Ntc summer Offer
Khabar Dabali २४ माघ २०८१ बिहीबार | 6th February, 2025 Thu
Investment bank

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री आज यूएई जाँदै

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दै छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री यूएई जान लागेका हुन्। 

बेलुकी साढे ९ बजे प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुँदैछ।

प्रधानमन्त्री डिसेम्बर १–२ मा हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन्। डिसेम्बर २ मा उनले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । 

प्रचण्ड संयुक्त अरब इमिरेट्सको ५२औँ ‘युनियन डे’को अवसरमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनेछन्। उनी यूएईले आयोजना गर्ने ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने मन्त्रालयले बताएको छ।

सम्मेलनको ‘साइड लाइन’मा प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्रप्रमुख, सरकारप्रमुख र उच्च पदस्थ व्यक्तिसँग वार्ता गर्नेछन्।

प्रधानमन्त्रीले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय भएको छ। यस्तै नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।

प्रचण्डसँग छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो र अन्य सरकारी अधिकारी पनि यूएई जानेछन्। प्रधानमन्त्री मंसिर १७ गते स्वदेश फर्किने तय भएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी सांसद शर्मासँग वार्ता- संविधान संशोधनका विषय प्रायोजित देखिँदैछ, व्यवस्थाप्रति नै निराशा बढ्न सक्छ

काठमाडौँ । पछिल्लो समय संसद्को प्रभावकारिताबारे प्रश्न उठ्न थालेको छ ।  संसद्लाई कति सक्रिय र प्रभावकारी बनाउने भन्ने कुरा सरकारले संसदलाई दिने ‘बिजने...

अध्यादेशको पक्षमा उभिने जसपा नेपालको संकेत, निर्णय लिन संसदीय दलको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ ...

शेखरबारे गगन- उहाँ मेरो नेता हुनुहुन्छ, १५ औं महाधिवेशनमा पनि सँगै हुन्छौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १४ औं महाधिवेशनमा बनेकै समूहमा आफू रहेको बताएका छन् । इतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री...

माओवादीमा कार्यविभाजन- जनार्दनलाई संगठन, वर्षमानलाई अर्थ विभागको जिम्मेवारी

पूर्वउपराष्ट्रपति पुनलाई आर्थिक तथा कृषि उत्पादन विभागको जिम्मा

दश महिना कैद भुक्तान गरेका युवक अनलाइन ठगी मुद्दामा फेरि पक्राउ

काठमाडौँ । ‘अनलाइन’ ठगी कसुरमा गत वर्ष १० महिना कैद भुक्तान गरी छुटेका एक युवक अनलाइन ठगी मुद्दामा बुधबार पुनः पक्राउ परेका छन् । विसं २०८० मङ्सिरमा क...

कालीमाटीमा आज कुन तरकारीको मुल्य कति ? (सूचीसहित)

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...

८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु । जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर  निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्...

समस्या झेल्दै भोजपुरे खुकुरी उद्योग

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ। यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको...

सदनमा अध्यादेश निर्णयार्थ पेश हुँदै, प्रचण्डले सम्बोधन गर्ने

राष्ट्रिय सभामा बहुमत जुटाउन उपेन्द्र यादवलाई फकाउँदै ओली-देउवा

पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’

तुलसीपुर । पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५/१६औँ शताब्दीमा राजा मे...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy