काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि छोड्ने भन्ने टुंगो लगाउन आज पेशी तोकिएको छ । मुद्दा उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा पेशी तोकिएको हो ।
उनको इजलासमा आज एउटा मात्रै मुद्दा रहेको छ । यसअघि उनलाई छोड्ने कि नछोड्ने भन्नेमा न्यायाधीशको राय बाझिएको थियो । मंसीर १५ गते भएको सुनुवाइमा उच्च अदालतका न्यायाधीश जनक पाण्डे र न्यायाधीश प्रकाश खरेलको राय बाझिएको हो। न्यायाधीश पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्ने राय दिएका थिए।
अर्का न्यायाधीश खरेलले जिल्ला अदालत, काठमाडौंको आदेशलाई नै सदर गरेका थिए। दुई न्यायाधीशको राय बाझिएपछि आज तेस्रो न्यायाधीशको इजलासमा पेशी तोकिएको हो । आज पेशी तोकिएका न्यायाधीश कोइरालाको इजलासले गर्ने आदेशका आधारमा खाणलाई पुर्पक्षका लागि थुनामा राख्ने कि छोड्ने भन्ने तय हुनेछ।
यसअघि काठमाडौं जिल्ला अदालतले खाणलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। त्यसका विरुद्ध उनी उच्च अदालत पुगेका हुन् । नक्कली भुटानी शरणार्थी सम्बन्धी प्रकरणमा उच्च अदालतले पूर्व उपप्रधानमन्त्री रायमाझी सहित नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर गरेको थियो। रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने आदेशलाई सदर गरेको हो।
त्यस्तै, भूटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो। भूटानी शरणार्थीको नेता भएर नेपालमा शरण लिइरहेको र भागेर अन्यत्र जाने अवस्था पनि नभएको जनाउँदै रिजाललाई थुनामा राख्न नपर्ने आदेश गरिएको थियो।
यसैगरी, पूर्व उपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीपलाई ३० लाख, हरिभक्त महर्जन र शरण केसीलाई १५-१५ लाख, नरेश केसी र शमशेर मियाँलाई १०-१० लाख र आशिष बुढाथोकीलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उच्च अदालतले टंककुमार गुरुङ, केशव तुलाधर र लक्ष्मी महर्जनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो। पूर्व गृहमन्त्री खाणको विषयमा मात्रै राय बाझिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - ०८:२२
एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...
जेष्ठ १३ गते, २०८३ - ०८:२०
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...
जेष्ठ १३ गते, २०८३ - ०८:१८
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...
जेष्ठ १३ गते, २०८३ - ०८:१६
काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...
जेष्ठ १३ गते, २०८३ - ०८:११
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...
जेष्ठ १३ गते, २०८३ - ०८:०५
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...
जेष्ठ १३ गते, २०८३ - ०८:००
तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...
जेष्ठ १३ गते, २०८३ - ०७:५५
म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...
जेष्ठ १३ गते, २०८३ - ०७:५३
वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...
जेष्ठ १३ गते, २०८३ - ०७:४८
काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...



प्रतिकृया लेख्नुहोस्: