काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीका १५ वटा पुललाई सौन्दर्यीकरण गर्ने भएको छ। बालाजुस्थित विष्णुमती पुल सौन्दर्यीकरण गरी सौन्दर्यीकण कार्यक्रम शुरू गरेको कामपाले सोही पुललाई आधार मानेर अन्य पुलको पनि सौन्दर्यीकरण गर्न लागेको हो ।
कामपा हरियाली प्रवर्द्धन तथा पार्क आयोजनाका निर्देशक नवराज थापाका अनुसार धोबीखोला, वागमती, विष्णुमती, मनोहरा र इच्छुमती पुलमाथि सौन्दर्यीकरण गर्न लागिएको हो । उनले यी सबै पुलको बारेमा अध्ययन गरी ड्रइङ डिजाइन तयार गरिरहेको बताए ।
आयोजनाले विष्णुमती पुलमा क्यारी निर्माण गरी सोमाथि २ फिट जाली बिच्छ्याएर लहरेफूल रोप्ने कार्य जारी राखेको छ । जाली राख्दा नदीमा फोहोर फ्याँक्न नमिल्ने व्यवस्था गर्न लागेको हो । यो पुलको सौन्दर्यीकरण सकिएपछि अवस्था हेरेर अन्य पुलको पनि सौन्दर्यीकरण गर्ने जानकारी दिँदै आयोजनाका इन्जिनियर घनश्याम पौडलले भने 'पुल निमाण गर्ने कारब १० लाख रुपियाँ लाग्ने अनुमान गरेको छ ।'
कामपाले पुल र पुलको परिसरमा सौन्दर्यीकरण गर्न १ करोड ४० लाख रुपियाँ विनियोजन गरेको छ । आयोजना प्रमुख थापाले पुलको अवस्था हेरेर पार्क, बगैंचा, रूख रोप्नेलगायतका सौन्दर्यीकरण गर्ने तयारी गरेको जानकारी दिए ।
आयोजनाले धोबीखोला करिडोरमा रहेको कालोपुल, रातोपुल, निलोपुल, पहेँलो पुल, बिजुलीबजार, परोपकार, कोटेश्वर र शंखमूल पुलको एकैसाथ सौन्दर्यीकरण गर्ने तयारी गरेको छ । यसअघि महानगरले बिजुलीबजार र ताहाचलको पुलमा बिजुलीले भिलिमिली बनाएको थियो ।
शहरी सौन्दर्यीकरण गर्न सबै पुलमा विशेष सजावट गर्ने तयारी थालिएको आयोजना प्रमुख थापाको भनाइ छ । उनले भने, 'सम्बन्धित वडा कार्यालयको सहयोगमा पुलमा कस्तो सौन्दर्यीकरण गर्ने भन्ने विषयमा सुभाव संकलन गरिरहेका छौं ।' यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - ०९:३४
काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...
माघ ७ गते, २०८२ - ०९:२१
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्। निर्वाचनका लागि मंगलबार...
माघ ७ गते, २०८२ - ०९:१४
काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...
माघ ७ गते, २०८२ - ०९:०७
रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...
माघ ७ गते, २०८२ - ०८:२९
काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा महर टिकट दिएको हो। म...
माघ ७ गते, २०८२ - ०८:२३
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो। उम्...
माघ ७ गते, २०८२ - ०८:१३
काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...
माघ ७ गते, २०८२ - ०८:०७
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...
माघ ७ गते, २०८२ - ०७:५०
काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...
माघ ७ गते, २०८२ - ०७:४२
मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...




प्रतिकृया लेख्नुहोस्: