Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

मायादेवीको हत्यारा सार्वजनिक नगरेसम्म शव नउठाउने अडान

खबरडबली संवाददाता

भक्तपुर। चौध महिना अगाडि २०८९ असोज १९ गते बुधबार विजयादशमीका दिन ४३ वर्षीया मायादेवी शाक्यलाई विवाह भएको १४ महिनामै जीवनको अन्त्य होला भन्ने के थाहा थियो र ? सूर्यविनायक नगरपालिका–५ सृजनानगर बस्दैआएकी एकल महिला शाक्य र सोही वडाको कटुञ्जे बस्ने एकल पुरुष ६१ वर्षीय दानकाजी शाक्यबीच बुढेसकालको साहारा बन्ने सङ्कल्पसहित गतवर्ष विजयादशमीका दिन विवाह भएको थियो । 

बुढेसकालको साहारा बन्ने अपेक्षा गरेकी मायादेवीको शव पाँचदिनदेखि काठमाडौंँ मेडिकल कलेजको भक्तपुर दुबाकोटस्थित शवगृहमा राखिएको छ भने उनको पति दानकाजी विगत चारदिनदेखि जगातीस्थित प्रहरी बृत्तको हिरासतमा छन् ।

मृतक शाक्यको बाबु भक्तबहादुर र आमा यतिखेर छोरीको शवसमेत बुझ्न नपाउँदा पीडित भएका छन् भने पति शाक्यलाई यतिखेर पत्नी हत्याको अभियोग लागेको छ । 

गत आइतबार राति खाना खाएरसँंगै सुतेकी  मायादेवी बिहान ओछ्यानमै मृत्यु भएको अबस्थामा हुनुहुन्थ्यो । सँगै सुतेकी श्रीमतीको राति कतिबजे र कसरी मृत्यु भयो आफूलाई थाहा नभएको र बिहान उठ्दा मात्र मृत्यु भइरहेको अबस्थामा आफूले पाएको दानकाजीको जिकिर छ । 

सोमबार बिहान ५ बजे दानकाजीले आफूलाई घट्नाबारे जानकारी गराए पनि खाना खाएर सँंगै सुतेकी छोरीको मृत्यु स्वभाविक नभइ हत्या भएको भक्तबहादुर बताउछन्। सँगै सुतेकी श्रीमतीको मृत्यु भएको थाहै नपाउने भन्ने हुदैन,  यति मात्र होइन शरीरमा निलडाम देखिएको र मुखमा घाउ भएकाले पनि घटना भबितव्य नभइ हत्या नै भएको भक्तबहादुर बताउछन्। 

मृतकको बहिनीज्वाई कृष्ण गोसाईले शव परीक्षण रिपोर्टअनुसार बेलुकाको खाना नै नपचेको अवस्थामा उहाँको मृत्यु भएको देखाइएकाले राति १० देखि ११ बजे भित्रै हत्या भएको आशङ्का भएकोे बताउनुहुन्छ । 

उनी भन्छन्, “हामीले पोष्टमार्टम गर्ने चिकित्सकसँग पनि भेटेर कुरा गर्‍यौ, रिपोर्ट पनि हेर्‍यौ, चिकित्सकले नै स्वाभाविक मृत्यु नभएको र शङ्कास्पद रहेको भनेको छ, हामी न्याय चाहन्छौँ प्रहरीले निष्पक्ष छानबिन गरेर हत्यारा सार्वजनिक नगरेसम्म शव उठाउदैनौ ।”

मृतकको दाहिने हातको कुममा, दुबै छातीमा, गलामा, खुट्टामा पिठ्युमा निलडाम रहेको, छाला लछारिएको, मुखभित्र घाउ रहेको, रगत जमेको पाइएको र शव परीक्षण गर्ने चिकित्सकले निसास्सिएर मृत्यु भएको हो, मृत्यु स्वभाविक होइन, शङ्कास्पद छ भनेको अबस्थामा शव बुझ्न नसकिने उनी बताउछन् । 

भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठक घट्ना शङ्कास्पद रहेको बताउछन् । उनी भन्छन्, “घट्ना शङ्कास्पद भएकाले मृतकको पतिलाई हामीले चारदिनदेखि नियन्त्रणमा लिएर म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौँ ।” मृतकको माइतीपक्षले भने घट्नाको वास्तबिकता बाहिर ल्याएर हत्यामा संलग्नलाई कारबाही अगाडि नबढाएसम्म शव नबुझ्ने बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending