काठमाडौं । एमालेको मध्यपहाडी संकल्प यात्रालाई कोशीमा अवरोध गर्ने ‘पहिचानवादी’ ले घोषणा गरेका छन् । बिहीबार बैतडीको झुलाघाट सुरु भएको एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ्ग समृद्धिका लागि संकल्प यात्रा’लाई कोशीमा प्रवेशमा ‘पहिचानवादी’ ले अवरोध गर्ने घोषणा गरेका हुन् ।
एमाले अध्यक्ष केपी ओलीले बैतडीको झुलाघाटमा झण्डा फहराएर सुरू भएको पदयात्रालाई पहिचानवादीले कोशी प्रवेशमा रोक लाउने प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिले जनाएको छ । एमालेले झुलाघाटमा संकल्प यात्रा सुरू गरिरहँदा उदयपुरको घुर्मीमा ‘घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जागरणको उद्घाटन भइरहेको थियो । सो कार्यक्रममा कोशीका विभिन्न जिल्लाबाट पहिचानवादी अगुवा र कार्यकर्ता भेला भएका थिए । अभियानको उद्घाटन गर्दै घुर्मी–ओखलढुङ्गा–सोलु सडकलाई ‘बलबहादुर राई’ मार्गको नामकरणसमेत गरिएको छ ।
एमालेकै अभियानलाई लक्षित गरेर प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिले मध्यपहाडी मार्गमा पर्ने घुर्मी च्याङ्थापु सडक २६ र २७ गते बन्दको आव्हानसमेत गरेका छन् । यसअघि एमालेका नेतालाई निशाना बनाउँदै आएका पहिचानवादीले यो पटक पनि सोही पार्टीलक्षित अवरोधका कार्यक्रमले झडपको सम्भावना बढाएको छ ।
पहिचानसहितको प्रदेश पुनः नामरकण अभियान समितिका अध्यक्ष डाकेन्द्रसिङ थेगिमले आफूहरूको जनजागरण अभियान एमाले लक्षित नै भएको बताउँछन् । उनले पार्टीलाई भन्दा पनि व्यक्तिलाई लक्षित गरी अभियान सुरू गरेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई एमाले नेता महेश बस्नेत र कोशी प्रदेशको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्य यात्रामा सहभागी भए अवरोध गर्ने चेतावनी थेगिमले दिए ।
एमालेको अभियान मंसिर २६ मा कोशी प्रदेशको उदयपुरको घुर्मीमा पुग्ने तालिका रहेको छ । घुर्मीमा वृहत् सभाका लागि एमाले कोशी प्रदेश कमिटीले आन्तरिक तयारी पनि गरी रहेको छ । उक्त आमसभामा जिल्ला–जिल्लाबाट नेता तथा कार्यकर्ता ल्याउँदैछ । घुर्मीबाट यस प्रदेशमा सुरू हुने संकल्प यात्रामा अवरोधका लागि पहिचानवादीले ‘घुर्मी–चिवाभञ्ज्याङ्ग जनजागरण अभियान’ थाले सँगै कोशीमा एमाले र पहिचानवादीबीच झडप हुने संभावना पनि बढ्दै गएको छ ।
एमालेको अभियानलक्षित पहिचानवादीको आन्दोलनले सुरक्षा चुनौती बढ्ने देखेपछि प्रहरी–प्रशासन सुरक्षा रणनीतिको गृहकार्यमा जुटेको छ । यसका लागि प्रदेशस्थित सुरक्षा निकायको बैठक पटकपटक बसेको छ । एक अर्काको स्थान र समय नजुध्ने गरी कार्यक्रम तय गर्न प्रहरीले अनुरोध गरेको छ ।
एमालेले मध्यपहाडी लोकमार्ग भएर झुलाघाट–चिवाभञ्ज्याङ्ग समृद्धिका लागि संकल्प यात्राको मिति तय गरेसँगै संघर्ष समितिले काउन्टर विज्ञप्ति जारी गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - ०९:२४
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...
जेष्ठ १२ गते, २०८३ - ०९:२१
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...
जेष्ठ १२ गते, २०८३ - ०९:१५
हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...
जेष्ठ १२ गते, २०८३ - ०९:१४
काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...
जेष्ठ १२ गते, २०८३ - ०९:१०
काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - ०९:०६
काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...
जेष्ठ १२ गते, २०८३ - ०९:०३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...
जेष्ठ १२ गते, २०८३ - ०८:५२
काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...
जेष्ठ १२ गते, २०८३ - ०८:४९
काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...
जेष्ठ १२ गते, २०८३ - ०८:४५
गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार



प्रतिकृया लेख्नुहोस्: