Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

निर्वाचनको एक वर्षः प्रश्न उठ्दै प्रदेशमाथि, किचलोको भुमरीमा कोशी

खबरडबली संवाददाता

काठमाडाैं  । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएको एकवर्ष पूरा भएको छ । गत वर्षको मंसिर ४ गते  भएको प्रदेश तथा प्रतिनिधि सभाको भएको निर्वाचनको एक वर्ष पुरा भएको हो ।

उक्त निर्वाचनबाट संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिक निर्वाचन पद्धतिमार्फत ११० जना गरेर कूल २७५ जना र प्रदेश सभामा सातै प्रदेशमा गरेर प्रत्यक्षतर्फ ३३० जना र समानुपातिकतर्फ २२० जना गरेर कूल ५५० जना सांसद चयन भएका थिए ।

मुलुक संघीय शासन प्रणालीमा गएपछिको दोस्रो निर्वाचनबाट चुननिएका ८ सय ५० जना सांसदहरुले नै अहिले प्रतिनिधि सभा, प्रदेश सभा तथा देश हाँकिरहेका छन् । 

कोशी प्रदेशमा किचलाे

गत वर्षको मंसिरमा सम्पन्न प्रदेश सभाको निर्वाचन पछिको एक वर्षमा सबैभन्दा धेरै चर्चामा रहेको प्रदेश हो ।  तत्कालीन प्रदेश एक अर्थात हालको कोशी प्रदेश कहिले प्रदेशको नामाकरणको विवादमा त कहिले हरेक महिना सरकार परिवर्तनको कुराले सँधै चर्चामा रह्यो ।

यो प्रदेशमा महिनामा दुईवटा सरकार बनेको विषय, पहिचानवादीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण निकै चर्चामा रह्यो । ९३ सदस्यीय प्रदेश सभा रहेको यो प्रदेशमा  ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत गरेर कूल ९३ जना सांसद र ६ दलको प्रतिनिधित्व रहेको प्रदेश सभा निर्वाचनबाट एमाले पहिलो (४०), कांग्रेस दोस्रो(२९), माओवादी केन्द्र तस्रो (१३), राप्राि चौथो (६), नेकपा एकीकृत समाजवादी पाँचौँ (४), र जसपा नेपाल छैटौं (१) भए ।

निर्वाचन सम्पन्न भएको एक वर्षको अवधिमा कोशीमा ५ वटा सरकार गठन भएका छन् । पहिलोपटक २०७९ पुस २४ मा नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भए । उनकै नेतृत्वमा प्रदेश सरकार गठन भयो । एमालेको नेतृत्वमा बनेको प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा एसबाहेक अन्य दल सत्ता साझेदारको रुपमा भित्रिए ।

यहिबीचमा माओवादी केन्द्रका बाबुराम गौतम र नेकपा एमालेकी सिर्जना दनुवार क्रमश सभामुख र उपसभामुख चयन भएका थिए । 

कार्की नेतृत्वको सरकारकै पहलमा ६ वर्षदेखि नामविहीन रहेको तत्कालीन प्रदेश नम्बर एकले नाम पायो ‘कोशी’ । २०७९ फागुन १७ गते एका-एक प्रदेश सभाको दुई तिहाइभन्दा धेरै मतले प्रदेशको नामाकरण भयो । प्रदेशको नामाकरण भएसँगै विरोधका आवाज सुनिन लागे ।

कोशी नाम नरुचाउने पहिचानवादीहरुले विराटनगर केन्द्रीत आन्दोलन थाले । वार्ता र छलफलबाट समस्या समाधान गर्नुको साटो संघीय सरकार र प्रदेश सरकार शक्तिको आड्मा आन्दोलन दवाउन उत्रिए । आन्दोलनले उग्ररुप लिँदै गयो । आन्दोलनकै क्रममा चैत १० मा प्रहरीको गाेली लागेर पदम लिम्बूको मृत्यु भयो । कयौं घाइते भए । हालसम्म पनि पहिचानवादीहरु शान्त भएका छैनन् । भने सरकारले पनि ठोसरुपमा सहमतिमा ल्याउन सकेको छैन ।

प्रदेश नामाकरणको आन्दोलनले उग्ररुप लिँदै जाँदा तत्कालीन मुख्यमन्त्री कार्की नेतृत्वको सरकार ढल्यो । २०८० असार १५ गते  प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि कार्कीको सरकार ढलेको थियो ।  प्रदेश नामाकरणको विरोधमा रहेको जसपा र केन्द्रको राजनीतिमा आएको फेरबदलको घटनापछि सरकार छाडेको माओवादी दुबैले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि  कार्कीको सरकार ढल्यो ।

कार्की नेतृत्वको सरकार ढलेपछि ०८० असार २१ गते नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बने । संविधानको धारा १६८ को उपधारा २ अनुसार । उनले मुख्यमन्त्रीको शपथ लिएको दिन अर्थात असार २२ गते कांग्रेसका प्रदीपकुमार सुनुवार, नेकपा एसका कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरे । त्यसको २ दिनपछि थापाले कांग्रेसकै रामकुमार खत्री, माओवादी केन्द्रका जीवन आचार्य र राजेन्द्र कार्कीलाई समेत मन्त्री नियुक्त गरेका थिए  ।

थापाले ९३ सदस्य प्रदेश सभामा बहुमत सांसद अर्थात ४७ जनाको हस्ताक्षर पुर्याउन तत्कालीन सभामुख बाबुराम गौतमकोसमेत समर्थन लिएका थिए । थापाको उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा रिट पर्यो । साउन ११ मा सर्वोच्चको पूर्ण इजलासले थापा नेतृत्वको सरकार ढालिदियो । पुनः संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन परमादेश दियो ।

सर्वोच्चको उक्त परमादेशपछि पदमुक्त भएका थापा पुनः साउन १६ गते मुख्यमन्त्री भए । उनलाई मुख्यमन्त्री बनाउन साउन १६ मा तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएका थिए । साउन १६ मा मुख्यमन्त्री भएका थापाले भोलिपल्ट माओवादी केन्द्रका जीवन आचार्य र बाबुराम गौतम, तथा कांग्रेसका प्रदीप सुनुवार र नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरे । साउन २६ मा जसपाकी निर्मला लिम्बूलाई मन्त्री बनाएका थापाले ३१ साउनमा पुनः कांग्रेसका गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरे ।

१६ साउनमा मुख्यमन्त्री भएका थापाले ४ भदौंमा प्रदेश सभाबाट विश्वासको मत लिए । एमालेबाट निर्वाचित उपसभामुख प्रदेश सभाको बैठकमा आईनन् । उनले कांग्रेस सांसद इस्राइल मन्सुरीलाई प्रदेश सभाको अध्यक्षता गर्न जिम्मेवारी दिईन् । उनै मन्सुरीले समेत मत दिएर थापाले विश्वासको मत पाए । विवादित रुपमा मत लिएको भन्दै सर्वोच्चमा पुनः मुद्दा पर्यो । सर्वोच्चले २१ भदौमा ४८ घण्टाभित्र एमाले नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन संविधानको धारा १६८ को उपधारा ३ अनुसार परमादेश जारी गर्यो ।

सर्वोच्चको फैसलापछि थापा नेतृत्वको सरकार दोस्रोपटक ढल्यो । सर्वोच्चको परमादेशपछि भदौं २२ मा हिक्मत कार्की मुख्यमन्त्री भए । कार्कीले सोही दिन शपथग्रहण गर्दै ५ सदस्यीय मन्त्रीमण्डल गठन गरे । जसमा एमालेका तिलकुमार मेन्याङ्बो, पाँचकर्ण राई, एकराज कार्की र सिर्जना राई मन्त्री बने ।

फेरि कार्कीले असोज ८ गते बुद्धिकुमार राजभण्डारी, एकराज कार्की, लिलाबल्लभ अधिकारी र निरन राईलाई मन्त्री नियुक्त गरे । असोज २० गते प्रदेश सभाबाट विश्वासको मत पाउन आधार नदेखेपछि कार्कीले पदबाट राजीनामा दिए ।

असोज २७ गते कांग्रेसका विद्रोही ८ सांसदलाई समर्थन गरेर एमालेले संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनायो । केदार मुख्यमन्त्री बनेपछि कांग्रेसका शमसेर राई र एमालेका राम राना मन्त्री नियुक्त भए । १ कार्तिकमा विश्वासको मत लिएका कार्कीले १७ कार्तिकमा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरे ।

आफूहरुलाई उपेक्षा गरेको भन्दै १८ कार्तिकमा एमाले सरकारबाट बाहिरियो । विना विभागीय मन्त्री राम रानाले पदबाट राजीनामा दिए ।

प्रदेश सभाको निर्वाचन सम्पन्न भएको १ वर्ष भएपनि कोशीमा संसदीय समितिमात्र गठन भएका छन् । उक्त समितिको नेतृत्व चयन हुन सकेको छैन । एक वर्षको अवधिमा ५ औं सरकार गठन भएपनि बजेटसम्बन्धी विधेयक हालपनि पास हुन सकेको छैन । भने ४ महिनादेखि रिक्त रहेको सभामुख पदमा निर्वाचन हुन सकेको छैन ।

प्रदेश सभाको यो एक वर्षको कालखण्डमा पारीत भएका ३ वटा कानूनलाई अपवाद मान्ने हो भने कोशी प्रदेश सभाको एक वर्षको समयलाई उपलब्धिविहीन भन्न सकिन्छ ।

मधेश प्रदेश
१०७ सदस्यीय मधेश प्रदेश सभामा १० दलसहित ४ जना स्वतन्त्र सांसदहरुको प्रतिनिधित्व रहेको छ । प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी कूल १०७ सदस्यीय प्रदेश सभामा २४ सांससहित एमाले पहिलो र २२ सांसदसहित नेपाली कांग्रेस दोस्रो दल रहेको छ ।

मधेशमा गत वर्ष सम्पन्न निर्वाचनपछि जनता समाजवादी पार्टी नेपालका प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् । 

यादव नेतृत्वको सरकारमा पनि पटक–पटक मन्त्रिपरिषद् पुनः गठन भएको छ । केन्द्रीय सरकारमा आएको फेरबदलपछि एमाले सरकारबाट बाहिरिएको छ । सरकारमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को इन्ट्री भएको छ ।

हाल मधेशमा रामचन्द्र मण्डल सभामुख र वविता राउत उपसभामुख रहेकी छन् । ७ वटा संसदीय समिति रहेकोमा ५ वटा समितिले नेतृत्व पाएका छन् । प्रदेश सभा मामिला र कृषि समितिका सभापति चयन हुन बाँकी रहेको छ ।

बागमती प्रदेश

संघीय राजधानीसमेत रहेको बागमती प्रदेश सभामा कूल ११० सांसद रहेका छन् । प्रत्यक्षतर्फ ६६ र समानुपातितर्फ ४४ गरेर ११० जना सांसद चुनिएका हुन् ।

बागमती प्रदेश सभाको नेतृत्व राप्रपाका भूवनकुमार पाठकले गरिरहेका छन् । उपसभामुखमा एमालेकी अप्सरा चापागाई खत्री रहेकी छन् । त्यस्तै प्रदेश सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता शालीकराम जम्कट्टेलले गरिरहेका छन् ।

जम्कट्टेल पुस २५ मा बागमतीको मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।

सरकार बनेको झण्डै एक वर्ष हुन लागेपनि प्रदेश सभामा हालसम्म पनि संसदीय समितिहरु चयन हुन सकेका छैनन् । सत्तापक्ष र प्रतिपक्षको आ आफ्नै अडानले प्रदेश सभाको समिति गठन भएपनि हालसम्मसमेत नेतृत्व चयन नहुनेले प्रदेश सभाको औचित्यमाथिनै प्रश्न उठ्न थोलको छ ।

गण्डकी प्रदेश

६० सदस्यीय गण्डकी प्रदेश सभाले एक वर्षको अवधिमा २ जना मुख्ममन्त्री ब्यहोरेको छ । २५ पुस ०७९ मा दोस्रो प्रदेश सभामा पहिलो मुख्यमन्त्रीको रुपमा नेकपा एमालेका प्रदेश संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका थिए । उनलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र गरी ३३ सांसदको समर्थन रहेको थियो ।

तत्कालीन मुख्यमन्त्री अधिकारीले माघ १० गतेसमेत गरेर एमालेका ३, माओवादीका ३ र राप्रपाका १ गरी ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए । 

केन्दीय गठबन्धन फेरबदलसँगै अधिकारी नेतृत्वको सरकार ढलेको थियो । २०८० बैशाख १४ गते गण्डकीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

उनलाई कांग्रेससहित, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०ले समर्थन गरेका छन् ।  प्रदेश सभामा कृष्णप्रसाद धिताल सभामुख र विना थापा उपसभामुखको भूमिकामा रहेकी छन् । प्रदेश सभामा ४ वटा संसदीय समिति गठन भएका छन् भने सर्वसम्मतरुमा सभापतिसमेत चयन भईसकेका छन् ।

लुम्बिनी प्रदेश

तत्कालीन प्रदेश नम्बर ५ तथा हालको लुम्बिनी प्रदेश सभामा ८७ सांसद रहेका छन् । १० दल र ३ स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको प्रदेश सभामा २९ सांसदसहित नेकपा एमाले पहिलो र नेपाली कांग्रेस २७ सांसदसहित दोस्रो दलको रुपमा रहेका छन् ।

प्रदेश सभा निर्वाचनको एक वर्षमा लुम्बिनीले २ वटा सरकार पाएको छ । (०७९ पुस २७ मा एमाले प्रदेश संसदीय दलका नेता लिला गिरी मुख्मन्त्री बनेका थिए । उनी नेतृत्वको सरकार ढलेपछि हाल नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा प्रदेश सरकार निर्माण भएको छ । ०८० बैशाख १४ मा मुख्यमन्त्री भएका चौधरीले हालसम्म पनि सरकरालाई पूर्णता भने दिन सकेका छैनन् । 

नेपाली कांग्रेस र नेकपा (माओवादी) बीच मन्त्री चयनको विषयमा सहमति नजुट्दा सरकारले पूर्णता पाउन नसकेको हो ।

सरकारले पूर्णता नपाएको लुम्बिनीमा संसदीय समिति चयन भएपनि नेतृत्व भने टुंगिएका छैन् । हाल प्रदेश सभामा तुलाराम घर्ती सभामुख र राप्रपाकी मेनुका खाँड केसी उपसभामुखको रुपमा रहेकी छन् ।

कर्णाली प्रदेश

नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले नेतृत्व गरेको कर्णाली प्रदेश सभामा ४० सदस्यीय रहेको छ । एक स्वतन्त्र र ५ दलको प्रतिनिधित्व रहेको प्रदेश सभामा नन्दा गुरुङ सभामुख र यसोधा न्यौपाने उपसभामुखको भूमिकामा रहेका छन् ।

मूख्यमन्त्री शर्मा २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नेतृत्वमा हाल एमाले र राप्रपा बाहेकका सबै दल सहभागी भएका छन् ।

सुदूरपश्चिम प्रदेश 

५३ सदस्यीय प्रदेश सभामा १९ सांसदसहित नेपाली कांग्रेस पहिलो र ११ सांसद रहेको माओवादी केन्द्र दोस्रो दलको रुपमा रहेको छ । स्वतन्त्र १ सहित ६ दलको सहभागीता रहेको प्रदेश सभामा भीम भण्डारी सभामुख र कोइरीदेवी चौधरी उपसभामुख रहेका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा हाल नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह रहेका छन् । उनी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा रहेको सबैभन्दा ठूलो दलको नेताको रुपमा माघ २६, ०७९ बाट मुख्यमन्त्री रहेका छन् । त्यसअघि मुख्यमन्त्री रहेका नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि ३० दिनमा स्वतस् पदमुक्त भएका थिए ।

प्रदेश सभामा रहने संसदीय समिति गठन भएका छन् । तर, त्यसको नेतृत्वबारे अझैपनि छलफलसमेत भएको छैन ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

महँगो पर्‍यो सुनकोशी मरिणमा ठेकेदारको ‘खेल’ : रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...

​ तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

  वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending