Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

दक्षिण एसियामै प्रतिव्यक्ति स्मार्ट फोन नेपालमा धेरै छः अर्थमन्त्री महत

'नेपालीहरु आफ्नो पेट भाेकाे राखेर पनि स्मार्ट फोन चलाउँछन्'

खबरडबली संवाददाता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले  दक्षिण एसियामै प्रतिव्यक्ति स्मार्ट फोन नेपालमा धेरै भएको बताएका छन् । कर दिवस समापनका अवसरमा बिहीवार आन्तरिक राजश्व बिभागमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

सो क्रममा मन्त्री महतले भने ‘नेपालीहरु आफ्नो पेट काटेर पनि स्मार्ट फोन चलाउँछन्, दक्षिण एसियामै प्रतिव्यक्ति स्मार्ट फोन यहाँ धेरै छ, यसैमार्फत यो देशमा केही हुँदैन, यहाँको सत्ता खराब छ भन्ने नेगेटिभिटी फैलाइएको छ ।’

समाजमा नकारात्मक सन्देश फैलाउन अहिले सामाजिक सन्जाल प्रयोग भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । निश्चित नियत राखेर केही जत्थाले नकारात्मकता फैलाइरहेको र यो सामाजिक सञ्जालका माध्यमबाट धेरै जनामा पुगिरहेको उनले बताए । अहिलेको समस्या आत्मविश्वासको अभाव भएको भन्दै कुनै एक व्यक्ति डुब्दैमा देशै डुब्छ भन्न नमिल्ने पनि उनले बताए ।

अर्थतन्त्रमा आजको आजै समस्या नआएको र अब सकारात्मकतर्फ अगाडि बढेको उनले दाबी गरे । सरकारले अनुदानलाई उत्पादनमा आधारित बनाएको भन्दै उनले मुलुकमै ठूलो सम्भावना रहेको बताए । मुलुकमा रहेको सम्म्भावनामा निजी क्षेत्रले नेतृत्व लिएर काम गर्नुपर्ने भन्दै उनले यसमा राज्यले सहयोग गर्ने बताए ।

विगतमा ठूला भवन, जग्गामा धेरै लगानी जाँदा समस्या आएको र शेयर अप्राकृतिक रुपमा बढेको भन्दै उनले अब यसबाट पाठ सिक्नुपर्ने बताए । आँखा चिम्लेर मैले ऋण लिएँ, भोलि फिर्ता गर्नुपर्दैन भन्ने अभियान कसैले पनि थाल्नु नहुँने भन्दै उनले साँच्चिकै अफ्ठ्यारोमा परेकालाई राज्यले सहजीकरण गर्ने  बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending