Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

गण्डकी प्रदेशलाई कृषि र पर्यटनलाई प्राथामिकतामा राखिएको छ: मन्त्री आले

खबरडबली संवाददाता

कास्की । गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रसाद आलेले यस प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको रुपमा विकास गर्न लागिएको बताएको छन् । 

नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री आलेले कृषि र पर्यटन क्षेत्रलाई प्राथामिकतामा राखेर सरकारले काम गरिरहेको बताए । प्रदेशमा पर्यटन र कृषिमा प्रचुर सम्भावना भएकाले सरकारको पहिलो प्राथामिकता राखेको उनको भनाइ थियो । 

मन्त्री आलेले कोरोनाले थला पारेको पर्यटन क्षेत्र केही मात्रामा सुधार हुँदै गरेको अवस्थामा यसको प्रवर्द्धन गर्न प्रदेश सरकारको साथ र सहयोग सधैँ रहने प्रतिबद्धता व्यक्त गरे । “पर्यटन प्रवर्द्धन गर्ने दायित्व पर्यटन व्यवसायीको मात्र नभएर सरकारको पनि हो”, उनले भने, “जतिधेरै पर्यटन भित्र्याउन सक्याँै त्यति नै यस क्षेत्रमा बस्ने व्यक्तिको आयआर्जन बढ्ने छ ।”

पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसार गर्नुपर्ने भन्दै मन्त्री आलेले सरकारको चाहना पनि प्रदेशलाई समृद्धितर्फ अगाडि बढाउने रहेको बताए । यहाँ पर्यटकीय एवं धार्मिकस्थल प्रशस्त भएकाले स्वदेशी तथा विदेशी पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताउँदै उनले पोखरालाई पर्यटन राजधानी घोषणा गर्नुपर्नेमा जोड दिए।

स्वदेशी तथा विदेशी पर्यटकलाई यातायात सेवा सहज रुपमा उपलब्ध गराउने उ२ेश्यले स्थापना भएको पर्यटन यातायात व्यवसायी सङ्घले प्रभावकारी र पर्यटनमुखी काममा जोड दिनुपर्ने मन्त्री आलेको सुझाव थियो ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पर्यटकलाई सहज रुपमा यातायात सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएका पर्यटक व्यवसायीका सवारीसाधनलाई राज्यले सहज रुपमा सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन क्षेत्रमा छ खर्बको लगानी भएको हुँदा पर्यटन प्रवर्द्धनमा तीनै तहका सरकारको ध्यान केन्द्रित हुन जरुरी भएको बताए। 

सङ्घका केन्द्रीय अध्यक्ष बेदराज बाँस्तोलाले पर्यटन याातायातका साधनमा सरकारले विद्यमान ऐन नियम संशोधन गरी सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाइदिनुपर्नेमा जोड दिए। सङ्घका सल्लाहकार सोम थापाले उच्चस्तरको सेवा दिनुपर्ने भएकाले पर्यटन यातायातका साधनलाई सहुलियतपूर्ण ऋणमा खरिद गर्ने व्यवस्था मिलाइदिन आग्रह गरे। 

सङ्घका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको उक्त अधिवेशबाट दुई वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: