काठमाडौं । रूसी सेनामा भर्ती भएका पूर्व माओवादी लडाकु म्याग्दीका डाइमण्डले परिवार पाल्नकै लागि विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको बताएका छन् ।
आफू रसियन आर्मीमा भर्ना भएपछि नेपालाका मिडियाहरूले चासो राखेको भन्दै उनले सामाजिक सन्जालमार्फत यस्तो बताएका हुन् ।
उनले उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफू रसियन आर्मीमा भर्ना भएको पनि बताएका छन् । डाइमण्ड र उनकी श्रीमती प्रेरणा शेर्पाली दुबै माओवादी लाडाकु हुन् ।
उनको भनाई जस्ताको तस्तै:
म रसियन सेनामा भर्ति भएको भन्ने जानकारी पाएपछी नेपाली मुलधारका मिडियामा आवद्ध मिडियाकर्मी साथीहरू वाट त्यहाँको अवस्थावारे केहि वोल्दिनुपर्यो भनेर धेरै नै अनुरोध गरिरहनु भएको छ,यसवारे यहाँ आएका अरु साथीहरूले के वोल्छन,के गर्छन त्यो उनिहरुको विषय भयो तर म सार्वजनिक रुपमा के भन्न चाहन्छु
भने हिजो जनयुद्ध मार्फत राज्यसत्ताको आमुल परिवर्तनको लागी वन्दुक वोकेर झण्डै १ दशक रगत/पसिना वगाईयो,अंशमा केहि परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मुल चरित्रलाई विस्थापित गर्न सकिएन परिणामत आजपनि सत्ता/शक्तिको वरिपरि केहि मुठ्ठीभर दलाल पुजिँपति हरुकै जगजगी छ,परिवर्तनको लागी दशकौ योगदान गरेका हजारौं योद्वाहरु आज परिवार पाल्नकै लागी विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको छ यहि कारण उच्च जोखिम छ भन्ने थाहा हुदाहुदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ति भईएको छ।
पृष्ठभूमि, कथा/व्यथा भिन्नभिन्न होलान तर वाध्यताले दोहोर्याएका हजारौं नेपाली युवाहरु अहिले रसियन सेनामा भर्ति भई युद्धको मोर्चामा खटिईरहनु भएको छ। युद्धरत देशको(यो सामान्य सैनिक जागिर जस्तो होइन)सैन्य फौजमा कार्यरत रहदा सकारात्मक/नकारात्मक सवै विषय अनुभुत गर्न सकिन्छ यद्यपि यि विषय सार्वजनिक गर्ने कुरा एक जिम्मेवार सिपाहीको अनुशासनको दायराभित्र पर्दैन भन्नेमा म एकदमै सचेत छु।
युद्धरत देशको सिपाहीको मुख्य जिम्मेवारी के हो ?युद्ध मैदानमा प्रवेश गरिसकेपछि के-के हुन्छ?के-के गर्नुपर्छ?के-के भोग्नुपर्छ? सैन्य संठगभित्र के गर्न पाईन्छ/के गर्न पाईन्न?सैन्य कानुन/अनुशासन के-कस्तो हुन्छ भन्नेमा मिडियाकर्मी मित्रहरु पक्कै पनि अनविज्ञ हुनुहुन्न तसर्थ विषयवस्तु लाई यसरी सरल रुपमा वुझिदिनुहुन म विशेष आग्रह गर्दछु।
युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई आधार वनाएर सामाजिक सञ्जाल/मिडिया हाउसहरु मार्फत रुस विरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी/युरोपियन गठवन्धन एवम् तिनका एजेन्ट हरुको मतियार वन्न सकिन्न।न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर वन्दुक वोकेकोप्रति कुनै पश्चाताप छ न त आज भिन्न उदेश्य सहित लेनिनको देशमा पुटिनको सिपाहीको रुपमा वन्दुक वोकेको प्रति कुनै गुनासो छ।आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहिन र अर्थहिन कहिल्यै लाग्दैन।जोखिमपूर्ण यात्राको पाईला-पाईलामा चुनौति त छ नै यद्यपि हार कहिल्यै मानिदैन,गन्तव्यमा पुग्ने आत्मविश्वास यथावत् छ।
अन्त्यमा :-
सयौं साथीहरूले रसिया भर्ति हुन आउनुपर्यो,के-कसरी हो?च्यानल मिलाईदिनुपर्यो भनेर म्यासेज गरिराख्नु भएकोछ,एक-एक गरेर सवैलाई जवाफ दिन सम्भव भएन तसर्थ यसै सार्वजनिक सुचना मार्फत जानकारी- यहाँ अहिले भर्ति वन्द छ,दलालहरुको भ्रममा नपर्नुहोला। धन्यवाद
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: