Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

घ्याप्चे पहिराको जोखिममा बस्ती

खबरडबली संवाददाता

रामेछाप । मन्थली नगरपालिका र लिखु तामाकोशी गाउँपालिकाको सिमानामा लामो समयदेखिका समस्याका रुपमा रहेको घ्याप्चे पहिरोको समस्या समाधान नहुँदा स्थानीय सधै त्रासमा जिउनुपर्ने अवस्था सिर्जना भएको छ । पहिरोका कारण विशेष गरी मन्थली नगरपालिका–४ गैराथोक र वडा नं ३ अर्चलेका बस्ती उच्च जोखिममा छन् । साथै लिखु तामाकोशी गाउँपालिका–३ र ४ बिजुलीकोटको केही भागमासमेत क्षति पुगेको छ । 

विसं २०११ देखि जान थालेको यस पहिरोका कारण कयौँ घरपरिवार विस्थापित भइसकेका छन् भने हाल १५ घर पूर्णरुपमा जोखिममा छन् । यसअघि पुनर्वास कार्यक्रम अन्तर्गत १० घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो । पहिरोको रोकथाम नगर्ने र यसैगरी हिउँद र बर्खामा पहिरो निरन्तर गइरहँदा गैराथोकका तीन सय घरपरिवार विस्थापित हुने अवस्थामा पुगेको स्थानीयले सोमप्रसाद भट्टराईले बताए। 
 
भट्टराईका अनुसार घ्याप्चे पहिरोको कारण कैयौँ मानिसले ज्यानसमेत गुमाइसकेका छन् भने वन र खोलामा चराउन लगेको कैयौँ पशुचौपयासमेत  रणजोर खोलामा बगेका छन् । यस ठाउँबाट विसं २०११ साउनमा पहिलो पटक पहिरो गएको भए पनि  २०४०, २०५१ र २०६१ मा गएको पहिरोले विकराल रुप लिएको स्थानीयको भनाइ छ । 

पछिल्लो तीन वर्षयता पहिरोका कारण त्रास बढेको स्थानीय तीर्थराज श्रेष्ठको भनाइ छ । पहिरो एक्कासी बढेपछि आसपासका बस्तीका मानिस त्रसित भएका छन् । पानी परेको बेला राति जागै बसेर रात काट्ने अवस्था आएको स्थानीय गोमा भट्टराई बताउन्छन्। उनले भने “पहिरो गएको बेलामा घर नै पूरै थर्किन्छ, जमिन भासिएकोजस्तो हुन्छ, पहिरोका कारण पूरै गाउँ त्रसित छन् ।”

पहिरोका कारण हजारौँ रोपनी खेतबारी बगाएर शिक्षकसमेत रहनुभएका स्थानीय सोमसप्रसाद भट्टराईको भनाइ छ । केही वर्ष पहिले घ्याप्चे पहिरो रोकथामका लागि जलाधार कार्यक्रम अन्तर्गत गैराथोकस्थित रणजोर खोला किनारमा जाली हाल्ने काम भएपनि जाली एक वर्ष पनि नटिकेको उनले बताए। वातावरणीय प्रभाव मूल्याङ्कन गरी बायो इञ्जिनियरिङ प्रविधिबाट पहिरो रोकथाम गर्न सकिने इञ्जिनियर  डिल्ली अधिकारी बताउछन्  ।  

घ्याप्चे पहिरोको कारण रणजोर खोलाको चौडाई बर्सेनी बढ्दै जाँदा २७ मिटरदेखि तीन सय मिटरसम्म फैलिइसकेको छ भने मन्थली नगरपालिकाको कूल क्षेत्रफल २११ दशमलव ७७ वर्ग किलोमिटरमध्ये घ्याप्चे पहिरोले २३ दशमलव ८९ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । जसका कारण रामेछापको सदरमुकाम मन्थलीसमेत उच्च जोखिममा परेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस र एमालेका सांसद केसी र बादल अनुपस्थित

काठमाडौँ । निर्वाचन आयोगले बिहीबारका लागि तय गरेको समानुपातिक सांसदको प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

प्रधानमन्त्री कार्की कर्णाली भ्रमणमा, निर्वाचन सफल भएकोमा धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश भ्रमणमा गएकी छन्। उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकोमा मतदाता, निर्...

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा कैलालीमा एक दम्पतीको मृत्यु

धनगढी। कैलालीको कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।  बुधबार राति ना ६ ख ७७८ नम्बरक...

लुम्बिनी र कोशी प्रदेशमा चैत ६–७ गते तीव्र हावाहुरी चल्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जानकारी दिएको छ। विभागका अनु...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: