Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

खाणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा

खबरडबली संवाददाता

काठमाडौं ।  पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि छोड्ने भन्ने टुंगो लगाउन आज पेशी तोकिएको छ ।  मुद्दा उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा पेशी तोकिएको हो । 

उनको इजलासमा आज एउटा मात्रै मुद्दा रहेको छ । यसअघि उनलाई छोड्ने कि नछोड्ने भन्नेमा न्यायाधीशको राय बाझिएको थियो । मंसीर १५ गते भएको सुनुवाइमा उच्च अदालतका न्यायाधीश जनक पाण्डे र न्यायाधीश प्रकाश खरेलको राय बाझिएको हो। न्यायाधीश पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्ने राय दिएका थिए।

अर्का न्यायाधीश खरेलले जिल्ला अदालत, काठमाडौंको आदेशलाई नै सदर गरेका थिए। दुई न्यायाधीशको राय बाझिएपछि आज तेस्रो न्यायाधीशको इजलासमा पेशी तोकिएको हो ।  आज पेशी तोकिएका न्यायाधीश कोइरालाको इजलासले गर्ने आदेशका आधारमा खाणलाई पुर्पक्षका लागि थुनामा राख्ने कि छोड्ने भन्ने तय हुनेछ।

यसअघि काठमाडौं जिल्ला अदालतले खाणलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। त्यसका विरुद्ध उनी उच्च अदालत पुगेका हुन् । नक्कली भुटानी शरणार्थी सम्बन्धी प्रकरणमा उच्च अदालतले पूर्व उपप्रधानमन्त्री रायमाझी सहित नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर गरेको थियो। रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने आदेशलाई सदर गरेको हो।

त्यस्तै, भूटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो। भूटानी शरणार्थीको नेता भएर नेपालमा शरण लिइरहेको र भागेर अन्यत्र जाने अवस्था पनि नभएको जनाउँदै रिजाललाई थुनामा राख्न नपर्ने आदेश गरिएको थियो।

यसैगरी, पूर्व उपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीपलाई ३० लाख, हरिभक्त महर्जन र शरण केसीलाई १५-१५ लाख, नरेश केसी र शमशेर मियाँलाई १०-१० लाख र आशिष बुढाथोकीलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उच्च अदालतले टंककुमार गुरुङ, केशव तुलाधर र लक्ष्मी महर्जनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो। पूर्व गृहमन्त्री खाणको विषयमा मात्रै राय बाझिएको थियो।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending