Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

जनयुद्धको बेलामा पनि तोड्न नसकिएको मिटरब्याजको जालो तोडीएकाे छः मन्त्री शर्मा

परिवर्तनकारी शक्तिबिचको एकता अनिवार्य छ

खबरडबली संवाददाता

प्युठान । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति रेखा शर्माले देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताएकी छन् । नेकपा माओवादी केन्द्र प्युठानको सरुमारानी गाउँपालिका २ मा आयोजित विशेष रूपान्तरण अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले देशको समृद्धि र जनताको जीवन परिवर्तन गर्ने महान अभियानबाट आएको पार्टी भएकाले माओवादी नेतृत्वबाटै देशको रुपान्तरण सम्भव हुने बताएकी हुन् ।

देशको विकास निर्माण र समृद्धिका लागि माओवादी पार्टी जति अरु कसैले गर्न नसक्ने उल्लेख गर्दै उनले माओवादीले जितेका सबै तहका सरकारले नमूना काम गरिरहेको बताइन् । माओवादी नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मार्गदर्शनको रुपमा लिएको उल्लेख गर्दै मन्त्री शर्माले त्यसको प्रतिफल प्राप्त हुन थालेको उनको भनाइ छ ।

विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्नु, मल आपूर्ति सहज बन्दै जानु, सेवा प्रवाहका कार्यालयहरुमा लाइनमुक्त बन्दै जानुले सेवा प्रवाहको  क्षेत्रमा आशा जगाएको उल्लेख गर्दै मन्त्री शर्माले नक्कली भूटानी शरणार्थी, सुनकाण्ड जस्ता ठूला भ्रस्टाचारका घटनामा सरकारले लिएको अडानले सुशासनको क्षेत्रमा नयाँ सन्देश दिएको स्पष्ट पारीन् ।

सामाजिक न्याय सरकारले समातेको महत्त्वपूर्ण बाटो भएको उल्लेख गदै उहाँले यो समाजमा पुग्ने पार्टीको योजनासित जोडीएको बताउँदै जनयुद्धको बेलामा पनि तोड्न नसकिएको मिटरब्याजको जालो तोड्नेदेखि सामन्तवादका बाकी अवशेष समाप्त पार्ने सवालमा सरकारले महत्त्वपूर्ण पाइला चालेको स्पष्ट गर्दै मन्त्री शर्माले यसलाई पार्टीले जनतासम्म पुर्याउनुपर्ने बताइन् ।

काम गर्ने क्रममा भएका कमीकमजोरीप्रति माफी मागेर अघि बढ्न उहाँले नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै सबै छरिएका माओवादी एक भएर जनतालाई गोलबन्द गर्नुपर्नेमा उनको जोड छ  । २०६४ सालमा माओवादीलाई पहिलो शक्ति बनाए पनि त्यसपछि जनताले माओवादीको फूट र विभाजन मन नपराएको उल्लेख गर्दै उनले परिवर्तनकारी शक्तिबिचको एकता अनिवार्य भएको बताइन् ।

माओवादीसित जनता एजेन्डाका कारण नभइ माओवादीकै नेता कार्यकर्ताको शैलीका कारण रिसाएको बताउँदै माओवादीले अघि सारेको गणतन्त्र, सङ्घीयता, समावेशिताजस्ता एजेन्डामा देश चलिरहेको भए पनि निर्वाचनमा अपेक्षित मत प्राप्त नहुनुको कारण खोजी गर्नुपर्ने बताइन् । मन्त्री शर्माले राजनीतिलाई पेशा होइन, सेवाको रुपमा स्थापित गर्नुपर्ने बताइन् ।

 महिला, मधेशी, जनजाति, दलित लगायत पछाडि पारिएका समुदाय माओवादीको एजेन्डाकै कारण शासन सन्चालन गर्ने हैसियतमा पुगेको स्पष्ट गर्दै मन्त्री शर्माले यसलाई  पार्टी मात्रै होइन, देशको पूजीको रुपमा लिनुपर्ने बताउँदै जनताले अघि सारेका जायज माग पूरा  गर्न इमान्दारितापूर्वक लाग्नुपर्ने र पूरा गर्न नसके त्यसको कारण पनि जनतासमक्ष इमान्दारपूर्वक राख्न मन्त्री शर्माले स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिइन् ।
 
 सो क्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य शर्माले एमाले सरुमारानी गाउँ कमिटी सदस्य चिन्ताबहादुर लोहारसहित विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउदै सदस्यता प्रदान गरेकी थिइन ।

सभालाई माओवादी केन्द्रका प्रदेश सचिब कृष्ण अधिकारी, प्रदेश सदस्य बुद्ध बस्नेतलगायतले सम्बोधन गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, ३ जना फरार

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...

राष्ट्रिय गौरवको आयोजना अलपत्र : फास्ट ट्र्याकको गति कछुवाभन्दा पनि ढिलो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...

बागमती प्रदेशसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...

किशोर श्रेष्ठ प्रकरणमा ‘नियोजित षड्यन्त्र’को आशंका : सत्यतथ्य छानबिनको माग गर्दै अनलाइन पत्रकार संघ

काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...

किशोर श्रेष्ठविरुद्ध षड्यन्त्र भएको आरोप, निष्पक्ष छानबिनको माग : प्रेस सेन्टर नेपाल

काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...

५१ अर्बको बजेटः किसानलाई फगत आश्वासन मात्र, संरचना र समस्या उस्तै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...

खिचापोखरीमा ६ करोडको अवैध भेप बरामद : गोदामसहित पसल सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...

ग्यालेक्सी फोरकेमाथि महानगरको एक्सन : १५ दिनभित्र सामान लैजान अन्तिम चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...

कालीमाटीले सार्वजनिक गर्‍यो आजको तरकारी र फलफूलको थोक मूल्य

गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending