काठमाडौं । नेपाली युवा राम्रो आम्दानी र रोजगारी पाउन ज्यानै जोखिममा राखेर काम गर्छन् भन्ने उदाहरण धैरै थिए, त्यसमा थपियो रुसी सेनामा भर्ती पनि। विभिन्न प्रलोभनमा अबैध बाटो हुँदै रुसी सेना लागेर युक्रेनसँगको युद्धमा होमिन पनि पछि परेनन्। यसैक्रममा ६ नेपालीले ज्यान गुमाइसके। एक जना युक्रेनले बन्धक बनाएको पुष्टि सरकारले नै गरेको छ। यी तथ्यांक आधिकारिक रूपमा सरकारले सार्वजनिक गरेका हुन्। पुष्टि नभएका अन्य तथ्यांकमा मृतक र बन्धकको संख्या बढी आइरहेका छन्।
मृतक र बन्धकको संख्या बढ्न थालेपछि सरकारी निकायहरूले घुमाउरो बाटोबाट नेपालीहरूलाई रुस पुर्याउने गिरोहमाथि निगरानी बढाइएको बताएका छन्। यसै क्रममा पूर्वसुरक्षाकर्मी, मेनपावर, शैक्षिक परामर्श दिने ‘कन्सल्टेन्सी’ सञ्चालकसहित १२ जना पक्राउन नै परे।
अनि खुल्यो– ‘कसरी रुसी सेनामा पुगिरहेका छन् नेपाली युवा ?’ गिरोहले भारत पुर्याएका अझै केही नेपालीहरू दिल्लीका होटलहरूमा रहेको आशंका प्रहरीको छ। नेपाल सरकारले भारतीय प्रहरीको पनि सहयोग लिएर अनुसन्धान गरिरहेको बताएको छ।
प्रहरी परिसर काठमाडौंका प्रमुख भुपेन्द्र खत्रीका अनुसार विभिन्न माध्यमबाट प्रकाशित विज्ञापन हेरेर सम्पर्कमा आएका युवाहरूको कागजात एजेन्टले संकलन गरेर ५र१० जनाको समूह बनाएर अनलाइन भिसा प्रक्रिया सुरु हुन्थ्यो। रसिया जान लागेका व्यक्तिहरूको पासपोर्ट जम्मा गरेर एजेन्टहरूले नेपालस्थित रसियन दूतावासमा अनलाइन फर्म भर्ने गरेका थिए। यसका लागि प्रज्वल नामक व्यक्तिको सहभागिता रहेको अनुसन्धानमा खुलेको छ।
दूतावासमा कागजात मिलाउनका लागि कन्सटेन्सी सञ्चालक सुजाता दाहालले सहयोग गर्ने प्रहरीको भनाइ छ। दूतावासको नियमअनुसार अनलाइन भिसा अप्लाई गर्दा पासपोर्टको अगाडि पछाडिको प्रतिलिपि र निमन्त्रणा पत्र राख्नुपर्ने हुन्छ। यसका लागि अनुप दनुवारले निमन्त्रण कार्ड बनाउने गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले रुसी आर्मीमा भर्ना हुने भन्दै अन्तर्वार्तासमेत लिने गरेका थिए। श्रम कार्यालयबाट सामूहिक रूपमा स्वीकृति लिएर जानुपर्नेमा एजेन्टहरूले भिजिट भिसा, नियन्त्रणा पत्रलगायतको आधारमा पठाउने गरेका थिए।
प्रहरीका अनुसार रुस पुगेका विभिन्न व्यक्तिलाई लिन रसियन नागरिक नै आउनुपर्ने हँुदा यहाँका एजेन्टले त्यहाँका नागरिकसँगको सहकार्यमै यस्तो धन्धा चलाउँदै आएका हुन्। रसियन इमिग्रेसनबाट पास भएर रुस प्रवेश गर्नका लागि रसियन नागरिक लिन आउनुपर्ने त्यहाँको कानुनी बाध्यता रहेको प्रहरीले बताएको छ। कागजात कन्फनम भएर भिसा आइसकेपछि गैरकानुनी बाटो हुँदै नेपाली नागरिक रसिया पुग्ने गर्थे।
रसियन एजेन्टको सहकार्यमा रुसी सेनामा भर्ना हुने गर्थे। एसएसपी खत्री भन्छन्, ‘रसियन नागरिकको सहयोग बिना नेपाली युवा त्यहाँ जान असम्भव प्रायः छ। यसका लागि हरिबहादुर विकले सहजीकरण गर्ने गरेको अनुसन्धानका क्रममा भेटिएको छ। यसरी गएकामध्ये ११ जना नेपाल फर्किएका छन्।’ यता डीएसपी जिसी भन्छन्, ‘यो गिरोहले अहिलेसम्म कति व्यक्ति रुस पठाए भन्ने आधिकारिक तथ्यांक आएको छैन।’
फर्किएर आएका व्यक्ति प्रहरीको सम्पर्कमा छन्। तर, उनीहरूले जाहेरी दिन नमान्दा मुद्दा चलाउनका लागि प्रहरीलाई केही असहज भएको छ। पीडितहरूलाई प्रहरीको सम्पर्कमा आउनका लागि प्रहरी परिसरको आग्रह छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले युद्धग्रस्त देशमा नजानका लागि आग्रह गरेका छन्। यमे समाचार अन्नपूर्ण पोस्टमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - ०९:२१
काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...
चैत्र १० गते, २०८२ - ०९:१५
रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...
चैत्र १० गते, २०८२ - ०९:१२
काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...
चैत्र १० गते, २०८२ - ०९:०८
काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...
चैत्र १० गते, २०८२ - ०८:११
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...
चैत्र १० गते, २०८२ - ०७:५६
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...
चैत्र १० गते, २०८२ - ०७:५१
तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
चैत्र १० गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...
चैत्र १० गते, २०८२ - ०७:४६
डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब...
चैत्र १० गते, २०८२ - ०७:४२
मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...


प्रतिकृया लेख्नुहोस्: