काठमाडौं । नेकपा एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोकमार्गको पदयात्रा कार्यक्रममा नेता भिम रावन सहभागी नहुने भएका छन् । आधिकारीक निम्तो नभएको भन्दै उनी कार्यक्रममा सहभागी नहुने भएका हुन् ।
‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर बिहीबारदेखि रावल आफ्नै गृहप्रदेशबाट सुरु हुन लागेको पदयात्रामा सहभागी नहुने भएका हुन । बैतडीको झुलाघाटबाट सुरु गर्न लागेको मध्यपहाडी लोकमार्गको पदयात्रा उद्घाटनका लागि एमाले अध्यक्ष ओली भने सुदूरपश्चिममा पुगी सकेका छन् । अध्यक्ष ओलीसहितका शीर्ष नेतृत्व कार्यक्रममा सहभागी हुन बैतडीको झुलाघाटका लागि हिँडेका भए पनि एमाले नेता रावलले भने उक्त कार्यक्रमका सहभागि नहुने जनाएका छन् ।
पदयात्राको लागि आफूलाई निम्ता नगरिएको उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले निमन्त्रणाका लागि रावलसँग टेलिफोन सम्पर्क गरेका थिए । प्रदेशको अभियान नभएर केन्द्रको अभियान भएकाले अध्यक्ष ओलीसँग आफ्नो सहभागिताको बारेमा कुरा गर्न रावलले जैसीलाई भनेका थिए । प्रदेश अध्यक्ष जैसीले एमाले महासचिव शंकर पोखरेलसँग टेलिफोन पश्चात् फेरि रावलललाई सम्पर्क गरेका थिए।
‘अध्यक्षको स्वकीयसँग कुरा हुँदा महासचिवसँग कुरा गर्न भनियो, महासचिवसँग कुरा गर्दा इच्छा हुनेले जाँदा हुन्छ भन्ने जवाफ आएकोले तपाईं झुलाघाट जानु परेन अछाम आफ्नै किसिमले गए हुन्छ,’ रावलले जैसीको भनाई उद्धृत गर्दै लेखेका छन्, ‘अब सबै विवेकशील व्यक्तिले सोचौँ, यही हो त मलाई अभियानमा निम्ता गरिने कायदा?’ रावलले अध्यक्ष ओलीले निम्तो गरे आफू कार्यक्रममा सहभागी हुने सन्देश पठाएका थिए । रावलले प्रदेशको अभियान भए प्रदेश अध्यक्ष जैसीले निमन्त्रणा गर्दा कार्यक्रममा सहभागी हुने उल्लेख गरेका छन् ।

नेकपा एमालेका एक नेता राष्ट्रिय कार्यक्रम भएकाले यस कार्यक्रममा सबैले सहभागिता जनाउन सक्ने दाबी गर्छन् । राष्ट्रिय कार्यक्रम भएकाे हुँदा सहभागी हुनमा कसैलाई रोक नभएको उनी बताउँछन् ।
एमालेले बिहीबार बिहान ९ बजे पश्चिम बिन्दु झुलाघाटदेखि सुरु गर्ने पदयात्रा १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्ग अन्तर्गत पूर्वको चिवाभञ्ज्याङ पुगेर टुंगिने बताइएको छ । यात्राका क्रममा एमालेले ठाउँ–ठाउँमा आमसभाको आयोजना गर्ने र बैतडीको झुलाघाटमा पदयात्रा शुभारम्भ कार्यक्रमको तयारी पूरा भएको नेकपा एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राको बीचमा डडेल्धुरा, डोटी, अछामको साँफेबगर र मंगलसेनमा आमसभा हुने एमालेले जनाएको छ । पदयात्रामा निस्किने टिमलाई सुदूरपश्चिमको टोलीले वनखेतबाट बिदाइ गर्ने कार्यक्रम तय भएको छ ।
करिब १९ दिनसम्म सञ्चालन हुने पदयात्राका क्रममा बाटोमा पर्ने ठाउँको विकास सम्भावना र समृद्धिबारे छलफल, बहस र अध्ययन हुने एमाले नेताहरू बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...




प्रतिकृया लेख्नुहोस्: