काठमाडौं । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन शुरु भए पनि सहज हुन सकेको छैन । भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि प्रभावित ती जिल्लाका हजारौँ विद्यार्थी अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चौरमा बसेरै पठनपाठन गर्न बाध्य छन् ।
सिकाइ केन्द्रमा बसाइँ व्यवस्थापन तथा अध्ययन गर्न विगतमा जस्तो सहज नभएको विद्यार्थीको गुनासो छ । गएको मंसिर ४ गतेदेखि नै पठनपाठन शुरु भएको हो । तर शिक्षकरविद्यार्थीमा भूकम्पको त्रास अझै हटिसकेको छैन भने विगतमा जस्तो सहज वातावरण पनि छैन । कतिपय विद्यार्थीको शैक्षिक सामग्री पुरिएका छन् । कापीकिताब पुरिएकाहरु रित्तै विद्यालय जाने गरेका छन् ।
जाजरकोट र रुकुम पश्चिममा झण्डै १४ हजार बालबालिकाले पाठ्यपुस्तकविना नै पढ्नुपर्ने बाध्यता छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ जामिरकोटकी कक्षा ८ मा पढ्ने सिन्दु मल्लले पढ्न लेख्न मन नलाग्ने र भूकम्पकै डरत्रास हुने गरेको बताइन् । मल्ल जनविकास माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।
जनविकास माध्यमिक विद्यालयमा सात वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन शुरु गरिएको छ । अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन शुरु भए पनि विद्यार्थीको व्यवस्थापन तथा सिकाइमा समस्या हुने गरेको प्रधानाध्यापक दीपकसङ्गम थापाले बताए । भूकम्पका कारण जनविकास माविमा अध्यनरत तीन जना विद्यार्थीले ज्यान गुमाएका छन् ।
त्यस्तै, रुकुम पश्चिमकै आठबीसकोट नगरपालिकामा एक सय ३९ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन भैरहेको छ । विद्यालयका भवनमा क्षति भएपछि अस्तव्यस्त हुँदा विद्यार्थीलाई पुरानैलयमा ल्याउन अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चौरमा राखेर सामान्य खालको पठनपाठनसँगै मनोसामाजिक परामर्श दिने गरिएको आठबीसकोट नगरपालिकाका मेयर रवि केसीले जानकारी दिए।
रुकुम पश्चिममा २ सय १३ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन थालिएको शिक्षा विकास समन्वय इकाइ प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: