्रसाईँले अहिले एमाले नेतृत्वको आलोचना गरिरहेका छन्।

प्रसाईँले यसअघि आफूलाई युवा सङ्घले कालोमोसो दलेको आरोप लगाउँदै आएका छन्। युवा सङ्घले यसको खण्डन र आधिकारिक जिम्मेवारी दुवै लिएको छैन।

एमाले नेता बस्नेतले आइतवार पार्टीको भक्तपुर जिल्ला समितिको कार्यक्रममा बोल्दै प्रसाईँको आलोचना गरे पनि आफूहरूको कार्यक्रम उनीसँग “जुधाउने गरी नराखिएको” बताए। अर्को पक्षको प्रदर्शनको नेतृत्व गरेका प्रसाईँले पनि आफूहरू एमालेसँग “भिड्न नजाने” बताएका छन्।

प्रशासनको तयारी

काठमाण्डूका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले दुवै पक्षले एकै दिन काठमाण्डूमा प्रदर्शन गर्न लागेको जानकारी सामाजिक सञ्जालमा देखिएको तर एमालेको भ्रातृ सङ्गठनले मात्रै जानकारी गराएको बताए।

“हामी सामाजिक सञ्जालमा हेरिरहेका छौँ। कुनै पनि प्रदर्शनका लागि जिल्ला प्रशासनलाई जानकारी गराउनुपर्छ। हामी एकै ठाउँ र एकै दिन दुवै पक्षको कार्यक्रम हुने अवस्था आउन दिँदैनौँ। एउटा पक्षले कार्यक्रम अर्को ठाउँमा सार्नैपर्छ,” उनले भने।

देशको कानुन पालना गरेर गरिने शान्तिपूर्ण प्रदर्शनलाई भने नरोकिने प्रजिअ बस्नेतले जानकारी दिए। “शान्ति व्यवस्थामा खलल नपर्ने गरी हुने प्रदर्शनलाई प्रशासनले रोक्दैन। मिति, स्थान र समय फरक पारेर दुवै पक्षले प्रदर्शन गर्न सक्छन्,” उनले भने।

नेपाल प्रहरीका निमित्त प्रवक्ता दानबहादुर कार्कीले प्रशासनसँगको समन्वयमा जनशक्ति परिचालनका लागि प्रहरी तयार रहेको बताए।
“परिस्थिति हेरेर आवश्यकताअनुसार जनशक्ति परिचालन हुन्छ। प्रहरीले ठूलाठूला प्रदर्शनहरूमा शान्तिसुरक्षा कायम गरेको आफ्नो अनुभव यसमा पनि प्रयोग गर्छ,” उनले भने। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिपुलेक हुँदै चीनसँग व्यापार थाल्ने भारतको तयारीपछि सरकार छलफलमा, रास्वपा के भन्छ ?

काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा गर्न माग

रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...

होटलमा यौन क्रियाकलाप गरेको आरोपमा दुई जोडी पक्राउ

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...

मन्त्री छान्दै रवि-बालेन, यी हुन् सम्भावित अनुहार

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १५ औं महाधिवेशनको मिति तोक्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।  पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ब...

मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: