Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

आफ्नै बेहुली र अरू तीन जनाको हत्या गरी आत्महत्या

खबरडबली संवाददाता

काठमाडौं । थाईल्यान्डमा अपाङ्गता भएका एक खेलाडीले आफ्नै बिहेको दिन गोली हानी बेहुली र अरू तीन जनाको हत्या र त्यसपछि आत्महत्या गरेको प्रहरीले बीबीसीलाई बताएको छ। उनी भूतपूर्व सैनिक पनि हुन्।

प्रहरीका अनुसार गत शनिवार २९ वर्षीय चतुलोङ सुक्सुक र ४४ वर्षीया कान्चना पाथुन्टुकको विवाह पूर्वोत्तर थाईल्यान्डमा भएको थियो।

सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार बेहुला चतुरङ सुक्सुक बिहेको भोजबाट अकस्मात् बाहिर गए। फर्केर आउँदा उनले एउटा बन्दुक ल्याए। त्यही बन्दुक चलाएर उनले आफ्नी नवविवाहिता पत्नी, उनकी ६२ वर्षे आमा र ३८ वर्षे बहिनीको ज्यान लिए।

उक्त समारोहमा उपस्थित अरू दुई जनालाई पनि गोली लागेको थियो। उनीहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो। उपचारका क्रममा तीमध्ये एक जनाको मृत्यु भयो।

प्रहरीले बीबीसीलाई दिएको जानकारीअनुसार चतुलोङ घटना भएका बेला “निकै मातेका" थिए। तर उनले किन त्यस्तो घातक काम गरे भन्ने स्पष्ट भइसकेको छैन। प्रहरीका अनुसार उनले गत वर्ष बन्दुक र गोली वैधानिक रूपमै किनेका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार बिहेमा आएका निम्तालुहरूले प्रहरीलाई बताएअनुसार भोजका बेला नवदम्पतीबीच केही भनाभन भएको थियो।

पत्नी र आफ्नो उमेरमा ठूलो भिन्नता भएकाले उनले केही असुरक्षित महसुस गरेको विवरण पनि आएको छ। तर प्रहरीले त्यसलाई अनुमान मात्र भनेको छ। आफूले प्रमाण सङ्कलन गरिसकेको र यो घटनाको छानबिन “छिट्टै” टुङ्गोमा पुग्ने उसको भनाइ छ। चतुरङ र कन्चना बिहे गर्नुअघि तीन वर्षदेखि सँगसँगै बस्दै आएका थिए।

बेहुला को हुन् ?

चतुरङले गत वर्ष इन्डोनेशियामा भएको आसियान प्यारा-गेम्समा पौडी प्रतियोगितामा रजत पदक जितेका थिए। थाईल्यान्डमा आगामी महिना हुने वर्ल्ड अबिलिटीस्पोर्ट गेम्समा उनी पनि सहभागी हुने ठानिएको थियो।

उनले थाईल्यान्डको सीमामा गस्ती लगाउने प्यारामिलिट्री लाइट इनफ्यान्ट्री फोर्समा पनि काम थिए। कामकै सिलसिलामा उनले दाहिने खुट्टा गुमाउन पुगेका थिए।

थाईल्यान्डमा कानुनी स्वीकृति लिएर बन्दुक राख्न पाइन्छ। गत महिना एउटा ब्याङ्ककको एउटा व्यापरिक मलमा गोली प्रहार हुँदा तीन जनाको ज्यान गएको थियो।

एक वर्षअघि पूर्वोत्तर थाईल्यान्डमा एक पूर्वप्रहरीले बन्दुक र चक्कु प्रहार गरी एउटा शिशुविद्यालयमा ३७ बालबालिकाको ज्यान लिएका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE