Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

रणवीर र आलिया स्टारर फिल्म ‘ब्रह्मास्त्र – २ मा जोडिए रणवीर सिंह

खबरडबली संवाददाता

मुम्बइ । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म  ‘ब्रह्मास्त्र: पार्ट वन–शिवा’ सन् २०२२ मा रिलिज भएको थियो। यो फिल्म बक्स अफिसमा ब्लकबस्टर भयो । जसका कारणा यो फिल्म रिलिज भए देखि नै फ्यानहरु यसको सिक्वेलको प्रतिक्षामा छन् । 

यसैबीच धेरै पटक यस्तो हल्ला फैलिएको छ कि रणवीर सिंह अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रको भाग–२ मा देवको भूमिकामा देखिनेछन्। केही मिडिया रिपोर्टहरूमा ऋतिक रोशन वा कन्नड अभिनेता यशले यो भूमिका खेल्न सक्ने अनुमान गरिएको थियो। यद्यपि आधिकारिक रूपमा कसैको नाम पुष्टि भएको छैन। तर अब एक रिपोर्ट अनुसार रणवीर सिंहले ब्रह्मास्त्र पार्ट २ मा देवको भूमिका निभाउने भएका छन् ।

न्यूज १८ को रिपोर्ट अनुसार एक स्रोतबाट जानकारी प्राप्त भएको छ कि ‘ब्रह्मास्त्र– २’ मा महत्त्वपूर्ण भूमिका खेल्न रणवीर सिंहलाई छनोट गरिएको छ र त्यो भूमिका रणवीर कपुरका पिता देवको हो। भूमिकाका लागि फाइनल मात्र नभएर उनले साइन पनि गरिसकेको जनाइएको छ ।

दोस्रो भागको स्क्रिप्टिङको काम अझै जारी छ र फिल्म २०२५ मा रिलिज हुने अपेक्षा गरिएको छ । अहिले अयान मुखर्जी  ‘वार २’ मा व्यस्त छन् भने रणवीरले पनि यसै वर्ष  ‘बैजु बावरा’ को सुटिङ सुरु गर्नेछन् । तसर्थ, ब्रह्मास्त्र २ कहिले आउने हो भन्ने अझै स्पष्ट छैन।

स्रोतका अनुसार यदि सबै ठीक भयो भने रणवीरले सन् २०२४ को मध्यमा सञ्जय लीला भन्सालीको ‘बैजु बावरा’ सुरु गर्नेछन्। 

यसअघि ‘ब्रह्मास्त्र २’ को छायांकन २०२५ को सुरुमा सुरु हुने भनिए पनि अब ‘डन–३’ सोही समयमा फ्लोरमा जाने बताइएको छ । यस्तो अवस्थामा रणवीरले पहिले ‘डन ३’ र त्यसपछि ‘ब्रह्मास्त्र २’ को सुटिङ गर्नेछन्।

‘ब्रह्मास्त्र’ को कुरा गर्दा यो फिल्म बक्स अफिसमा सुपर डुपर हिट भयो । फिल्मको भिएफएक्स र फोटोग्राफीको निकै प्रशंसा भएको थियो । फिल्ममा रणवीर कपुर र आलिया भट्टले मुख्य भूमिका निर्वाह गरेका थिए भने शाहरुख खानले फिल्ममा केमियो गरेका थिए । ब्रह्मास्त्र २०२२ को ब्लकबस्टर फिल्महरू मध्ये एक थियो जसले विश्वव्यापी रूपमा ४३१ करोड कमाएको थियो। ब्रह्मास्त्रले भारतमा २६९।४ करोडको व्यापार गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending