Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

बारामा ८ राउन्ड हवाई फायर, दुईजना घाइते

खबरडबली संवाददाता

बारा । बारामा  प्रहरीले ८ राउन्ड हवाई फायर गरेकाे छ । महाबिरी झन्डा मेला लगाउने विषयमा दुई समूहबिच विवाद भई भएको झडप नियन्त्रण गर्न फायर गरेकाे हाे । 

पचरौता नगरपालिका–७ बेनौलीस्थित झन्डा मेला लगाउने विषयलाई लिएर सोमबार दिउँसो बसेको बैठकमा कसले मेलाको नेतृत्व गर्ने कुरामा वाद–विवाद भई ढुङ्गामुढा हानाहान तथा झडप भएपछि प्रहरीले दुवै पक्षबिच यस विषयमा सहमति गराएर साम्य पारेको थियो । 

हनुमानजीको मङ्गलवार महाबिरी झन्डा मेला लाग्नु अघि सोमबार रातमा गाउँको बह्मबाबाको पूजा अनिवार्य गर्नुपर्ने परम्परा चल्दै आएको छ, सोही पूजामा वडा नम्बर–७ का वडा अध्यक्ष–बनारसी मुखिया बिन र अर्को प्रभु पटेलबिचको समूहले विवाद गरी उग्र रूप लिएपछि प्रहरीले आठ राउन्ड हवाई फायर गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

बह्मबाबाको पुजा को समय सोमबार राती करिब १० बजेदेखि १२ बजेको समयमा भएको ढुङ्गामुढा हानाहानबाट सोही टोलका ४० बर्से लक्ष्मी पटेलको टाउको फुटेको र ४२ वर्षे चण्डीका पटेलको खुट्टा भाँच्चिएको उनले बताए । घाइते दुवै जनको एस.एल.न्युरो अस्पताल परानीपुरमा उपचार भइरहेको छ ।

दुवै समूहले सोही ठाउँमा अलग–अलग मेला लगाउन अडान लिएपछि अर्को कुनै अप्रिय घटना हुन नदिन सो ठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी व्यापक रूपमा रातीदेखि नै खटाइएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।

परापूर्वकालदेखि सो ठाउँमा पञ्चायतका मुखियाले मेला लगाउँदै आएको थियो, त्यसपछि गा.वि.स.अध्यक्षले मेलाको नेतृत्व गर्दै आएका थिए, सङ्घीयता आइसकेपछि नगरपालिकाको वडा अध्यक्षले मेलाको नेतृत्व गरेको थियो, अब मेरो पक्षका वडाध्यक्षले सोही मेलाको नेतृत्व गर्न खोजेपछि विपक्षी दलका व्यक्तिले विरोध गर्दै विभिन्न प्रपञ्च रच्दै आएको पचरौता नगरपालिकाको नगरप्रमुख जलान्धर सिंहले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

महँगो पर्‍यो सुनकोशी मरिणमा ठेकेदारको ‘खेल’ : रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...

​ तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

  वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending