Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

रसिलो सुन्तला किसानका अमिलो व्यथा

खबरडबली संवाददाता

लमजुङ । बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेले करिब २० वर्ष अघिदेखि चार सय रोपनी जमिनमा सुन्तलाखेती गर्दै आएको थिए। उनको बारीमा पाँच सय बोटका  सुन्तलाले बर्सेनि रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी  हुने गर्दथ्यो । केही वर्षदेखि सुन्तलाका बोट मर्दै जाने क्रममा यतिबेला रोगले सबै सखाप भइसकेको छ । किसान पाण्डेले भने, “अहिले त परिवारले खाने सुन्तला पनि छैन ।”

 सुन्तला सखाप भएपछि  धान र मकैखेती गर्न थालेको उनको भनाइ थियो । पाण्डेले भन्नुभयो, “त्यति बेला सुन्तला बिक्री गरेर परिवारको खर्च टार्न सहज भएको थियो अचानक रोग लागेर मर्दै जाँदा बगैँचा नै सखाप भयो । पहिला आफैले बिक्री गरिन्थ्यो तर अहिले आफैले अरुसँग किनेर सुन्तला खानुपरेको गुनासो उनले गरे।” 

त्यस्तै सोही गाउँकै भगवती पन्तको सुन्तलाबारी पनि अहिले सखाप भएको छ । उनले भने, “करिब ५० वर्ष अघि स्याउत गाउँमै पहिलो सुन्तलाखेती हामीले गरेका थियाँै । तेह्र रोपनी जग्गामा छ सय वटा सुन्तलाका बोट लगाएका थियौँ, फल राम्रौ दिन्थ्यो । बर्सेनी रु छ/सात लाख आम्दानी गर्दै बालबच्चा पढाउन र घरखर्च चलाएर पनि बचत हुने  गर्ने गरेका थियौँ ।”
 
पहिलो त्यतिका बोटबाट त्यत्रो रकम आम्दानी हुन्थ्यो अहिले त ५०/६० वटा बोट छन् त्यही पनि मसिना मसिना दाना फलेको छ, यसवर्ष ७०/८० हजारसम्म आइहाल्छकी पन्तले भने । कति दु:ख गरेर लगाएइको सुन्तलाखेती नासिँदा दु:ख लागेको छ । सुन्तला नभए पनि कागती हुन्छ की भनेर तीन वर्षअघि बीस हजार तिरेर एकसय वटा कागतीको बिरुवा सारेकामा गतवर्ष सबै बिरुवा मरेको उनले सुनाए । 

रमेशराज पन्तको पनि उस्तै समस्या छ । विगतमा धेरै वर्षसम्म सुन्तलाबाटै वार्षिक रु चार/पाँच लाखसम्म आम्दानी गरेको थिए । विसं २०३६/३६ मा एक हजार पाँच सय वटा बिरुवाबाट सुन्तलाखेती गर्दै विसं २०४० देखि उत्पादन गर्दै बर्सेनी रु पाँच लाखभन्दा बढी आम्दानी  हुने गरेको उनले सुनाए ।

“विसं २०६० सम्म  लगाइएको सुन्तलाले गाउँ नै ढाक्ने गथ्र्यो, फागुन महिनासम्म पनि सुन्तला टिपेर भ्याउन गाहे हुन्थ्यो तर अहिले ३०/४० वटा बोट धेरै स्याहारसुसार र  मलजल गरेर बचाएर राखेको छु,  यसवर्ष करिब रु एक डेढ लाखसम्म कमाइ हुने अपेक्षा छ,” रमेशले भने, “विगतमा प्रतिगोटा २५ पैसामासमेत बिक्री गर्नुपर्दा त्यतिबेला गाउँसम्म आउने सहज बाटो  थिएन, भाउ थिएन, आफैले झारेर धुवानी गर्नुपथ्र्यो, अहिले सुन्तलाको माग छ, बाटो सहज छ तर सुन्तला बगैँचा छैन ।

 लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत यस गाउँमा केही वर्षदेखि बोट मात्रै हुँदा किसान चिन्तामा छन् । उनीहरुको मात्रै नभइ गाउँमा रहेका ८० घरपरिवारले नै लामो समयदेखि सुन्तला लगाउँदै आए पनि बोटमा रोग लागेपछि अधिकांशको सुन्तला मरिसकेको र केहीको मात्रै अलिअलि बाँकी  छन् । विगतमा आफूहरुले रु तीन करोडसम्म लिने गरेपनि यतिबेला रु पाँच/दस लाख पनि पाउन मुस्किल हुने स्थानीयवासीको भनाइ थियो । 

बीस वर्षको बीचमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्नेजस्ता समस्या किसानले झेल्दै आए पनि समाधान गर्न नसक्दा गाउँभरिका सुन्तलाबारी नै सखाप भइसकेको उनीहरुले बताए । यहाँका किसानले उतिबेला ठीक यही समयमा सुन्तला बगैँचा हेर्दै खाँदै किसान आ–आफूले लगाएको बारीको सुन्तला यो साल त यति लाखमा बेच्छु र त्यो पैसाले यो काम गर्छु भन्दै योजनासहित खुसी भएर बसेका हुन्थे  तर विगतकेही वर्षदेखि सुन्तलाले फल दिन नसक्दा अवस्था फेरिएको छ । साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँबाहेक तार्कुको गहते, करापुटारको बेतिनी, भोर्लेटारका लामासोती, उदिपुरको धिमिरे, भोटेओडारलगायत क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंँचा मासिँदै गएको छ । जिल्लामा उत्पादित सुन्तला कम हुँदा बाहिरी जिल्लामा उत्पादित सुन्तलाले बजार ओगेटेको छ । 

यतिबेला सुन्तला प्रतिकिलो रु एकसय ४० देखि रु एकसय ५० मा बिक्री हुँदै आएको छ । कत्ले, पतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा किसानले ध्यान नदिएकाले सुन्तला बगैँचा मासिने क्रम बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

जिल्लामा एक हजार दुई सय हेक्टर क्षेत्रफलभन्दा बढीमा सुन्तला खेती हुने गरे पनि केही वर्षदेखि करिब एक सय ५० हेक्टर जमिनमा मात्र सुन्तला खेती हुने गरेको कार्यालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending