Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

यौनकाण्डमा मुछिएका हाकिमलाई न स्पष्टीकरण, न कारबाही

'भ्रष्टाचारमा डामिए अदालतका श्रीमानले चोख्याउने, अश्लिल हर्कतमा मुछिए सामान्य प्रशासनका हाकिमहरुले बचाउने'

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो समय निजामती सेवाभित्र दण्डहिनताले प्रश्रय पाउँदै गएको छ । विभिन्न स्थानीय तहका कर्मचारीहरुका यौन काण्ड छातछुल्ल हुँद पनि उनहिरुलाई नत स्पष्टिकरण सोधिएको छ न त उनीहरुलाई कारबाही नै भएको छ ।

कर्मचारीहरु भ्रष्टाचारमा डामिए भने विशेष अदालतका श्रीमानले चोख्याउन र  यौनजन्य÷ अश्लिल हर्कतमा मुछिए सामान्य प्रशासनका हाकिमहरुले बचाउने प्रबृत्ति मौलाउँदो रुपमा आएको छ  ।

गत साउनदेखि यता ५ कर्मचारी यौनकाण्डमा डामिए । जसमध्ये एक जना कारागारमा छन्, एक धरौटी तिरेर उन्मुक्ति पाएर सम्बन्धित कार्यालय हाक्दैछन् बाँकी ३ जनालाई कारबाही त परैको कुरा साधारण स्पष्टीकरण समेत सोधिएन ।

तीन महिना सामान्यको बरण्डामा थन्काएर जिम्मेवारीमा खटाइसकिएको छ । कार्यालयमै लेखा अधिकृतसँग यौनजन्य गतिविधि गर्ने हाकिम काजीमान राई गत सोमबारदेखि नयाँ जिम्मेवारी लिएर सोलुखुम्बुको लिखुपिकेमा हाजिर भएका छन् । बीचमा राईलाई बाह्रदशी गाउँपालिकामा खटाइएको थियो तर पालिकाले चरित्रहीन हाकिम भन्दै हाजिरै गर्न नदिएपछि तीन महिना सामान्यको बरण्डामा बसेर उनी सोलुखुम्बु हिडेका हुन ।

भदौ पहिलो साता कार्यालयको सिसिक्यामरा अफ गरेर लेखा अधिकृतसँग कार्यकक्षमै ‘रोमान्स’ गर्ने इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईमाथि सामान्य प्रशासनले कुनै कारवाही नगरी लिखु पिके गाउँपालिका पाठायो । राई गत सोमबारबाट त्यहाँ हाजिर भइसकेका छन् । 

राईसँगै रोमान्स गर्ने लेखा अधिकृत रेश्मा राईलाई पनि कुनै विभागीय कारवाही भएको छैन । गत दशैंसम्मको तलब पालिकाबाटै खाएकी राई दुई साता अघि सामान्य प्रशासनमा तानिएकी छन् । ऐन अनुसार रेश्मा स्थानीय तहको कर्मचारी हुन, उनको सरुवा एउटा स्थानीय तहबाट सोही प्रदेशभित्रको स्थानीय तहमा मात्र हुने व्यवस्था रहेको छ । ऐन अनुसार, उनी कोशी प्रदेशभित्रका स्थानीय तहमा सरुवा हुन सक्छिन् । तर, महिला कर्मचारीको हकमा सामान्यका हाकिमहरु बढी नै उदार भएर उनलाई माइजोगमाई गाउँपालिकाबाट सामान्यमा तानिएको छ । सामान्य प्रशासनले रेश्मालाई सामान्यमा खटाउनु भन्ने पत्र काटेसँगै माइजोगमाइ गाउँपालिकाले रमाना दिएर पठाएको त्यहाँका कर्मचारीले बताए ।

यस्तै यौनकाण्डमा डामिएका अर्का उपसचिव डमरु निरौलामाथि पनि सामान्यले कुनै कारवाही त के केरकारसम्म गरेन । गत साउन दोस्रो साता झापास्थित दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर चुम्बन गरेको भिडिओ सामाजिक सञ्जालमा छरपष्ट भएसँगै २४ साउनबाट सामान्यले अतिरिक्त समूहमा तानेको थियो । साढे तीन महिना हाजिरमात्र गरेर तलब पकाएका उनलाई दुई साता अघिमात्र वीरगञ्ज मालपोत कार्यालयको हाकिम बनाएर खटाइएको सामान्य प्रशासनले जनाएको छ ।

गत भदौंमै अर्को उपसचिव यौनकाण्डमा मुछिएनन् मात्र प्रहरी हिरासतमै पुगे । चितवनस्थित जिल्ला तथ्यांक कार्यालयका हाकिम यज्ञमूर्ति भण्डारीले ३५ बर्षे कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेको आरोपमा प्रहरी हिरासतमा पुगे । ती अधवैशें महिलासँगको संसर्ग पछि गर्भ बस्यो । ४ महिना पूरा भइसकेको गर्भ पतन गराउन खोज्दा अत्याधिक रक्तश्राप पछि हाकिमले कार्यालय सहयोगीमाथि गर्ने गरेको यौन शोषणको बिषय सतहमा आयो । उनीमाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता पनि भयो । पछि चितवनका न्यायाधीश मातृकाप्रसाद आचार्यले भण्डारीलाई २५ हजार रुपैयाँमात्र लिएर धरौटीमा रिहा गर्ने आदेश दिए र तारेखमा रिहा भए । अहिले उनी पूर्ववत जिम्मेवारी सम्हालिरहेका छन् ।

यता घरमा काम सघाउने युवतीमाथि यौन शोषण गरेको प्रमाण भेटिएपछि इञ्जिनियर हरिकुमार पोखरेल अहिले प्रहरीको चिसो सिँढिमा पुगेका छन् । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर पोखरेललाई काठमाडौं जिल्ला अदालतले जर्बजस्ती करणी मुद्धामा पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । उनीबाहेकका चारै जना यौनकाण्ड लागेका कर्मचारी पूर्ववत जिम्मेवारीमा फर्किसकेका छन् ।

दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य ललिता निवास जग्गा काण्डमा जोडिएर सामान्यको अतिरिक्तमा तानिएका छन् । भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको सिआइबीको अनुसन्धानको घेरामा तानिएका वैद्यले क्लिन चिट नपाउँदै हालै प्रदेशतिर खटाइएको छ । निजामती सेवा ऐन ०४९ मा सजाय सम्बन्धि व्यवस्था गरिएको छ । ऐनको दफा ५९ ले सामान्य सजाय अन्र्तगत नसिहत दिने, दुईदेखि पाँच वर्र्षसम्म बढूवा रोक्का गर्नेदेखि तलब बृद्धिसम्म रोक्का गर्न सक्ने व्यवस्था गरेको छ । 

यस्तै भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्तसम्म गर्न सक्ने व्यवस्था ऐनमा भए पनि कार्यन्वयन नगर्ने वा कर्मचारीलाई बचाउमा लाग्ने परिपाटीले निजामती वृत्तमा दण्डहिनता मौलाउँदै गएको देखिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने

काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको ...

खाली भयो नुवाकोट जिल्ला कारागार

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुं...

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढ...

गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य

काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ ।  जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्...

हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली

रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा  प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...

चट्याङ लागेर एकजनाको मृत्यु

  ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...

नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना चौधरी

 दाङ  । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...

चितवन–२ का मतदाता भन्छन्ः रविलाई भोट दिएकोमा पछुतो छ

काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy