Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

नेपालका वायुसेवा ईयूको कालोसूचीमै

खबरडबली संवाददाता

काठमाडौं । युरोपियन युनियन (ईयू) ले नेपालका वायुसेवा कम्पनीमा लगाएको प्रतिबन्ध तथा कालोसूची फुकुवा गर्न अस्वीकार गरेको छ। ईयूले सन् २०१३ बाट नेपाल वायुसेवा कम्पनीलाई कालोसूचीमा राखेको थियो। 

ईयूको पछिल्लो प्रतिवेदनले विमान कम्पनीहरूले उडान सुरक्षामा थप काम गर्नुपर्ने भन्दै कालोसूची नहटाउने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। ईयूको एयर सेफ्टी कमिटीले बुधबार प्राधिकरणलाई हवाई सुरक्षा प्रतिवेदन बुझाएको थियो।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सन् २०२३ मा नेपाल ईयूको कालोसूचीबाट हट्ने दाबी गर्दै आएका थिए। ईयूले सन् २०१३ बाट नेपाललाई कालोसूचीमा राख्दै उसको सदस्य राष्ट्रभित्रका मुलुकहरूमा नेपाली वायुसेवा कम्पनीलाई उडानको अनुमति र त्यहाँका नागरिकहरूलाई यहाँको विमान चढ्न प्रतिबन्ध लगाएको हो। 

प्राधिकरणबाट अन्नपूर्ण पोस्ट्लाई प्राप्त आंशिक प्रतिवेदनअनुसार नेपाली ध्वजाबाहक नेपाल एयरलाइन्स र श्री एयरलाइन्सको हवाई सुरक्षामा सन्तोष नभएका कारण नेपाललाई अझै ईयूको कालोसूचीमा नै राखिएको उल्लेख छ। 

प्रतिवेदनमा भनिएको छ, ‘निगमको वर्तमान सांगठानिक संरचना, कार्यपद्धति, आर्थिक एवं प्राविधिक क्षमता, जनशक्ति एवं सेवा प्रवाहकको गुणस्तर सोको अभिलेखीकरणलगायत संस्थागत संरचनामा नै आमूल परिवर्तन गर्नुपर्छ।’

यस्तै, श्री एयरलाइन्सको वर्तमान कार्यपद्धति सन्तोषजनक रहे पनि थप सुधारको आवश्यकता प्रतिवेदनले औंल्याएको छ। आन्तरिक संस्थागत सुरक्षा, हवाईयोग्यता लगायतका पक्षमा विमान कम्पनीहरूले आवधिक रिपोर्टिङ गर्नुपर्ने ईयूले भनेको छ। त्यस्ता रिपोर्टिङ हरेक ३–३ महिना गर्न समयसीमा तोकेको छ। 

प्रतिवेदनले नियमकीय निकाय प्राधिकरणको कार्यक्षमतामा ईयू सन्तोषजनक रहेको र उडान सुरक्षामा प्राधिकरण मात्र नभई राज्य संयन्त्रले नै हातेमालो गर्नुपर्ने उल्लेख भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जनाए। 

ईयूको सेफ्टी एजेन्सी९इयासा० ले भदौ २५ देखि २९ गतेसम्म प्राधिकरण, नेपाल एयरलाइन्स र श्री एयरलाइन्सको स्थलगत अवलोकन तथा मूल्यांकन गरेको थियो। सोही आधारमा नै ब्रसेल्समा भएको एयर सेफ्टी कमिटीको छलफलबाट नेपालमा लगाएको कालोसूचीलाई निरन्तरता दिने निर्णय गरेको हो। हरेक ६–६ महिनामा ईयूले कालोसूची अद्यावधिक गर्ने गर्छ।

प्राधिकरणलाई बुझाइएको प्रतिवेदनमा प्राधिकरणको कार्यप्रति सन्तुष्टि जनाइनु र हवाई सुरक्षाको कारण देखाउँदै लगाइएको प्रतिबन्ध फुकुवा नहुनु विरोधाभाष भएको जानकार बताउँछन्।

प्राधिकरणलाई नियामक र सेवाप्रदायकका रूपमा नटुक्र्याएसम्म ईयूले कालोसूचीबाट नहटाउने बताइन्छ। २०७६ सालमा नै प्राधिकरण टुक्राउने विधेयक संसद् पठाइए पनि पारित हुन सकेन। टुक्राउनेभन्दा पनि प्राधिकरणले कर्मचारी सेवा शर्त नियमावली संशोधन गर्दै नियामक र सेवा प्रदायकको काम छुट्ट्याएको बताउँदै आएको छ।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending