काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षको बैठक आज बस्दैछ। बैठक बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा दिउँसो १ बजे बोलाइएको केन्द्रीय सदस्य मधु आचार्यले बताए।
समूहका नेता डाक्टर शेखर कोइरालाले आफ्नो समूहको बैठक मंगलबारका लागि बोलाएका थिए। तर, बैठकमा महामन्त्री गगनकुमार थापा नजाने भएपछि बैठक आजका लागि सारिएको हो।
शेखर र गगनबीच मंगलबार अर्जुननरसिंह केसीको घरमा संवाद भएर दुवैको सहमतिमा बैठक आजका लागि तय गरिएको नेता आचार्यको भनाइ छ।
बैठकमा नेता अर्जुनरसिंह केसीले दुई बीचमा तिक्तता र असहमति जसरी भएपनि अहिले बाहिर आउन नहुनेमा जोड दिएका थिए। केसीकै घरमा बसेको बैठकमा मिलेर अघि बढ्ने सहमति भएको थियो।
आजको बैठकमा शुक्रबार बस्ने कांग्रेस केन्द्रीय सम्पादनको बैठकमा कसरी प्रस्तुत हुने लगायत बारेमा छलफल गरिने जनाइएको छ।
कांग्रेसले महासमितिको बैठक तेस्रो पटक सार्ने तयारी गरेको छ। पुसका लागि निर्धारित महासमिति बैठकलाई सभापति शेरबहादुर देउवाले फागुनमा पुर्याउने तयारी गरेको कांग्रेसकै नेताहरूले बताउन थालेका छन्।
आजको बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनमा इतर पक्षको भागबण्डाका बारेमा पनि छलफल हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - ०९:२१
काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...
चैत्र १० गते, २०८२ - ०९:१५
रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...
चैत्र १० गते, २०८२ - ०९:१२
काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...
चैत्र १० गते, २०८२ - ०९:०८
काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...
चैत्र १० गते, २०८२ - ०८:११
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...
चैत्र १० गते, २०८२ - ०७:५६
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...
चैत्र १० गते, २०८२ - ०७:५१
तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
चैत्र १० गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...
चैत्र १० गते, २०८२ - ०७:४६
डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब...
चैत्र १० गते, २०८२ - ०७:४२
मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...


प्रतिकृया लेख्नुहोस्: