Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

चिहानमा गइसकेको राजसंस्था बोक्ने दुर्गा प्रसाईंबाट लघुवित्तिय समस्याको हल असम्भव

खबरडबली संवाददाता

काठमाडौं । ‘लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति’का अध्यक्ष मनिराम ज्ञावालीले अभियान्ता दुर्गा प्रसाईँ राजसंस्थाको मुद्धा त्याग्न तयार भए आफूहरु उनिसँग सहकार्य गर्ने बताएक छन् । 

संघर्ष समितिद्धारा संघर्षका कार्यक्रम सार्बजनिक गर्दै अध्यक्ष ज्ञावालीले राजतन्त्रको मुद्धा बोक्ने प्रसाईबाट वित्तिय अराजकताबाट पीडित जनताले मुक्ति नपाउने ठोकुवासमेत गरेका छन् ।

अध्यक्ष ज्ञावालीले २०४२ सालमा राजतन्त्रले खुल्ला अर्थतन्त्र र निजीकरणको नीति ल्याएर देशमा अर्थिक अराजकता निम्त्याएको बताउँदै पुनः त्यही तन्त्रबाट समस्या हल हुने भन्दा झन विग्रने जिकिर गरे । 

बैंक, सहकारी तथा लघुवित्त पीडित जनताको सहानुभूति लिएर राजतन्त्र फर्काउने प्रसाईको द्वैद चरित्रसहितको सपना पूरा नहुने उनको जिकिर छ । आफूहरुले प्रसाईले उठाएका राजन्त्र बाहेकको वित्तिय अराजकता विरोधीे मुद्धालाई समर्थन गरेको र सहकार्य पनि गर्न तयार रहेको बताउँदै उनले दुर्गा जी जनताको पीडक राजसंस्थाको मुद्धा त्यागेर आउनुस् भोलिबाटै हामी हातेमालो गर्न तयार छौं, तर तपाई पीडितको फेरो समाएर चिहानको कंकाललाई जीवित पर्ने सोच त्याग्नुस् ।” 

अहिलेको गणतन्त्रले समस्या हल किन नगरेको भन्ने प्रश्नको जवाफमा ज्ञावालीले भने,“राजन्त्र फालेर बल्ल बोल्ने र आन्दोलन गर्ने अवसर मिलेको छ, यहि आन्दोनलनबाट सरकारले सम्बोधन गर्नेमा हामी विस्वस्थ छौं ।”
सो संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले आफूहरुको नारा बेचेर प्रसाईंले राजसंस्था ल्याउने आधार बनाउन लागेको भन्दै अक्रोश व्यक्त गरे । 

आफूहरुले २२ महिना देखि आन्दोलन गर्दै आएको मुद्धा उठाएर प्रसाईंले  संघर्षलाई डाइभर्ट गर्न लागेको आरोप लगाउँदै भने,“ठूलो त्याग गरेर सामान्ति राजतन्त्र फल्यौं पुनः त्यसैको पुनस्थापना गर्न पीडित जनतालाई भ्रमित पार्दै बितन्डा मच्चाउने उनको सपना पूरा हुनै सक्दैन ।”

सो संघर्ष समिति सुदुरपश्चिम प्रदेश इन्चार्ज मणि प्रसाद चौलागाईले आफूहरुको र दूर्गा प्रसाईको आन्दोलन्मा आकास–पातालको अन्तर रहेको धारणा राखे । चौलागाईले सरकारले वित्तिय माफियाहरुलाई कारबाही गर्न नसके आफूहरुले सडकबाट कारबाही गर्ने चेतावनी समेत दिए ।

कर्णाली प्रदेश संयोजक आशा सञ्जेलले लघुवित्तिय संस्थाहरुको अराजकता गाउँगाउँ पुगेर उठिबास लगाउन थालेकाले सरकारले छिटो भन्दा छिटो निकास दिन पर्ने धारणा राखिन् ।
समितिका विदेश विभाग प्रमुख गगन बहादुर विकले देशमा लघुवित्तहरुको ज्यादतिको कारण हजारौं दिदी–बहिनीहरु विदेश गएर झन दुःख पाईरहेकोले अब विदेशबाट पनि झिकाएर संघर्ष गर्ने चेतावनी दिए ।

केन्द्रीय सचिव तथा वार्ता कमिटी संयोजक रमेश तामाङले नयाँ संघर्षका कार्यक्रम सार्बजनिक गर्दै फागुन १ गतेदेखि काठमाडौं केन्द्रीत अनिश्चितकालीन धर्ना तथा विरोध कार्यक्रम गर्ने बताए ।

संघर्षका कार्यक्रमहरुः
१. २०८० मंसिर ५ गते काठमाडौं लगायत विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन ।
२. २०८० मंसिर १५ गतेदेखि देशव्यापी रुपमा विरोध प्रदर्शन जारी राख्ने ।
३. २०८० मंसिर २६ गते राष्ट्र बैंक केन्द्रीत आन्दोलन,प्रदेश सममेलन सहित सुदुर पश्चिमबाट सुरु गर्ने ।
४. २०८० पुस ३ गते कर्णाली प्रदेश ।
५. २०८० पुस ८ गते लुम्बिनी प्रदेश ।
६. २०८० पुस १३ गते गण्डकी प्रदेश ।
७. २०८० पुस १७ गते बागमती प्रदेश ।
८. २०८० पुस २४ गते मधेश प्रदेश ।
९०२०८० माघ ७ गते कोशी प्रदेश ।
१०. २०८० माघ १६ र १७ गते राष्ट्रिय सम्मेलन ।
११.  २०८० फागुन १ गतेदेखि काठमाडौं केन्द्रीत अनिश्चितकालीन धर्ना तथा विरोध कार्यक्रम ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending