Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

कर्णालीका १० जिल्लामा एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण

खबरडबली संवाददाता

जाजरकोट । कर्णालीका १० जिल्लामा एक हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएका छन् । कर्णाली प्रदेश सरकार, सङ्घीय सशर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका हुन् । 

भौगोलिक विकटताको प्रतिविम्ब रहेको कर्णालीमा विगतदेखि हालसम्म सो सङ्ख्यामा पुल निर्माण सम्पन्न भएको हो । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म कूल २७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । चालु आवमा ९४ वटा पुल निर्माण गर्ने सरकारको योजना छ ।

गत आवबाट दायित्व सरेका, टेण्डर भएका तर पूरा नभएका पुलको सङ्ख्या भने एक सय ५३ छ । यी सबै पुल निर्माणाधीन छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालयको आर्थिक सहयोग तथा प्रादेशिक प्राविधिक सेवा प्रदायक संस्था हुरुन्डेक कालिकोट र सेवक कैलालीको प्राविधिक सेवामा कर्णालीका १० वटै जिल्लामा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।

आव २०७८/०७९ मा ७७ वटा पुल निर्माण भएका थियो भने आव २०७९/०८० मा एक सय सातव टा गरी हालसम्म २११ वटा पुल निर्माण गरिएको पूर्वाधार निर्देशनालय सुर्खेतले जनाएको छ । प्राविधिक सहयोगकर्ता संस्थाका तर्फबाट कार्यक्रम संयोजक प्रयोग आचार्यका अनुसार चालु आवमा थप एक सय ५३ वटा पुल निर्माणाधीन छन् । आव २०७८/०७९ मा सङ्घीय सशर्त अनुदानबाट ६५ वटा पुल निर्माण भए भने प्रदेश सरकारबाट १२ वटा पुल निर्माण भएका थिए ।

आव २०७९/०८० कूल निर्माण भएका एक सय सात वटा पुलमध्ये सङ्घीय सशर्त अनुदानअन्तर्गत पालिकाबाट ७४ वटा, प्रदेश सरकारमार्फत ३२ वटा र डोल्पाको काइके गाउँपालिकाले आफ्नै स्रोतबाट एक वटा पुल निर्माण गरेको हो ।

अब कर्णाली प्रदेशका १० वटै जिल्लाबाट थप एक हजार पुल आवश्यक परेको भन्दै ७९ वटै पालिकाबाट प्रदेश सरकार र सङ्घीय सरकारमा माग भएको आचार्यले बताउनुभयो । उहाँका अनुसार २०७९ चैत महिनामा स्थानीय पूर्वाधार विभाग हरिहर भवन ललितपुरमा हुम्लाका स्थानीय तहले ५३ वटा, मुगु ३९ वटा डोल्पा ६५ वटा, जुम्ला ९४ वटा र कालीकोटका पालिकाले ८६ वटा पुल निर्माण आवश्यक रहेको भन्दै माग पेश गरेका थिए ।

यसैगरी दैलेखमा ९८, सुर्खेतमा एक सय ३१, सल्यानमा ३९, रुकुम पश्चिममा २३ र जाजरकोटका पालिकाले ६७ गरी कूल छ सय ९५ वटा पुल निर्माण गर्न उक्त विभागमा माग गरेका थिए । यसबाहेक प्रदेश सरकारले समेत झोलुङ्गे पुल निर्माणमा चासो देखाइरहेका कारण थप दुई सय ९५ वटा पुल निर्माणका लागि यहाँ माग भई आएको हो । यी पुल निर्माण सम्पन्न भएको खण्डमा कर्णालीमा नागरिकलाई आवतजावत गर्न समस्या नहुने स्थानीय तथा प्रदेश सरकारको बुझाइ छ । यसका लागि कम्तीमा पनि रु पाँच अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । प्रदेश सरकारले झोलुङ्गे पुल निर्माणका लागि गत आर्थिक वर्षको असार मसान्तसम्म कूल रु १७ करोड ६६ लाख १५ हजार खर्च गरेको छ, भने सङ्घीय सरकारले रु २४ करोड ८३ लाख २० हजार पाँच सय खर्च गरेको छ ।

यस्तै, आव ०७८/०७९ मा सङ्घीय सरकारले रु २७ करोड आठ लाख सात हजार विनियोजन गरेको थियो । प्रदेश सरकारले रु १९ करोड २२ लाख ५० हजार विनियोजन गरेकामा रु छ करोड खर्च गरेको गरेको छ भने स्थानीय तहहरूले रु १३ करोड दुई लाख ७९ हजार विनियोजन गरेकामा रु सात करोड नौ लाख ६८ हजार खर्च गरेका छन् ।

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गल शाहीले कर्णालीका नागरिकलाई सहजरुपमा कम जोखिमपूर्ण यात्रा होस् भनेर प्रदेश सरकार स्थापना भएपछि नै निरन्तर पुल निर्माणमा लागिरहेको बताए। “हामीले निरन्तररुपमा मन्त्रालयअन्तर्गत हरेक वर्ष पुल निर्माण गर्दै आइरहेका छौँ”, मन्त्री शाहीले भन, “सीमित बजेटका बाबजुत पनि हामीले कर्णालीका नागरिकले यात्रा गर्दा कुनै कठिनाइ सामना गर्न नपरोस् भनेर पुल निर्माणलाई तीव्रता दिइएको हो ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पाल्पामा ७५ बर्षिय बृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाललाई मंगलबार राति प्रहरीले पक्राउ ग...

श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना रहेको जान...

बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययन अनुमतिपछि स्थानीय उत्साहित

बागलुङ । खानी तथा भूगर्भ विभागले बागलुङको तमानखोला गाउँपालिकामा रहेको तामाखानीको अवस्था अध्ययनका अनुमति दिएपछि उत्साहित भएका छन् ।  एक सय वर्षदेखि ...

सलमानको घर बाहिर गोली हान्ने एक आरोपीले हिरासतमा गरे आत्महत्या !

काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् । समाचार एजेन्सी एएनआईका अन...

काठमाडौं नजिकै भेटियो डाँफे जोडी

काठमाडौँ । काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामील...

गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

रौतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित हुन थालेको छ । सबैभन्दा बढी बालबालिकालाई प्रभाव पर्न थालेको देखिएको छ । अत्यध...

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछ...

पशुपतिको विद्युत शवदाह साउन १ गतेदेखि निःशुल्क हुने

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले का...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर...

ब्याटिङमा नेपालको संघर्ष, पाँचौं विकेट गुमायो

काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका कुशल मल्ल २० रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर हिडेन वाल्शले आउट गरेका हुन् । ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies