Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

रसिया पुग्ने प्रक्रिया के थियो ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली युवा राम्रो आम्दानी र रोजगारी पाउन ज्यानै जोखिममा राखेर काम गर्छन् भन्ने उदाहरण धैरै थिए, त्यसमा थपियो रुसी सेनामा भर्ती पनि। विभिन्न प्रलोभनमा अबैध बाटो हुँदै रुसी सेना लागेर युक्रेनसँगको युद्धमा होमिन पनि पछि परेनन्। यसैक्रममा ६ नेपालीले ज्यान गुमाइसके। एक जना युक्रेनले बन्धक बनाएको पुष्टि सरकारले नै गरेको छ। यी तथ्यांक आधिकारिक रूपमा सरकारले सार्वजनिक गरेका हुन्। पुष्टि नभएका अन्य तथ्यांकमा मृतक र बन्धकको संख्या बढी आइरहेका छन्। 

मृतक र बन्धकको संख्या बढ्न थालेपछि सरकारी निकायहरूले घुमाउरो बाटोबाट नेपालीहरूलाई रुस पुर्‍याउने गिरोहमाथि निगरानी बढाइएको बताएका छन्। यसै क्रममा पूर्वसुरक्षाकर्मी, मेनपावर, शैक्षिक परामर्श दिने ‘कन्सल्टेन्सी’ सञ्चालकसहित १२ जना पक्राउन नै परे। 

अनि खुल्यो– ‘कसरी रुसी सेनामा पुगिरहेका छन् नेपाली युवा ?’ गिरोहले भारत पुर्‍याएका अझै केही नेपालीहरू दिल्लीका होटलहरूमा रहेको आशंका प्रहरीको छ। नेपाल सरकारले भारतीय प्रहरीको पनि सहयोग लिएर अनुसन्धान गरिरहेको बताएको छ।

प्रहरी परिसर काठमाडौंका प्रमुख भुपेन्द्र खत्रीका अनुसार विभिन्न माध्यमबाट प्रकाशित विज्ञापन हेरेर सम्पर्कमा आएका युवाहरूको कागजात एजेन्टले संकलन गरेर ५र१० जनाको समूह बनाएर अनलाइन भिसा प्रक्रिया सुरु हुन्थ्यो। रसिया जान लागेका व्यक्तिहरूको पासपोर्ट जम्मा गरेर एजेन्टहरूले नेपालस्थित रसियन दूतावासमा अनलाइन फर्म भर्ने गरेका थिए। यसका लागि प्रज्वल नामक व्यक्तिको सहभागिता रहेको अनुसन्धानमा खुलेको छ। 

दूतावासमा कागजात मिलाउनका लागि कन्सटेन्सी सञ्चालक सुजाता दाहालले सहयोग गर्ने प्रहरीको भनाइ छ। दूतावासको नियमअनुसार अनलाइन भिसा अप्लाई गर्दा पासपोर्टको अगाडि पछाडिको प्रतिलिपि र निमन्त्रणा पत्र राख्नुपर्ने हुन्छ। यसका लागि अनुप दनुवारले निमन्त्रण कार्ड बनाउने गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले रुसी आर्मीमा भर्ना हुने भन्दै अन्तर्वार्तासमेत लिने गरेका थिए। श्रम कार्यालयबाट सामूहिक रूपमा स्वीकृति लिएर जानुपर्नेमा एजेन्टहरूले भिजिट भिसा, नियन्त्रणा पत्रलगायतको आधारमा पठाउने गरेका थिए। 

प्रहरीका अनुसार रुस पुगेका विभिन्न व्यक्तिलाई लिन रसियन नागरिक नै आउनुपर्ने हँुदा यहाँका एजेन्टले त्यहाँका नागरिकसँगको सहकार्यमै यस्तो धन्धा चलाउँदै आएका हुन्। रसियन इमिग्रेसनबाट पास भएर रुस प्रवेश गर्नका लागि रसियन नागरिक लिन आउनुपर्ने त्यहाँको कानुनी बाध्यता रहेको प्रहरीले बताएको छ। कागजात कन्फनम भएर भिसा आइसकेपछि गैरकानुनी बाटो हुँदै नेपाली नागरिक रसिया पुग्ने गर्थे।

रसियन एजेन्टको सहकार्यमा रुसी सेनामा भर्ना हुने गर्थे। एसएसपी खत्री भन्छन्, ‘रसियन नागरिकको सहयोग बिना नेपाली युवा त्यहाँ जान असम्भव प्रायः छ। यसका लागि हरिबहादुर विकले सहजीकरण गर्ने गरेको अनुसन्धानका क्रममा भेटिएको छ। यसरी गएकामध्ये ११ जना नेपाल फर्किएका छन्।’ यता डीएसपी जिसी भन्छन्, ‘यो गिरोहले अहिलेसम्म कति व्यक्ति रुस पठाए भन्ने आधिकारिक तथ्यांक आएको छैन।’ 

फर्किएर आएका व्यक्ति प्रहरीको सम्पर्कमा छन्। तर, उनीहरूले जाहेरी दिन नमान्दा मुद्दा चलाउनका लागि प्रहरीलाई केही असहज भएको छ। पीडितहरूलाई प्रहरीको सम्पर्कमा आउनका लागि प्रहरी परिसरको आग्रह छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले युद्धग्रस्त देशमा नजानका लागि आग्रह गरेका छन्।  यमे समाचार अन्नपूर्ण पोस्टमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending