स्याङ्जा । स्मार्ट सिटीको अवधारणा अनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ । नगरपालिकाको ‘सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम’अन्तर्गत घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको हो ।
सङ्घीय सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नगरभित्रका प्रत्येक घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । नगरका चौध वटै वडामा रहेका प्रत्येक नागरिकको स्वास्थ्य स्थितिको अभिलेखीकरणसहित घर जिपिएस प्रणालीबाट पत्ता लगाउन सक्ने गरी नम्बर प्लेट टाँसिएको उनको भनाइ थियो ।
“यो कार्यक्रममार्फत प्रत्येक नागरिकको स्वास्थ्य स्थितिकाबारेमा नगरपालिका जानकार भइरहने र सोही बमोजिम अन्य कार्यक्रम तथा नीति तयार गर्न सघाउ पुग्ने देखिन्छ”, खाँणले भन्नुभयो, “वडा नं ३ को माझकोटबाट सुरु भएको यो अभियानलाई एक महिनाको अवधिमा नगरका सबै वडामा पुर्याउँछौंँ ।” सरुवा रोगको सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै रोगका बारेमा सचेतना फैलाउन यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनको छ ।
नसर्ने रोगका बारेमा पनि नागरिकलाई सचेत बनाइने भएको उपप्रमुख कविता तिवारी गैह«ेले बताए। उनका अनुसार अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन प्रत्येक वडामा नर्सहरु खटाइसएिको छ ।
नर्समार्फत नागरिकमा देखिने मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, स्तन क्यान्सर लगायतका रोगका बारेमा जानकारी दिने र स्वस्थ जीवनशैली कसरी हुनसक्छ भन्ने विषयमा सचेतना जगाउने काम गरिने गैह«ेले बताए । “सबैभन्दा ठूलो सम्पत्ति नै स्वास्थ्य हो”, उनले भने, “यहाँका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि स्वास्थ्यकर्मीलाई घरघरमै पठाएका छौँ । प्रत्येक घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्ने र बिरामीलाई आवश्यक परामर्श प्रदान गरिनेछ ।”
विशेष गरी ग्रामीण भेगमा बस्ने नागरिकले नसर्ने रोगका कारण अकालमै मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले यो अभियान अगाडि बढाइएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । नगरपालिकाले घरघरमा नम्बर प्लेट टाँससँगै घरका सदस्यको स्वास्थ्य अवस्थाको सबै विवरण राखिने भएकाले पनि पहिचान गर्न सहज हुने उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: