Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

चितवनमा सवारी दुर्घटना हुँदा २३ जनाको मृत्यु

खबरडबली संवाददाता

चितवन । जिल्लामा पछिल्लो चार महिनामा  सवारी दुर्घटनामा परी २३ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको चार महिनामा जिल्लामा भएका ८८ दुर्घटनामा उनीहरुले ज्यान गुमाएको  जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा २१ जना पुरुष, दुई जना महिला छन् । 

कार्यालय प्रमुख  प्रहरी निरीक्षक सुरेश सुवेदीकाअनुसार दुर्घटनामा परी दुई सय २९ जना घाइते भएका छन् । जसमध्ये ४७ जना गम्भीर घाइते भएका छन् भने एक सय ८२ जना सामान्य घाइते भएका छन् । 

जिल्लामा भएका सवारी दुर्घटनामा एक सय ३७ वटा सवारीसाधन परेका छन् । सुवेदीकाअनुसार जिल्लामा भएका पूर्व–पश्चिम लोकमार्गमा २१ वटा दुर्घटना भएका छन् । यस्तै नारायणगढ मुग्लिन सडक खण्डमा १३ वटा, पृथ्वी राजमार्गमा तीनवटा, सहरी सडक खण्डमा ६ वटा र भित्रि सडकमा ४५ वटा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि कार्यालयले चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट कार्यक्रम सञ्चालन गर्दै आइरहेको सुवेदीले बताए । उनका अनुसार कार्यालयले जनचेतनामूलक कार्यक्रम र प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्दै आइएको छ । उनले भने, “मुख्य राजमार्गमा जनचेतनामूलक होडिङ् बोर्ड राख्ने काम सुरु गरिएको छ ।” दुर्घटना न्यूनीकरणका लागि आकस्मिक चेकजाँचलाई समेत तीव्र बनाइएको उनले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सबैभन्दा ठुलो पार्टी बनेर आएसँगै संसदीय दलका कार्यालय साटफेर

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिक दलहरूको हैसियतमा उल्लेखनीय परिवर्तन भएको छ । दलहरूको नयाँ हैसियतअनुसार संघीय संसद् स...

समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र वितरण सुरु, अब सरकार गठनको प्रक्रिया अघि बढ्ने

काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ। ...

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ। संसद्का महासचिव पद्मप्रसाद पाण्डे ले बिहीबार ...

नेपाली बजारमा सुनको मूल्य ५ हजार ४ सय रुपैयाँले घट्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बिहीबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। महासंघले सार्वजनिक गरेको मूल्...

गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव कांग्रेस बैठकमा पेस हुने

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठकमा सभापति गगन थापा ले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ। ...

गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

गुल्मी। गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते हुनु भएको छ । यस जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर– ५ हँसरामा लु २ ख ५३७३ नम्बरको ट्रक दुर्घटना...

सवारी दुर्घटना बढेपछि सडकमै पूजा

सिद्धार्थनगर । रुपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृत आत्माको चिर शान्तिको कामना ग...

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: