Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

यसरी फेरियो पुम्दीकोटको परिचय

खबरडबली संवाददाता

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू । 

एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् । यसका लागि केही वर्षअघिसम्म शान्ति स्तुपा अनि सराङ्कोट धेरैको रोजाइ थियो । तर, पछिल्लो समय पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोट डाँडा पनि यसको विकल्प बनेको छ । 

शान्ति स्तुपाबाट केही पर विशाल महादेवको मूर्ति निर्माणपछि पुम्दीकोट डाँडाको परिचय नै फेरिएको छ । नजिकैको शान्ति स्तूपामा पर्यटक आएको देख्दा भुम्दीकोटका स्थानीय यहाँ पनि पर्यटक ल्याउन हौसिए । उनीहरूले ‘भ्यूटावर’ निर्माणदेखि धेरै योजना अघि सारे । सोही समयमा व्यवसायी तथा समाजसेवी चन्द्रकान्त बरालले विशाल महादेवको मूर्ति बनाउने योजना ल्याए ।

उनको परिकल्पनामा गाउँलेले साथ दिए । सबै गाउँले मिलेर पुम्दीकोट कोट विकास समिति गठन गरी त्यस ठाउँलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न लागि परे । “पुम्दीकोटमा पूर्खादेखि नै महादेवभूमि देवता भनी पुज्ने चलन थियो । समय–समयमा लाग्ने मेलामा दर्शनार्थी पनि आउथेँ र शिवको दर्शन गरी फर्किन्थेँ”, समाजसेवी बरालले भने, “पुर्खादेखिको धार्मिक आस्थालाई जीवन्तरुप दिन विशाल महादेवको मूर्ति निर्माण गर्ने परिकल्पना आयो ।”

मूर्ति निर्माणार्थ समितिले दुई पटक महायज्ञ आयोजना गर्‍यो । पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ र २०७८ मा महाशिवपुराण आयोजना गर्‍यो । सुरुमा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा र दोस्रो पटक करिब रु तीन करोड सहयोग प्राप्त भएको उनले जानकारी दिए। यो अभियानमा तीनवटै तहका सरकार र आम सर्वसाधारणको साथ र सहयोग प्राप्त भएको उनले बताए। 

दोस्रो पटकको महायज्ञपछि मूर्ति स्थापनाको कार्य सुरु गरिएको समितिका सदस्य मातृका बरालले बताउनुभयोे । कोरोना महामारीकै बेला विशाल महादेव मूर्ति ठडियो । अहिले दक्षिण फर्काएर राखिएको ५१ फिट अग्लो महादेवको मूर्ति तयार भएको छ । मूर्ति बनेपछि त्यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ । 

जनस्तरको सक्रियतामा पुम्दीकोटमा महादेवको मूर्ति निर्माण गरिएपछि पुम्दीकोट डाँडाको परिचय फेरिएको समितिका सदस्य मातृकाले बताए । उनले भने, “जनस्तरबाट निर्माण गरिएको विशाल महादेव मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माणका काम बढिरहेका छन् ।” 

मूर्ति स्थापना गरिएपछि पुम्दीकोट डाँडामा पर्यटकको भीड लाग्ने गरेको छ । दैनिक सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । शुक्रबार, शनिबार र अन्य बिदाका दिन पुम्दीकोट पुग्ने आन्तरिक पर्यटकको भीड थेगिनसक्नुहुन्छ । पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँ आएर पर्यटकले विशाल महादेवको मूर्तिसँगै पोखरा, फेवाताल र हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ ।

पहिले गाईबस्तु चराउने डाँडामा पर्यटकको भीड देख्दा स्थानीय तारापति बराल पनि निकै खुसी हुनुहुन्छ । “हामी सानो हुँदा गाईबस्तु चराउने डाँडाले यसरी मुहार फेर्छ भनेर मैलै कल्पना पनि गरेको थिइन”, उनले भने, “घर नजिकै यति धेरै पर्यटक आउँदा मनै फुरुङ्ग हुन्छ ।” 

पछिल्लो समय मूर्तिकै कारण आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधारमा लगानी बढिरहेको स्थानीय उहाँले बताउनुभयो । “पछिल्ला समयमा होटेललगायत पूर्वाधारमा लगानीको क्रम पनि उत्तिकै बढेको छ,” उहाँले भन्नुभयो, “विगतमा सुविधाको खोजीमा गाउँ छोड्ने पनि गाउँ फर्कन थालेका छन् ।” 

सुरुमा रु २० करोड लगानी गरेर भौतिक संरचना बनाउने योजना अघि सारेको समितिले पछि रु ४० करोडको परिमार्जित गुरुयोजना तयार गरेको समितका अध्यक्ष बरालले बताए । अहिलेसम्म रु २७ करोडको संरचना बनाइसकिएको उहाँले जानकारी दिए। परिमार्जित गुरुयोजनाअनुसार, सुमेरु पर्वत, विद्युतीय चियर कार, ग्रिनेरी पार्क, व्यास्थित पार्किङ रहेका छन् । यीमध्ये सुमेरु पर्वत निर्माण भइसकेको छ । 

हालसम्म ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो विशाल डमरु, विशाल महादेवको विशाल क्षेत्र कुण्ड (गङ्गा पोखरी), १०८ धारा जडित तेस्रो आँखा निर्माण सम्पन्न भइसकेको समितिका अध्यक्ष बरालले जानकारी दिए । 

दुई सय १६ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, शिव ताण्डव नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र, शौचालयसहित सुविधासम्पन्न प्रशासनिक भवन, फूलमाला बिक्रीका लागि ४१ वटा सटर, कम्पाउडवाल, दुई सय मिटर पक्की पहुँचमार्ग पनि निर्माण सम्पन्न भइसकेको उनले बताए । 

आगामी दिनमा परियोजनाका अधुरा कार्य सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष बरालले बताए । साँझको समयमा लेजर लाइटमार्फत महादेवको मूर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य र महादेवको जीवनलीलासहितको वृत्तचित्र प्रस्तुत गर्ने योजना रहेको उनले सुनाए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending