काठमाडौं । एमालेको मध्यपहाडी संकल्प यात्रालाई कोशीमा अवरोध गर्ने ‘पहिचानवादी’ ले घोषणा गरेका छन् । बिहीबार बैतडीको झुलाघाट सुरु भएको एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ्ग समृद्धिका लागि संकल्प यात्रा’लाई कोशीमा प्रवेशमा ‘पहिचानवादी’ ले अवरोध गर्ने घोषणा गरेका हुन् ।
एमाले अध्यक्ष केपी ओलीले बैतडीको झुलाघाटमा झण्डा फहराएर सुरू भएको पदयात्रालाई पहिचानवादीले कोशी प्रवेशमा रोक लाउने प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिले जनाएको छ । एमालेले झुलाघाटमा संकल्प यात्रा सुरू गरिरहँदा उदयपुरको घुर्मीमा ‘घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जागरणको उद्घाटन भइरहेको थियो । सो कार्यक्रममा कोशीका विभिन्न जिल्लाबाट पहिचानवादी अगुवा र कार्यकर्ता भेला भएका थिए । अभियानको उद्घाटन गर्दै घुर्मी–ओखलढुङ्गा–सोलु सडकलाई ‘बलबहादुर राई’ मार्गको नामकरणसमेत गरिएको छ ।
एमालेकै अभियानलाई लक्षित गरेर प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिले मध्यपहाडी मार्गमा पर्ने घुर्मी च्याङ्थापु सडक २६ र २७ गते बन्दको आव्हानसमेत गरेका छन् । यसअघि एमालेका नेतालाई निशाना बनाउँदै आएका पहिचानवादीले यो पटक पनि सोही पार्टीलक्षित अवरोधका कार्यक्रमले झडपको सम्भावना बढाएको छ ।
पहिचानसहितको प्रदेश पुनः नामरकण अभियान समितिका अध्यक्ष डाकेन्द्रसिङ थेगिमले आफूहरूको जनजागरण अभियान एमाले लक्षित नै भएको बताउँछन् । उनले पार्टीलाई भन्दा पनि व्यक्तिलाई लक्षित गरी अभियान सुरू गरेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई एमाले नेता महेश बस्नेत र कोशी प्रदेशको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्य यात्रामा सहभागी भए अवरोध गर्ने चेतावनी थेगिमले दिए ।
एमालेको अभियान मंसिर २६ मा कोशी प्रदेशको उदयपुरको घुर्मीमा पुग्ने तालिका रहेको छ । घुर्मीमा वृहत् सभाका लागि एमाले कोशी प्रदेश कमिटीले आन्तरिक तयारी पनि गरी रहेको छ । उक्त आमसभामा जिल्ला–जिल्लाबाट नेता तथा कार्यकर्ता ल्याउँदैछ । घुर्मीबाट यस प्रदेशमा सुरू हुने संकल्प यात्रामा अवरोधका लागि पहिचानवादीले ‘घुर्मी–चिवाभञ्ज्याङ्ग जनजागरण अभियान’ थाले सँगै कोशीमा एमाले र पहिचानवादीबीच झडप हुने संभावना पनि बढ्दै गएको छ ।
एमालेको अभियानलक्षित पहिचानवादीको आन्दोलनले सुरक्षा चुनौती बढ्ने देखेपछि प्रहरी–प्रशासन सुरक्षा रणनीतिको गृहकार्यमा जुटेको छ । यसका लागि प्रदेशस्थित सुरक्षा निकायको बैठक पटकपटक बसेको छ । एक अर्काको स्थान र समय नजुध्ने गरी कार्यक्रम तय गर्न प्रहरीले अनुरोध गरेको छ ।
एमालेले मध्यपहाडी लोकमार्ग भएर झुलाघाट–चिवाभञ्ज्याङ्ग समृद्धिका लागि संकल्प यात्राको मिति तय गरेसँगै संघर्ष समितिले काउन्टर विज्ञप्ति जारी गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: