कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक बिनु शाही प्राय: दिनहुँ घरेलु तथा लैङ्गिक हिंसाका उजुरी हेर्दै व्यस्त छन् ।
महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा जिल्लामा दातृ निकाय एवं सरोकारवाल निकायले सचेतनामूलक कार्यक्रम, गोष्ठी गरिरहँदा जिल्ला प्रहरी कार्यालय महिला सेलमा भने हिंसाका उजुरी नआएको दिन छैन ।
“प्राय: दिनहुँ आइरहेका घटनामा घरेलु हिंसामा कुटपिट र लैङ्गिक हिंसा महिला तथा पुरुषहरू बाहिर सम्बन्ध राखेका, सामाजिक सञ्जालमार्फत अन्यत्र सम्बन्ध रहेकालगायतका घटना आइरहन्छन्”, उनले भने “सोह्रदिने अभियानका क्रममा घरेलु हिंसाका पाँच र लैङ्गिक हिंसाका तीन उजुरी परेका छन् ।”
उहाँले उजुरी परेकामध्ये पाँचवटा मिलापत्र र तीनवटामा कारबाही गरिएको बताए । “सामाजिक सञ्जालमा पनि लैङ्गिक हिंसाका घटना बढ्दै गएको देखन्छि”, प्रहरी निरीक्षक शाहीले भने, “कतिपय अवस्थामा युवाहरूले युवतीको विवाहपश्चात पनि फोटो, भिडियो परिवारसम्म पुर्याएर घटना घटाइरहेको अवस्था छ ।”
उनले घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिने गरेको बताए । “पारिवारिक सम्बन्ध बिग्रिने कुराले पनि परिवारका सदस्य यहाँ आएर मिलापत्रमै उजुरी टुङ्ग्याउन चाहन्छन्”, उनले भने, “कतिपय अवस्थामा जोहेरवालाको मागअनुसार कारबाही प्रक्रिया पनि अघि बढाएका छौँ ।”
उनले युवा पुस्तामा साइबर क्राइमका मुद्दा बढिरहेको बताए। “घटना प्रहरीमा पुगेपछि परिवारकै सदस्यहरू आएर टुङ्ग्याएर जान्छन्”, उनले भने, “परिवारका सदस्यहरू पीडकलाई एक–दुई दिन थुनामा राख्नमै बढी उद्यत हुन्छन् ।”
त्यसैगरी माइती नेपाल कञ्चनपुरमा कार्यरत कर्मचारी गीता डगौंराले महिला हिंसा उजुरी अभियानका क्रममा पनि नरोकिएको बताए । माइती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकामा १६ दिने अभियानका क्रममा सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको छ । महाकाली नदीमा अवस्थित चार लेनको पक्की पुल क्षेत्रमा आयोजना गरिएको सचेनामूलक कार्यक्रममा दोधारा चादँनीका जनप्रतिनिधि र सुरक्षा निकयको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...
चैत्र ४ गते, २०८२ - १४:१५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन गरे फिर्ता बोलाउने चेतावनी दिएका छन्। ...
चैत्र ४ गते, २०८२ - १३:५४
खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिका–२, खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पास्टर काजीबहादु...
चैत्र ४ गते, २०८२ - १३:४३
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्...
चैत्र ४ गते, २०८२ - १३:३८
मुस्ताङ। अत्यधिक चिसोसँगै कोरला नाकाको ब्यवसाय छाडेर पोखरा गएका उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका पेमा छिरिङ गुरूङ दुई महिनापछि ब्यवसा...
चैत्र ४ गते, २०८२ - १३:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ललितपुरको ग्वार्कोस्थित अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन्। रास्वपाले हि...
चैत्र ४ गते, २०८२ - १३:१७
बागलुङ। बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपह...


प्रतिकृया लेख्नुहोस्: