काठमाडौं । तपाईंले पक्कै पनि इनार देख्नुभएको छ होला । कतिले इनारबाट पानी पनि झिकेको हुनुपर्छ । आजकाल धेरैको घरमा नै इनार बनाइन्छ । आफ्नै घरमा नदेखेपनि अन्यत्र देख्नुभएको हुन सक्छ । तर तपाईंले हालसम्म जति पनि इनार देख्नुभएको छ, त्यो सबै गोलो आकारको देख्नुभएको होला ।
चारकुने इनार सायदै बनाइन्छन् तसर्थ तपाईंले सायदै देख्नुभएको होला । तर, कहिल्यै सोच्नुभएको छ ? इनार किन गोलो नै हुन्छ ? यदि यो जिज्ञासा तपाईंको मनमा उत्पन्न भएको छ भने आउनुस् यसको कारण बारे जानकारी लिऔं ।
किन गोलो हुन्छ त इनार ?
पानीका लागि बनाइने इनार त्यसै गोलाकार बनाइएको होइन । यसको पछाडि वैज्ञानिक कारण छ । इनार गोलाकार बनाउनुका अनेक फाइदा छन् । यही कारणलाई मध्यनजर गरेर इनार गोलाकार बनाइन्छ ।
इनार गोलो बनाउँदा यो ज्यादै मजबुत हुन्छ । यसको कारण यो हो कि पानीको चाप चारैतिर बराबर पर्छ । यदि चारकुने बनाउने हो भने चारकुनामा पानीको धेरै चाप पर्छ र इनार लामो समय टिक्दैन ।
इनार लामो समय सम्मको टिकाउ र प्रयोगका लागि पनि गोलो बनाउने गरिन्छ । यदि हामीले कुनै तरल पदार्थ भण्डारण गर्छौं भने त्यसको चाप भण्डारण गरिएको वस्तु वा चिजका भित्ताहरुमा पर्न जान्छ । यसैकारण इनार गोलो बनाइन्छ ।
इनार गोलो बनाउँदा पानीको चाप गोलाकार भएका कारण सबै सतहमा समान रुपले पर्न जान्छ जसका कारण एउटै भागमा मात्र चाप पर्न नगइ बराबर हुन गएका कारण गोलो इनार बलियो हुन जान्छ ।
इनार गोलो बनाउनुको पछाडिको अर्को कारण भनेको यसलाई बनाउन सजिलो हुनु पनि हो । चारकुने बनाउँदा खन्न र मिलाउन पनि ज्यादै गाह्रो हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...
माघ १६ गते, २०८२ - २०:५९
ब्रसेल्स । डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...
माघ १६ गते, २०८२ - २०:५६
बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...




प्रतिकृया लेख्नुहोस्: