Ntc summer Offer
Khabar Dabali १५ फाल्गुन २०८० मंगलवार | 27th February, 2024 Tue
NIMB

मौसम बदली भएसँगै चिसो बढ्यो

खबरडबली संवाददाता

बाजुरा । आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ । यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन् । जिल्ला अस्पताल बाजुरामा समेत दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

चिसो मौसमका कारण दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको  जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए। जिल्लाको पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकामा बसोबास गर्ने भोटे समुदायका मानिस भेडाच्याङ्ग्रासहित स–परिवार बेँसीतिर झरेका छन् ।

उनीहरू चिसो समयमा जिल्लाको ब्रहमतोला, कुल्देवमाडौँ, बाह्रविस, अछाम, डोटी र सुर्खेतलगायतका जिल्लामा बसाइँ सरेर जाने गरेका छन् । लगातार दुई दिनसम्म घाम नलागेपछि  चिसो ह्वात्तै बढेको हो । जल तथा मौसम विज्ञानका अनुसार अझै केही दिन सुदूरपश्चिम प्रदेशलगायतका ठाउँमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकीले प्रदेश सरकार टुक्रे योजना फिर्ता पठायो

म्याग्दी । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सङ्घीय सरकारले पठाएका टुक्रे योजना फिर्ता गरेको छ । सङ्घीय सर...

७० करोड टेप प्रकरणको अनुसन्धान जारी, टेरामक्स अनुसन्धानको रिजल्ट चाँडै आउँछ : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ७० करोड टेप प्रकरणको अनुसन्धान भइरहेको र टेरामक्स अनुसन्धानको रिजल्ट पनि ...

साउनयता विद्युत् वितरणतर्फका नौवटा सबस्टेसन सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । ...

अख्तियार प्रमुख राई भन्छन्: नेपालभित्रको भ्रष्टाचारको कारोबार विदेशमा हुन थालेको छ

अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना ल्याउन धेरै कठिनाइ

नामिबियासँग नेपाल २० रनले पराजित

काठमाडौँ । नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो । नामिबियाले दिएको २०७...

धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको उड्डयन प्राधिकरणको निष्कर्ष

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै धरानम...

इलाम–२ मा सुरु भयो चुनावी चर्चा, टिकटका लागि नेता भेट्न दौडधुप

मङ्गलबारे । निर्वाचन आयोगले इलाम–२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको छ । नेताहरु टिकटका लागि आफ्नो नजिक रहे...

गीत–सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प...

पर्वतमा यस वर्ष २० किलोमिटर सडक कालोपत्र हुँदै

पर्वत । पर्वतमा यस वर्ष २० किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्र हुने भएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोज...

नामिबियाले नेपाललाई दियो २०७ रनको विशाल लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको  पहिलो खेलमा नामिबियालाई हराउन नेपालले २०७ रन बनाउनु पर्ने भएको छ । त्रिकोणात्मक टी-...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies