भैरहवा । रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना बसेका छन् । लामो समयदेखि अन्तर्राष्ट्रिय उडान स्थगित भएको विमानस्थल पूर्ण क्षमतामा संचालनको माग गर्दै आइतबारबाट सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोधको कार्यक्रम सुरु भएको हो ।
चरणबद्ध आन्दोलन गरिरहेको सञ्जालले नियमित अन्तर्राष्ट्रिय उडान गर्न पटक-पटक सरकारलाई दवाव दिँदै आएपनि सुनुवाई नभएकोले बाध्य भएर धर्नाको कार्यक्रम अघि सारेको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।
सञ्जालकै नेतृत्वमा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्री, मुख्यमन्त्री, सरोकारवाला मन्त्रालयमा ज्ञापन पत्र, ध्यानाकर्षण, छलफल र अन्तरक्रिया गरेपनि सरोकारवाला पक्ष उदाशिन रहेकोले बाध्य भएर शुक्रबार भैरहवामा जन दबाब तथा विरोध प्रदर्शन गरिएको थियो । चरणबद्ध कार्यक्रम अन्तर्गत नै विमानस्थल केन्द्रित नियमित अन्तराष्ट्रिय उडान नभएसम्म अनिश्चितकालिन धर्नाको कार्यक्रम राखिएको अध्यक्ष ज्ञवालीले बताए ।
सबैको चासो र चिन्ताको विषय विमानस्थल सञ्चालनमा हामीले नेतृत्व गरेर सरकारलाई दबाब स्वरुप चरणबद्ध कार्यक्रम गरिरहेका छौ विमानस्थल पूर्णक्षमतामा संचालन नहुँदासम्म आन्दोलनलाई अझै सशक्त बनाउँदै लैजाने उनकाे भनाइ छ ।
उद्घाटन भएको १६ महिना बितिसक्दासमेत अन्तराष्ट्रिय उडान नियमित हुन नसकेपछि अर्बौं लगानी जोखिममा परेको भन्दै यस क्षेत्रका ३ दर्जन बढी संघ संस्थाहरु सडकमा आएर विरोध जनाएका छन् । धर्नामा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे, लुम्बिनी प्रदेश सभा सदस्य वसिउद्दिन खान, व्यसायिक संघ संस्था तथा जनप्रतिनिधीहरुले पनि साथ दिएका छन्।
विमानस्थलबाट केही समय जजिरा, हिमालयन र नेपाल एअरलाइन्सले अन्तराष्ट्रिय उडान र नेपाल एयरलाइन्सले अहिले ट्रान्जिट उडान गरेपनि हाल आन्तरिक उडान मात्रैमा विमानस्थल सीमित छ । नियमित उडान नहुँदा विमानस्थललाई लक्षित गरी लगानी गरेको निजी क्षेत्र तहसनहस नै भएको छ। अर्बौंको लगानी जोखिममा छ। सरकारलाई जनदवाव सिर्जजना गरि माग पूरा गराउन सञ्जालले गत कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गर्दे आफ्ना बिरोध कार्यक्रम सार्वजनिक गरेको थियो।
धर्ना कार्यक्रममा सहभागी भएका लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग लुम्बिनी प्रदेशसँगै समग्र मुलुककै भविष्य जोडिएकाले सबै जनप्रतिनिधिले आफ्नो पदको बलिदानी दिनेबेला आएको बताए। ‘यदि यो विमानस्थल चलेन भने हामी जनप्रतिनिधि र सरकारमा मन्त्री बनेर बस्नुको कुनै औचित्य हुँदैन’, उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: