Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

८४ वर्षीया आमालाई गरे छोराले घर निकाला

खबरडबली संवाददाता

गुल्मी । गुल्मीको मदाने गाउँपालिका– ६, पुर्कोटदह साउने पानीमा छोराहरूले आमालाई घर निकाला गरेका छन् । ८४ वर्षीया पवि खत्री क्षेत्रीलाई छोराहरूले घर निकाला गरेका हुन् । 

यसै बिच बुवाको मृत्यु भएपछि आमाले श्रीमानको काज किरियासमेत गर्न नपाएपछि घर वाहिरनै काज किरिया गर्नुभएको छ । ८४ वर्षीया क्षेत्रीलाई छोराहरूले मगर समुदायको भन्दै घर निकाला गरेपछि उनले सोही गाउँको एक बहुउद्देश्यीय कृषि सहकारी संस्थाको भवन बसेर श्रीमानको काजकिरिया गरेकी छन्  ।

२०२८ सालमा तुलबहादुर खत्रीसँग विवाह गरी घरजम गरेकी उनले मङ्सिर १० गते श्रीमानको मृत्यु भएपछि काज किरिया गर्न नदिई मगर समुदायको भन्दै छोराहरूले घर निकाला गरेको वडा अध्यक्ष मनीराम थापाले बताए । तुलबहादुरले पवि खत्री क्षेत्रीसहित तीन वटी श्रीमती विवाह गरेका थिए । तर पवि मगर समुदायको भन्दै छोराहरूले घर निकाला गरेको थियो । 

श्रीमानको मृत्यु पश्चात् उहाँलाई घरभित्रै आफ्नो श्रीमानको काज किरिया गर्न नदिएपछि आमाले घरमै काज किरिया गर्न पाउनुपर्छ भन्ने मागसहित छोरी नन्दाकुमारीसहितले गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिएका थिए । न्यायिक समितिले पविको पक्षमा निर्णय गर्दै हिन्दु परम्परा अनुसार काज किरिया गर्न पाउनु पर्ने निर्णय गरेको थियो । तर छोराहरूले भने सो निर्णयलाई स्वीकार नगरी अमानवीय व्यवहार गरेको भन्दै तत्काल कारबाही गर्न माग स्थानीयले गरेका छन् । 

पविको तुलबहादुरसँग विवाह पछि एक छोरी नन्दाकुमारी समेत रहेका छन् । तर छोरा लोकबहादुर खत्रीले आमा पवि खत्री क्षेत्रीलाई घर निकाला गरेको र काज किरिया गर्न समेत दिएनन् । स्थानीय महिला समूहको सहयोगमा उनले सहकारीको भवनमा बसेर श्रीमानको  काज किरिया गरेकी छन् । 

वडा अध्यक्ष मनीराम थापा सहित महिला नेतृ विष्णु कुँवरले छोरा लोकबहादुरले आमा र बहिनी माथि अमानवीय व्यवहार गरी अन्याय गरेको बताए । मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले भने नागरिकता समेत श्रीमानबाटै बनाएका कारण कानुनी रूपमा आधार भएको र छोराले गरेको व्यवहार गलत भएकाले बताए । आमा छोरीलाई अन्याय भएको बताउनुहुँदै उनले कानुनी कारबाहीका लागि सहयोग गर्ने बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending