सुनसरी । सुनसरीको रामधुनी नगरपालिकाका वडा नं ७ मा एमालेबाट निर्वाचित वडाध्यक्ष केशव गौतम परस्त्रीसँग होटलमा रंगेहात पक्राउ परेका छन् । प्रहरीले परस्त्रीसहित धरानको एक होटलबाट उनी रंगेहात पक्राउ परेका हुन् ।
गौतम परस्त्रीसँग होटलमा रहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यलय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेको प्रहरीले जनाएकाे छ । नेकपा एमालेबाट टिकट पाएर दोस्रो कार्यकाल वडाअध्यक्ष चलाइरहेका गौतम रामधुनी ७ कै महिलासँग रंगेहात भेटिएको पाइएकाे हाे ।
महिलाका आफन्तले महिला वडाअध्यक्ष गौतमसहित धरान १२ मा रहेको शुभकामना होटलमा रहेको भन्ने सूचना दिएपछि इलाका प्रहरी कार्यलय धरानबाट प्रहरीको टोली खटिइएको थियो । प्रहरीले दुवैलाई अर्धनग्न रुपमा भेटेको बताइएको छ । इलाका प्रहरी कार्यालय धरानमा लगिएको गौतमलाई छाड्न सांसददेखि माथिसम्मबाट फोन आइरहेको प्रहरी स्रोतले बताएको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले धरानको होटलबाट गौतम र एक जना महिलालाई पक्राउ गरिएको प्रमाणित गरेका छन् । गौतम र एक जना महिला प्रहरी सम्पर्कमा रहेकेा र यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...
पौष ३ गते, २०८२ - १४:४०
काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ समारोह आज अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा हुने निर्वाचन आयोगले जानकारी दिएको ...
पौष ३ गते, २०८२ - १४:३२
काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। पदाधिकारीमा पनि ओली पक्षको प्रभुत्व कायम रह्यो। अध्यक्ष केपी शर्म...
पौष ३ गते, २०८२ - १४:२५
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये केवल एक जना महिला अटाएकी छिन्। सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्य...
पौष ३ गते, २०८२ - १४:०७
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। २२ सय २७ खसेको मतमा ल...
पौष ३ गते, २०८२ - १४:०२
काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश...
पौष ३ गते, २०८२ - १३:४६
काठमाडौं। नेकपा(एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित भएको छन् । निर्वाचितमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गर...




प्रतिकृया लेख्नुहोस्: