बाँके । बाँकेको बैजनाथ गाउँपालिका ७ पेडारीका रामकृष्ण थारु र लालमोहनी थारुको परिवार केहीबर्ष अघिसम्म हाँसीखुशी थियो । दैनिक घर परिवार चलाउन कुनै समस्या थिएन । पति, पत्नी, आमा, २ छोरी र एक छोरा सहित ६ जनाको परिवार गाउँकै नमुना परिवारको रूपमा थियो । रामकृष्णले पक्की घर बनाउन जग समेत हालिसकेका थिए ।
तर एकाएक थारु परिवारमा दुःखका दिन सुरु भए । पाँचबर्ष अघि पत्नी लालमोहनी अकस्मात् बिरामी भइन् । उनका हात खुट्टा चल्दैनन् । एक ठाउँबाट अर्को ठाउँमा सर्न समेत सहयोगी चाहिन्छ ।
पत्नीको यस्तो अवस्था भए पनि रामकृष्ण शारीरिक रूपमा तन्दुरुस्त भएका कारण घर परिवारमा आर्थिक अभाव आएको थिएन । तर पत्नी बिरामी भएको अर्को वर्ष रामकृष्ण समेत बिरामी परे । उपचारमा ७–८ लाख रुपियाँ खर्च भयो । अहिले रामकृष्ण पनि हिँडडुल गर्न नसक्ने भएका छन् । ह्विलचियरमा बस्न समेत सहयोगी चाहिने अवस्था रहेको छ ।
पति, पत्नी नै हिँडडुल गर्न नसक्ने भएपछि थारु परिवारमा साँझ बिहान के खाने भन्ने चिन्ताले सताउने गरेको छ । उनका जेठी छोरी कक्षा, ९, कान्छी छोरी कक्षा ६ र छोरा कक्षा १ मा अध्ययनरत रहेका छन् । माटोको घर समेत जीर्ण भइसकेको छ ।
रामकृष्ण भन्छन्, ‘जेठी छोरी बाल विकासदेखि नै प्रथम हुन्छिन्, अहिले दुबै जना हिँडडुल गर्न नसक्ने भएपछि साँझ बिहान के खाऔँ भन्ने समस्या छ, छोराछोरीलाई कसरी पढाउने होला ?’
राज्यबाट प्राप्त लालमोहनीको पूर्ण अपाङ्गता र रामकृष्णको आंशिक अपाङ्गता भत्ताले घर खर्च चलाउन नपुगेपछि थारु परिवारलाई आफन्त र छिमेकीले पनि केही सहयोग गर्दै आए पनि दैनिक गजरा चलाउन कठिनाइ भइरहेको लालमोहनीको भनाई छ । चिसो सुरु हुन लाग्दा समेत थारु परिवारमा न्यानो कपडा समेत अभाव रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - ११:२१
काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...
आश्विन ४ गते, २०८१ - ११:१६
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...
आश्विन ४ गते, २०८१ - ११:१३
काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...
आश्विन ४ गते, २०८१ - ११:११
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...
आश्विन ४ गते, २०८१ - ११:०१
रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...
आश्विन ४ गते, २०८१ - ११:००
काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...
आश्विन ४ गते, २०८१ - १०:१७
बागलुङ । धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...
आश्विन ४ गते, २०८१ - १०:०९
हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...
आश्विन ४ गते, २०८१ - १०:००
काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...
आश्विन ३ गते, २०८१ - १९:५५
काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...
प्रतिकृया लेख्नुहोस्: