काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूले नै मध्यावधि निर्वाचनमा जानुपर्ने भन्न थालेको बताएका छन् । पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’को पन्ध्रौं दिन भोजपुररको पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा भएको सभालाई सम्बोधन गर्दै ओलीले यस्ताे बताएका हुन् ।
एमाले नेतृत्वको सरकारलाई ढालेपछि देश ओरोलो गतिमा लागेको जिकिर गर्दै उनले राजनीति र अर्थतन्त्र बिग्रिएको देखेर सबै चिन्तित भएको बताउँदै कांग्रेस अहिलेको सरकारसँग आजित भइसककेको बताए ।
उनले भने, ‘अहिले नै देश ओरालो लागिरहेको छ, नेकपा एमाले सरकार बलजफ्ती देशी तथा विदेशी शक्तिबाट हटाएपछि देशको अवस्था एकदमै नाजुक हुँदै गएको छ,’ उनले भने, ‘यो नाजुक अवस्थालाई रोकेर, नेपाली कांग्रेसकै नेताहरू पनि भन्न थाल्नुभएको छ, ०८४ सालको चुनाव पर्खन सकिँदैन भनेर। नेपाली कांग्रेसकै सरकार पनि यो सरकारसँग आजित भइसक्नुभएको छ।’
मध्यावधि निर्वाचन नभए पनि एमालेको मिसन ८४ लाई सफल पानुपर्नेम जोड दिए। अहिलेको सरकार २०८४ सम्म टिक्न नसक्ने भन्दै ‘कुहिएको फल’को संज्ञा दिए। ‘समृद्ध नेपाल, सुखी नेपाल बनाउनका लागि पनि अन्तत्वगत्वा पनि मिसन ८४ सफल पार्नुपर्छ। अहिलेको सरकार आफ्नै अयोग्यताले ८४ सम्म टिक्नसक्ने अवस्था छैन। कुहिएको फलजस्तै आफैँ झर्ने अवस्था छ,’ उनले थपे, ‘देशभक्त, शान्तिप्रिय, विकासप्रेमी, सुशासनवाला सरकारको आवश्यकता छ, त्यसका लागि जनताले सच्याउनु आवश्यक छ।’
सबै ठाउँमा जनताको तर्फबाट पाएको न्यानो स्वागतको लागि उनले सबैलाई धन्यवाद दिए । बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिनेछ। एमालेले मध्यपहाडी राजमार्गलाई केन्द्रमा राखेर त्यस आसपासका पहाडी भू–भागमा आफ्नो कार्यक्रमलाई तीव्रता दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: