काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन माग गरिएको छ । नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सो माग गरेको हो ।
प्रतिनिधिमण्डलले आज क्यानका महानिर्देशक प्रदीप अधिकारिलाई ज्ञापनपत्र बुझाउँदै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन सो माग गरेको हो । महानिर्देशक अधिकारीले सो ज्ञापनपत्र बुझ्दै सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमत गर्नका लागि क्यानले कुनै कसर बाँकी नराख्ने बताएको थिए ।
यसैबीच यसअघि नाट्टाको टिमले आज सोमबार काठमाडौँस्थित एशियाली विकास बैंकका नेपाल प्रतिनिधिलाई समेत भेटेर यस विषयमा कुरा राखेको थियो । नाट्टाको लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले एडिबिको लगानीमा निर्मित भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गराउन एडिबिको पनि सहयोग आवश्यक रहेकोमा जोड दिएको थिए ।
यसअघि नाट्टा लुम्बिनी टिमले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको नियमितताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पनि माग गरेको थियो । यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि भैरहवा तथा लुम्बिनी क्षेत्रमा पर्यटन व्यवसायीले अबौँ रुपैयाँ लगानी गरेका र विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा पर्यटन पूर्वाधारको लगानी खेर गएको बताएका छन् ।
त्यसैले यहाँका व्यवसायीले सरकारसँग यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न माग गर्दैआएका छन् । लुम्बिनी क्षेत्रका पर्यटन तथा अन्य सङ्घ संस्थाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदासम्म सडक आन्दोलन गर्ने घोषणासमेत गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८१ - १७:२२
डोटी। सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन्। शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ बस्ने अन्दाजी ४० वर्षीय नरबह...
बैशाख १७ गते, २०८१ - १३:५२
बझाङ । बझाङ प्रदेशसभा 'क'मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी...
बैशाख १७ गते, २०८१ - १३:४२
भक्तपुर। भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्। भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्...
बैशाख १७ गते, २०८१ - १३:३१
सिरहा। सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ। सिरहा नगरपालिका-१८ रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीक...
बैशाख १७ गते, २०८१ - १३:०८
बझाङ। बझाङ प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी बतान्तर बढाउँदै गएका छन्। १०५६१ मतका साथ भण्डारीले लिड गरिरहेका हुन्। नेपाली कांग्...
बैशाख १७ गते, २०८१ - १२:५८
भोजपुर। भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को...
बैशाख १७ गते, २०८१ - १२:४५
इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य ...
बैशाख १७ गते, २०८१ - १२:२६
काठमाडौँ । आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने भएका छन् । बिहानदेखि फरकफरक चारवटा सभाहलमा स...
बैशाख १७ गते, २०८१ - १२:०७
काठमाडौँ । यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी साझेदारी ९पिपिपी० प्रवर्द्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड ...
बैशाख १७ गते, २०८१ - ११:५०
काठमाडौं । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ। पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ल...
प्रतिकृया लेख्नुहोस्: