कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक बिनु शाही प्राय: दिनहुँ घरेलु तथा लैङ्गिक हिंसाका उजुरी हेर्दै व्यस्त छन् ।
महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा जिल्लामा दातृ निकाय एवं सरोकारवाल निकायले सचेतनामूलक कार्यक्रम, गोष्ठी गरिरहँदा जिल्ला प्रहरी कार्यालय महिला सेलमा भने हिंसाका उजुरी नआएको दिन छैन ।
“प्राय: दिनहुँ आइरहेका घटनामा घरेलु हिंसामा कुटपिट र लैङ्गिक हिंसा महिला तथा पुरुषहरू बाहिर सम्बन्ध राखेका, सामाजिक सञ्जालमार्फत अन्यत्र सम्बन्ध रहेकालगायतका घटना आइरहन्छन्”, उनले भने “सोह्रदिने अभियानका क्रममा घरेलु हिंसाका पाँच र लैङ्गिक हिंसाका तीन उजुरी परेका छन् ।”
उहाँले उजुरी परेकामध्ये पाँचवटा मिलापत्र र तीनवटामा कारबाही गरिएको बताए । “सामाजिक सञ्जालमा पनि लैङ्गिक हिंसाका घटना बढ्दै गएको देखन्छि”, प्रहरी निरीक्षक शाहीले भने, “कतिपय अवस्थामा युवाहरूले युवतीको विवाहपश्चात पनि फोटो, भिडियो परिवारसम्म पुर्याएर घटना घटाइरहेको अवस्था छ ।”
उनले घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिने गरेको बताए । “पारिवारिक सम्बन्ध बिग्रिने कुराले पनि परिवारका सदस्य यहाँ आएर मिलापत्रमै उजुरी टुङ्ग्याउन चाहन्छन्”, उनले भने, “कतिपय अवस्थामा जोहेरवालाको मागअनुसार कारबाही प्रक्रिया पनि अघि बढाएका छौँ ।”
उनले युवा पुस्तामा साइबर क्राइमका मुद्दा बढिरहेको बताए। “घटना प्रहरीमा पुगेपछि परिवारकै सदस्यहरू आएर टुङ्ग्याएर जान्छन्”, उनले भने, “परिवारका सदस्यहरू पीडकलाई एक–दुई दिन थुनामा राख्नमै बढी उद्यत हुन्छन् ।”
त्यसैगरी माइती नेपाल कञ्चनपुरमा कार्यरत कर्मचारी गीता डगौंराले महिला हिंसा उजुरी अभियानका क्रममा पनि नरोकिएको बताए । माइती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकामा १६ दिने अभियानका क्रममा सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको छ । महाकाली नदीमा अवस्थित चार लेनको पक्की पुल क्षेत्रमा आयोजना गरिएको सचेनामूलक कार्यक्रममा दोधारा चादँनीका जनप्रतिनिधि र सुरक्षा निकयको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: