काठमाडौं । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन शुरु भए पनि सहज हुन सकेको छैन । भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि प्रभावित ती जिल्लाका हजारौँ विद्यार्थी अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चौरमा बसेरै पठनपाठन गर्न बाध्य छन् ।
सिकाइ केन्द्रमा बसाइँ व्यवस्थापन तथा अध्ययन गर्न विगतमा जस्तो सहज नभएको विद्यार्थीको गुनासो छ । गएको मंसिर ४ गतेदेखि नै पठनपाठन शुरु भएको हो । तर शिक्षकरविद्यार्थीमा भूकम्पको त्रास अझै हटिसकेको छैन भने विगतमा जस्तो सहज वातावरण पनि छैन । कतिपय विद्यार्थीको शैक्षिक सामग्री पुरिएका छन् । कापीकिताब पुरिएकाहरु रित्तै विद्यालय जाने गरेका छन् ।
जाजरकोट र रुकुम पश्चिममा झण्डै १४ हजार बालबालिकाले पाठ्यपुस्तकविना नै पढ्नुपर्ने बाध्यता छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ जामिरकोटकी कक्षा ८ मा पढ्ने सिन्दु मल्लले पढ्न लेख्न मन नलाग्ने र भूकम्पकै डरत्रास हुने गरेको बताइन् । मल्ल जनविकास माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।
जनविकास माध्यमिक विद्यालयमा सात वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन शुरु गरिएको छ । अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन शुरु भए पनि विद्यार्थीको व्यवस्थापन तथा सिकाइमा समस्या हुने गरेको प्रधानाध्यापक दीपकसङ्गम थापाले बताए । भूकम्पका कारण जनविकास माविमा अध्यनरत तीन जना विद्यार्थीले ज्यान गुमाएका छन् ।
त्यस्तै, रुकुम पश्चिमकै आठबीसकोट नगरपालिकामा एक सय ३९ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन भैरहेको छ । विद्यालयका भवनमा क्षति भएपछि अस्तव्यस्त हुँदा विद्यार्थीलाई पुरानैलयमा ल्याउन अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चौरमा राखेर सामान्य खालको पठनपाठनसँगै मनोसामाजिक परामर्श दिने गरिएको आठबीसकोट नगरपालिकाका मेयर रवि केसीले जानकारी दिए।
रुकुम पश्चिममा २ सय १३ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन थालिएको शिक्षा विकास समन्वय इकाइ प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - ०९:२४
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...
जेष्ठ १२ गते, २०८३ - ०९:२१
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...
जेष्ठ १२ गते, २०८३ - ०९:१५
हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...
जेष्ठ १२ गते, २०८३ - ०९:१४
काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...
जेष्ठ १२ गते, २०८३ - ०९:१०
काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - ०९:०६
काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...
जेष्ठ १२ गते, २०८३ - ०९:०३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...
जेष्ठ १२ गते, २०८३ - ०८:५२
काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...
जेष्ठ १२ गते, २०८३ - ०८:४९
काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...
जेष्ठ १२ गते, २०८३ - ०८:४५
गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार



प्रतिकृया लेख्नुहोस्: